रामपुरमा आयुर्वेद सेवा विस्तार गरिंदै, स्थानीय उत्साहित
बुधबार, साउन २५, २०७९
साँघुरो भवनबाट सेवा दिदै आएको रामपुर अस्पतालले पायो नयाँ भवन
सोमबार, साउन २३, २०७९
भवन अभावकै कारण खुम्चिएर सेवा दिँदै आएको रामपुर अस्पतालले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । सानो र पुरानो भवनमा सेवा दिन बाध्य रहेको अस्पतालले नयाँ भवनको तल्लो तलामा अस्थायी रुपमा बहिरङ्ग कक्ष व्यवस्थापन गरी सेवा दिइएको छ । बन्दै गरेको नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको...
सातै प्रदेशमा कोरोनाको उपचार
मंगलबार, साउन १७, २०७९
सरकारले सातै प्रदेशमा कोरोनाको उपचार गर्ने व्यवस्था मिलाएको छ । कोरोना संक्रमणको दर फेरी बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशका अस्पतालहरुमा उपचारको व्यवस्था मिलाएको हो ।
संक्रमण बढ्दै, एकैदिन ८ सय ९५ जनामा कोरोना
सोमबार, साउन १६, २०७९
केही समययता स्थिर रहेको कोरोना संक्रमण दर विस्तारै बढ्दो क्रममा देखिएको छ । देशका अधिकांश स्थानमा अहिले दिनहुँ जसो कोरोना संक्रमितहरु संख्या बढ्दै गएको हो । सोमबार मात्र थप ८ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोनाका कारण थप दुई जनाको मृत्यु
शनिबार, साउन १४, २०७९
पछिल्लो २४ घण्टामा नेपालमा दुई जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । देशका विभिन्न ठाउँमा उपचाररत संक्रमितको शनिबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमित बढे, छैन स्वास्थ्य सतर्कता
शनिबार, साउन १४, २०७९
कोभिड—१९ को विश्वव्यापी लहर कम भए पनि छिमेकी भारतमा संक्रमण दर तीव्र रूपमा बढेको छ । त्यसको सोझो असर नेपालमा पनि परेको छ । पछिल्लो केही साता यता पाल्पा सहित देशभर कोभिडको संक्रमितको संख्या बढ्दै गएको छ । नेपालमा साउन १ गतेदेखि १३ गतेसम्म कोभिड संक्रमणबाट मृत्यु भएकाको संख्या १२...
दुई कोरोना संक्रमितको मृत्यु
बिहीबार, साउन १२, २०७९
नेपालमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । देशका विभिन्न स्थानमा उपचाररत संक्रमितको विहीबार ज्यान गएको हो । साउन १ गते यता नेपालमा १० जनाको कोरानाका कारण ज्यान गइसकेको छ ।
पाल्पामा बुधबार थपिए ७ कोरोना संक्रमित
बुधबार, साउन ११, २०७९
पछिल्लो २४ घण्टामा पाल्पामा ७ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार परीक्षण गरिएका ३९ जना मध्ये ७ जनामा संक्रमण पुष्टि भएको हो ।
असंगठीत र पहिचान नखुलेकाहरुको खोजी गरी सेवा दिने
बुधबार, साउन ११, २०७९
जिल्लामा रहेर परिवार नियोजन संघको क्षेत्रमा उल्लेखिय रुपमा काम गर्दै आएको नेपाल परिवार नियोजन संघ पाल्पाले यौनिक अल्पसंख्यक, अपाङ्गता र अन्य समुदायका नागरिकहरुलाई सहज सेवा उपलब्ध गराउने भएको छ ।
पाल्पामा ६ जना कोरोना संक्रमित थपिए
मंगलबार, साउन १०, २०७९
पछिल्लो २४ घन्टामा पाल्पामा ६ जना कोरोना संक्रमित थपिएका छन् । २१ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिकाका २/२, रम्भा गाउँपालिका र बगनासकाली गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा थप सात जनामा कोरोना
सोमबार, साउन ९, २०७९
पछिल्लो २४ घन्टामा पाल्पामा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तानसेनका थप सात जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य बिमा सहजरुपमा भुक्तानी गर्न निर्देशन
शुक्रबार, साउन ६, २०७९
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बिमा गरेका नागरिकले अहिलेसम्म समयमै भुक्तानी नपाएकाले सरल र सहजरुपमा भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ ।


