एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि
शुक्रबार, मंसिर १०, २०७८
यमलालको सर्मथनमा कृष्ण बस्यालको सभापतिमा उम्मेदवारी
शुक्रबार, मंसिर १०, २०७८
नेपाली काँग्रेस पाल्पाको १० औं जिल्ला अधिवेशनमा सभापति पदमा कृष्ण बस्यालले उम्मेद्वारी दिएका छन् । पार्टीका दिग्गज एवं पुराना नेता यमलाल तिमिल्सेनाको समर्थनमा बस्यालले सभापतिमा उम्मेद्वारी दिएका हुन् ।
विप्लव नेतृत्व नेकपाको पाल्पामा जनसभा
बिहीबार, मंसिर ९, २०७८
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पाल्पामा जनसभा गरेको छ । नेकपाले आफ्नो स्थापना दिवसको अवसरमा जनसभा गरेको हो । सभामा नेकपाका नेता कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो ।
पत्रकार शिवाकोटी काँग्रेस केन्द्रीय सदस्यमा उठ्ने
बुधबार, मंसिर ८, २०७८
नेपाल प्रेस युनियनका महासचिव तथा हाम्राकुरा डटकमका संस्थापक प्रधानसम्पादक अजयबाबु शिवाकोटीले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् । उनले शितलपाटी डटकमसँग कुरा गर्दै आफू पूर्णरूपमा राजनीतिको मूलधारमा सक्रिय हुन पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए ।
पाल्पा काँग्रेस अधिवेशन : राजमगर र जिसी क्षेत्रीय सभापतिमा विजयी
मंगलबार, मंसिर ७, २०७८
नेपाली काँग्रेस पाल्पाको प्रतिनिधिसभा क्षेत्रअन्र्तगतको निर्वाचनमा झमनबहादुर राजमगर र मुक्ति (माधव) जिसी क्षेत्रीय सभापतिमा विजयी भएका छन् ।
देशलाई संकट पर्दा काँग्रेस : नेता भण्डारी
सोमबार, मंसिर ६, २०७८
नेपाली काँग्रेसका केन्दीय सदस्य डा.चन्द्र भण्डारीले देशलाई संकट पर्दा नेपाली काँग्रेस चाहिने बताएका छन् । उनले नेपाली काँग्रेस गुल्मी क्षेत्र १ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई सोमबार रिडीमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
माओवादीको वडा सम्मेलन : पाल्पाका ४४ वडामा नयाँ नेतृत्व
सोमबार, मंसिर ६, २०७८
नेकपा (माओवादी केन्द्र) पाल्पाले जिल्लाका ४४ वडामा सम्मेलनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ । शनिबार देशभर एकसाथ वडा सम्मेलन गरेको माओवादी केन्द्रले पाल्पाका दश स्थानीय तहका ४४ वटा वडामा नयाँ नेतृत्व चयन गरेको हो ।
आज काँग्रेस प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै, पाल्पाका दुई क्षेत्रमा को बन्ला सभापति ?
सोमबार, मंसिर ६, २०७८
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज देशैभरका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका क्षेत्रमा सोमबार अधिवेशन हुन लागेको हो । काँग्रेसले प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनपछि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन...
‘सहकारीमार्फत ग्रामीण उद्योगको विकास गर्न सकिन्छ’
आइतबार, मंसिर ५, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश मुलुकमै शक्तिशाली हुने आधार रहेको बताएका छन् ।
एमालेले उठाएका माग संविधान विपरीतः मुख्य मन्त्री केसी
शनिबार, मंसिर ४, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी.ले प्रतिपक्षी दल नेकपा एमाले पार्टीले संविधान विपरित माग उठाएर संसद् अवरुद्ध गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री के.सी.ले एमाले पार्टीले बर्षाैसम्म आन्दोलन गरे पनि एमालेले उठाएका माग संविधान विपरितको माग भएकाले कहिल्यै पुरा नहुँने बताए...
पाल्पा काँग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन : सभापतिमा को–को भए विजयी ?
शनिबार, मंसिर ४, २०७८
नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाल्पाको प्रदेश सभा क्षेत्रीय अधिवेशनको अन्तिम मत परिणाम आएको छ । पाल्पाका ४ वटा प्रदेश कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनको अन्तिम मत परिणाम आएको छ ।
महाधिवेशनमा काँग्रेस, ‘संगठन हाक्ने नेतृत्व खोज्दैछौं’
शनिबार, मंसिर ४, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद हरिप्रसाद नेपालले महाधिवेशनबाट संगठनलाई हाक्ने नेतृत्वको खोजीमा काँग्रेस रहेको बताएका छन् ।
कचल फाँट सिँचाइको मन्त्री रानाद्वारा अनुगमन
शुक्रबार, मंसिर ३, २०७८
लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वीर बहादुर रानाले कचल फाँट सिँचाइ योजनाको अनुगमन गरेका छन् । मन्त्री रानाले लामो समयदेखि अवरुद्ध रहेको तिनाउ गाउँपालिका–१ कचलको कचल फाँट सिँचाइ योजनाको अनुगमन गरेका हुन् ।


