Shittalpati
एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड
एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ । बिहान नौ बजेदेखि सेवाग्राही कार्यालयमा पुग्छन् ।
भूकम्पमा परी घाइते हुनेको प्रदेश सरकारले उपचार गर्ने
भूकम्पमा परी घाइते हुनेको प्रदेश सरकारले उपचार गर्ने सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ । 
यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते
यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । 
दाङमा डेङ्गु सङ्क्रमणबाट मृत्यु
दाङमा डेङ्गु सङ्क्रमणबाट मृत्यु दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । 
आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह
आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । 
पाल्पाका चिकित्सकहरु पनि आन्दोलित   
पाल्पाका चिकित्सकहरु पनि आन्दोलित    सुरक्षाको माग गर्दै देशभरका चिकित्सक आन्दोलित बनेका छन् । पाल्पामा पनि  बुधबारदेखि चिकित्सकहरु आन्दोलित भएका छन् । ज्यानको सुरक्षा नभएको भन्दै उनीहरू सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिएका हुन् ।
पाल्पाको पूर्वखोलामा देखियो मलेरिया
पाल्पाको पूर्वखोलामा देखियो मलेरिया जिल्लाको पूूर्वखोला गाउँपालिकामा मेलेरिया देखा परेको छ । विगतमा तराइमा लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया बिस्तारै लामखुट्टे उकालो लागेसँगै पहाडी जिल्ला पाल्पामा  पनि देखिन थालेको हो ।
पाल्पामा डेंगी संक्रमणबाट थप एकको मृत्यु
पाल्पामा डेंगी संक्रमणबाट थप एकको मृत्यु पाल्पामा डेंगी संक्रमणबाट थप एक जनाको मृत्युु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार सोमबार माथागढी गाउँपालिका– १ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको  डेंगी संक्रमणबाट मृत्यु भएको हो ।
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताए । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको दाबी गरे । 
महङ्गा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए
महङ्गा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन् ।
सर्पले डसेर दुई महिनामा छ जनाको मृत्यु
सर्पले डसेर दुई महिनामा छ जनाको मृत्यु दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए । साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए ।
लायन्स क्लव पाल्पाद्वारा रक्तदान
लायन्स क्लव पाल्पाद्वारा रक्तदान जिल्लामा क्रियाशील सामाजिक संस्था लायन्स क्लव अफ पाल्पाले रक्तदान कार्यक्रम गरेको छ । बिरामीका लागि रगतको अभाव हुन नदिन क्लवले वार्षिक कार्यक्रम अन्तर्गत बुधबार  रक्तदान कार्यक्रम गरेको हो । 
Weather Update