पाल्पामा गठबन्धन दलले माग्यो पत्रकारसँग सुझाव
मंगलबार, असोज ११, २०७९

काँग्रेसको समानुपातिक सूचीमा अधिकांश नातागोता
आइतबार, असोज ९, २०७९
नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा अधिकांस नातागोता परेका छन् । सूचीमा प्रधानमन्त्रीपत्नीदेखि मन्त्री तथा पार्टीका वरिष्ठ नेताका पत्नीहरु परेका छन् । समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका हन् ।

छ सय ८१ कैदीलाई आममाफी
आइतबार, असोज २, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी छ सय ८१ कैदीलाई आममाफी दिएकी छन् ।

समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु
आइतबार, असोज २, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो ।

पाल्पामा केही उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्, स्पष्टीकरण पनि दिएनन्
आइतबार, असोज २, २०७९
पाल्पाका ९ सय २३ उम्मेद्वारले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको बेवास्ता गरेका छन् । निर्वाचन खर्च विवरण पेस नगरेका जिल्लाका ९ सय २३ उम्मेदवार मध्ये १ सय ५९ ले आयोगले सोधेको स्पष्टीकरण नै पेस नगरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सबैलाई रुवाएर गए ‘जिउँदो सहिद’ घिमिरे
शुक्रबार, भदौ ३१, २०७९
नेपाली राजनीतिमा जिउँदो सहिदले परिचित विजयराज घिमिरेको निधनले सिो पाल्पा जिल्ला नै शोकाकुल बनेको छ । बिहीबार बिहानैदेखि नरमाइलो मौसम रहेको पाल्पामा एकाएक साँझतिर घिमिरेको निधनको खबरले जिल्लावासीलाई अत्यन्त चिन्तित बनायो ।

अस्ताए नेपाली राजनीतिका जिउदा सहिद घिमिरे
शुक्रबार, भदौ ३१, २०७९
नेपाली राजनितिमा जिउदो शहिदले परिचित विजयराज घिमिरेको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटि अस्पतालमा बिहीबार बेलुकी निधन भएको हो ।

नेपाल नगरपालिका संघ लुम्बिनीको अध्यक्षमा पन्थी
बिहीबार, भदौ ३०, २०७९
नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका खिलध्वज पन्थी चयन भएका छन् । रुपन्देहीको लुम्बिनीमा भएको प्रदेशको भेलाले गुल्मी रेसुंगा नगरपालिकाका प्रमुख पन्थीलाई सर्वसम्मत रुपमा प्रदेश अध्यक्षमा चयन गरेको हो ।

लुम्बिनी प्रदेशमा गठबन्धनको सिट बाँडफाँट : यी क्षेत्रमा जुट्यो सहमति
बिहीबार, भदौ ३०, २०७९
मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धन दलहरुले लुम्बिनी प्रदेशका अधिकांस ठाउँहरुमा सहमति गरेका छन् । गठबन्धन दलहरु बीच भएको छलफल तथा सहमति अनुसार प्रदेशका ५ वटा क्षेत्र बाहेकमा करिब सहमति जुटेको हो । लुम्बिनीका २६ सिट मध्ये सहमति अनुसार १२ सिट नेपाली काँग्रेस, ६ सिट...

राप्रपा पाल्पाको उम्मेदवार सिफारिस
सोमबार, भदौ २७, २०७९
आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले प्रतिनिधीसभा तथा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नामावली सिफारिस गरेको छ ।

रम्भामा एमालेको चुनावी प्रशिक्षण
सोमबार, भदौ २७, २०७९
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी एमालेले चुनावी प्रशिक्षणलाई तिव्रता दिएको छ । उसले आफ्ना उम्मेदवारहरुलाई निर्वाचनमा विजयी बनाउने उद्देश्य सहित चुनावी प्रशिक्षणलाई तिव्रता दिएको हो । एमालेले रम्भा गाउँपालिकामा पालिका स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम गरेको छ ।

नेकपा एस आगामी निर्वाचनमा ४० सिट जित्ने छ : उपमहासचिव डा.पौडेल
शनिबार, भदौ २५, २०७९
नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादीका उपमहासचिव डा.विजय पौडेलले अगामी मंसिर ४ को आम निर्वाचनबाट पाटी सरकारमा किङ्ग मेकरको रुपमा स्थापित हुने दावी गरेका छन् । पाल्पाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका पाटी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पाटी उपमहासचिव डा.पौडेलले आगामी निर्वाचनमा पाटीले ४० सिट सम्म ल्याउने अवस्था रहेकोले, नेकपा एसको...

पाल्पा संघीय निर्वाचन : कसले मार्ला वाजी ?
शनिबार, भदौ २५, २०७९
प्रदेश र संघीय निर्वाचनको मिति नजिकिए संगै पाल्पामा चुनावी चहल पहल बढेको छ । चुनावी माहोल संगै यहाँका राजनितिक दलका नेताहरु उम्मेदवार बन्न तछाड मछाड गरेका छन् । बिशेषगरि एमाले, काँग्रेस, एकीकृत समाजवादी र माओवादिका उम्मेदवार हुन आँकाक्षी नेताहरु टीकट ल्याउँने कसरतमा लागेका छन् । पाल्पा क्षेत्र नम्वर २ मा...