‘कृष्ण’ उपन्यासका लेखक गैरे पुरस्कृत
शुक्रबार, फागुन १२, २०७९

माथागढीमा भव्य रुपमा मगर दिवस मनाइँदै, स्थानीय सरकारले दियो सार्वजनिक विदा
बुधबार, फागुन १०, २०७९
जिल्लाको माथागढी गाउँपालिकाको सराईमा भव्य रुपमा ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाइने भएको छ । यही फागुन १५ गते नेपाल मगर संघ माथागढी गाउँपालिकाको आयोजना र माथागढी गाउँपालिकाको सहयोगमा विविध कार्यक्रमसहित मगर एकता दिवस मनाउन लागिएको हो ।

लोकवार्ता सम्मेलन
मंगलबार, फागुन ९, २०७९
पाल्पा, गुल्मी र अर्घाखाँचीमा लोकवार्ता सम्मेलन चलिरहेको छ । लोकवार्ता परिषद् नेपालको आयोजनामा यी जिल्लामा ११ औँ लोकवार्ता सम्मेलन चलेको हो । पाल्पामा शनिबार र आइतबार सम्मेलन गरिएको छ भने गुल्मीमा सोमबार र मंगलबार सम्मेलन हुँदैछ । यस्तै बुधबार र बिहीबार अर्घाखाँचीमा सम्मेलन चल्ने छ । तीन जिल्लाको सदरमुकाममा भइरहेको...

‘कृष्ण’ उपन्यासलाई रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार
सोमबार, फागुन ८, २०७९
‘कृष्ण’ उपन्यासलाई यस वर्षको रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा प्राध्यापनरत डा.शंकरप्रसाद गैरेद्वारा लिखित उपन्यासलाई रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार गुठी बाग्लुङले रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७९ प्रदान गर्ने निर्णय गरेको हो ।

साहित्यकार रेग्मीका जम्ल्याहा कृति विमोचन
सोमबार, फागुन ८, २०७९
पाल्पाली साहित्यकार तथा समीक्षक पुस्कर अथक रेग्मीका जम्ल्याहा कृति काठमाडौंमा विमोचन भएका छन् । रेग्मीद्वारा लिखित शीत बालकथा ‘अर्ती’ र षडऋतु बालकाव्य संग्रह ‘अक्षमाला’को एक भव्य समारोहका बिच विमोचन गरिएको हो । शीत काव्य समाज बागमती प्रदेश र षडऋतु काव्य समाज नेपालको आयोजनामा अथकका दुुई कृति विमोचन भएको छ ।

एकमहिने स्वस्थानी व्रतको समापन गरिँदै
आइतबार, माघ २२, २०७९
यस वर्षको स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेको व्रतको आज विधिवतरूपमा समापन हुन लागेको हो ।

उपप्राध्यापक खनालको ‘मूूकदर्शक’ कथासंग्रह प्रकाशित
आइतबार, माघ २२, २०७९
त्रिभुवन बहुुमुखी क्याम्पस पाल्पाकी उपप्राध्यापक शारदा खनालको ‘मूूकदर्शक’ कथासंग्रह प्रकाशित भएको छ । यस अघि विश्वेश्वरप्रसाद कोइरालाको व्यक्ति, कृति र प्रवृत्ति समेटिएको समालोचनात्मक कृति प्रकाशित गरिसकेकी खनालको अहिले सञ्जीवनी अनुसन्धान केन्द्र तानसेनबाट ‘मूूकदर्शक’ कथासंग्रह प्रकाशित भएको हो । उक्त कथासंग्रहको पाल्पाका विशिष्ट साहित्यकार, प्राध्यापक तथा श्रष्टाहरुको उपस्थितीमा सार्वजनिक गरिएको छ ...

तानसेनमा निकालियो भिमसेनको रथ यात्रा
बिहीबार, माघ १९, २०७९
जिल्लाको सदरमुुकाम तानसेनमा विहीबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ यात्रा निकालिएको छ । नेवार समुदायले हरेक वर्ष माघ शुक्ल भीमा द्वादशीका दिन भिमसेनको रथ यात्रा निकाल्ने गर्दछन् ।

शीत काव्यका लागि पुरस्कार स्थापना
बुधबार, माघ १८, २०७९
पाल्पाको साहित्यिक फाँटमा जन्म लिएको शीत काव्यका लागि पुरस्कार स्थापना गरिएको छ । समाजसेवी, शिक्षासेवी साहित्यकार लव जोशीले शीत काव्यको व्यापिकरणका लागि रामबहादुर सुन्दरीमाया स्मृति शीत साहित्य पुरस्कारका लागि अक्षयकोष स्थापना गरिदिएका छन् ।

पाल्पामा ‘सन्तोष चलचित्र मन्दिर’को पुनरागमन
बिहीबार, माघ १२, २०७९
एकदशक अघिसम्म पाल्पाको एक मात्र सन्तोष चलचित्र मन्दिर परिसरमा दर्शकको भीड थामिनसक्नु हुन्थ्यो । टिकट काट्न लाइनमा बसेकाहरू आपसमा धकालाधकल गर्थे । फिल्म हेर्न नपाएर आक्रोशित भीड नियन्त्रण गर्न हल सञ्चालकलाई हम्मे हम्मे हुथ्यो । हलभित्र उभिएरै सिनेमा हेर्ने पनि कम हुँदैनथे । तर २०७२ सालतिरबाट भने दर्शकहरू क्रमशः घट्दै...