बगनासकाली गाउँ सरकारको कोभिड केन्द्रित नीति–कार्यक्रम तथा बजेट
बुधबार, असार ९, २०७८
ताराखोला गाउँ सरकारको प्राथमिकता स्वास्थ्य,रोजगारी र कृषि
सोमबार, असार ७, २०७८
बाग्लुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कोरोना रोकथाम, रोजगारी सिर्जना, गरिबी निवारण र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाले नवौँ गाउँ सभामार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
रैनादेवी छहरा गाउँपालिकाको प्राथमिकता कोभिड रोकथाम र कृषि
सोमबार, असार ७, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले कोभिड रोकथाम तथा कृषिलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा कोभिड रोकथाम तथा कृषिलाई प्राथमिकतामा राखेको हो ।
तानसेन सरकारले गर्यो नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न पत्रकारसँग छलफल
शुक्रबार, असार ४, २०७८
जिल्लाको तानसेन नगर सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न जिल्लाका पत्रकारहरुसँग छलफल तथा अन्तक्र्रिया गरेको छ ।
बाढीबाट गुल्मी पुर्तिघाटका तीन घर जोखिममुक्त
बिहीबार, असार ३, २०७८
कालीगण्डकी नदिमा जलसतह घट्दै गएपछि गुल्मीको पुर्तिघाट बजारका ३ घर तत्कालका लागि जोखिममुक्त भएका छन् । अविरल वर्षाका कारण कालीगण्डकी नदिको बहाव बढ्दै गएपछि जोखिममा परेका यहाँका घरहरु विहीबारदेखि नदीको बहाव कम हुँदै गएपछि भने अहिले जोखिम हुनबाट जोगिएका हुन् ।
माथागढी गाउँपालिकामा उच्च सतर्कता अपनाउन गाउँपालिकावासीलाई आग्रह
बुधबार, असार २, २०७८
जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट सुरक्षित रहन उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । गत बुधबार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेकाले सतर्क रहन अध्यक्ष थापाले गाउँपालिकावासीलाई आग्रह गरेका हुन् ।
पहिराको जोखिममा बस्ती, स्थानीय त्रसित
शनिबार, जेठ २९, २०७८
स्याङ्जा, गल्याङ नगरपालिका—३ लल्याङमा रहेको बस्ती पहिराका कारण जोखिममा परेको छ । भार्लेको ठूूलो पहिराको नामले चिनिने सो पहिराका कारण वर्षायामको शुरुआत भएसँगै यस क्षेत्रमा वसोवास गर्दै आएका स्थानीय बासिन्दा त्रसित बनेका हुन् । करीब एक सय घरधुरी रहेको सो क्षेत्रमा पहिरो बस्ती नजिक पुगेपछि स्थानीय बासिन्दामा त्रास छाएको हो...
बगनासकालीका सबै वडाहरुमा खोप केन्द्र
सोमबार, जेठ २४, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाका सबै वडाका खोप केन्द्र सञ्चालन गरिएको छ । यहि जेठ २५ र २६ गते सञ्चालन हुने कोरोना विरुद्धको खोपका लागि बगनासकालीले ९ वटै वडाहरुमा खोप केन्द्र सञ्चालन गरेको हो ।
माथागढीले सबै वडामा खोप केन्द्र सञ्चालन गर्दै
सोमबार, जेठ २४, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले सबै वडामा कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले सबै वडालाई पत्राचार गर्दै खोप केन्द्रका लागि समन्वय गर्न भनेको छ ।
गाउँ शिक्षा समितिको बैंठक, यस्ता छन् निर्णय
सोमबार, जेठ २४, २०७८
जिल्लाको माथागढी गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठक बसेको छ । संघीय सरकारद्वारा विनियोजन गरिएको सशर्त अनुदान तर्फको रकम शिक्षा क्षेत्रको कुन क्षेत्रमा छुट्याउने भन्ने विषयमा बैठक बसेको हो ।
विपद्को सारथी बगनासकाली सरकार : कोरोनाबाट मृत्यु हुनेको परिवारलाई २५ हजार दिने
शुक्रबार, जेठ २१, २०७८
जिल्लाको बगनासकाली गाउँपालिका कोरोना महामारीमा जनताको सारथी बनेको छ । कोरोना महामारीबाट प्रभावित बनेका नागरिकहरुको हरेक समस्यामा गाउँपालिका सारथी बन्दै गएको छ ।
खोप किन्न अनुमति माग्दै माथागढी सरकार
बुधबार, जेठ १९, २०७८
सरकारले सबै नागरिकलाई सहज रूपमा खोप उपलब्ध गराउन नसकेपछि जिल्लाको माथागढी गाउँ सरकारले खोप खरिद गर्ने योजना अगाडि बढाएको छ ।
पाल्पा र गुल्मीका स्थानीय तहलाई ८ अर्ब १६ करोडको बजेट, हेर्नुहोस् कुन पालिकामा कति ?
सोमबार, जेठ १७, २०७८
आर्थिक वर्षका २०७८/७९ का लागि पाल्पा र गुल्मीका स्थानीय तहलाई ८ अर्ब १६ करोड ५३ लाख बजेट परेको छ । अध्यादेश मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि प्रस्तुत गरेको बजेटमा यहाँका २२ वटै पालिकामा ८ अर्ब १६ करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको हो ।


