Shittalpati
दर खाँदै रमाए पाल्पाली कलाकार
दर खाँदै रमाए पाल्पाली कलाकार पाल्पाली कलाकारहरुले दर खाएर रमाइलो गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा भएको दर खाने कार्यक्रममा पाल्पाली कलाकारहरु नाँच, गान गरेर रमाइलो गरेका हुन् ।
अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा
अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा पाल्पाको तानसेनमा शनिबार ऐतिहासिक भगवती जात्रा हर्षोल्लाहका साथ मनाइएको छ । गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा शनिबार वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको हो ।
आफैलाई चिन्न सके शान्ति प्राप्त हुन्छ : मन्त्री राना
आफैलाई चिन्न सके शान्ति प्राप्त हुन्छ : मन्त्री राना लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले आफैले आफैलाई चिन्न सके शान्ति प्राप्त गर्न सकिने बताएका छन् । शुक्रबार श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ पाल्पाले तानसेनमा आयोजना गरेको श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले आफैले आफैलाई चिन्न सके मात्र शान्ति प्राप्त गर्न सकिने...
तानसेनमा निकालियो गणेशको रथयात्रा
तानसेनमा निकालियो गणेशको रथयात्रा पाल्पाको पुरानो र ऐतिहासिक जात्रा मध्येको एक हो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा । यो हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट मनाइने गरिन्छ ।
हराउँदै खिरको मौलिक स्वाद
हराउँदै खिरको मौलिक स्वाद हरेक वर्ष साउन १५ लाई खिर खाने पर्वको रुपमा लिइन्छ । आज पनि साउन १५, घर–घरमा खिर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।
आज नेवार समुदायमा घण्टाकर्ण मनाइँदै
आज नेवार समुदायमा घण्टाकर्ण मनाइँदै आज साउन कृष्ण चतुर्दशीको दिन पाल्पा सहित देशभरका नेवार समुदायले घण्टाकर्ण पर्व मनाउँदै छन् । नेवार समुदाय रहेका टोल टोलमा धुमधामका साथ यो पर्व मनाउने गरिन्छ । विशेषगरी घण्टाकर्ण पर्वलाई नेवार समुदायले गठेमंगल पर्वका रुपमा मनाउने गर्दछन् ।
वैजुको सम्पदा कलाकृति
वैजुको सम्पदा कलाकृति भूगोल प्रसाद वैजु श्रेष्ठ तानसेनवासीको लागि एक परिचित नाम हो । विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रहेका वैजु जुनसुकै समयमा पनि कुनै न कुनै काममा क्रियाशिल रहन्छन् ।
आज भानु जयन्ती मनाइँदै
आज भानु जयन्ती मनाइँदै नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । भानुभक्तको योगदानको स्मरण गर्दै हरेक वर्ष असार २९ गते भानु जयन्ती मनाउने गरिएको हो ।
ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा न्यौपाने
ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा न्यौपाने नेपाल ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा प.ज्यो. होमनाथ न्यौपाने चयन भएका छन् । परिषद्को तानसेनमा भएको अधिवेशनले प.ज्यो.न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।
तानसेन क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन
तानसेन क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन तानसेन बहुमुखी क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन भएको छ । साहित्यलाई क्याम्पसको शैक्षिक गतिविधिहरुसँग समाहित गर्ने उद्देश्यले विभाग गठन गरिएको हो ।
Weather Update