तानसेन बतासेडाँडाको क्वारेन्टाईन अव्यवस्थित, सांसद रानाले गरे अनुगमन
शुक्रबार, जेठ १६, २०७७
पाल्पामा जवरजस्ती करणीको अभियोगमा तीन जना युवा पक्राउ
शुक्रबार, जेठ १६, २०७७
मानसिक रुपमा समस्या भएर घुम्दै हिडेकी १६ बर्षिया युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा जिल्लामा तीन जना युवक पक्राउ परेका छन् । जिल्लाको तिनाउ गाउँपालिकाका तीन जना युवालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी कानुनी कारवाही अगाडि बढाएको छ ।
तानसेन ७ मा लकडाउनका बेला परियोजना कार्यबाटै पठन–पाठन
शुक्रबार, जेठ १६, २०७७
बन्दाबन्दिका बेला पठन पाठनमा परेको समस्यालाई न्यूनिकरण गर्न तानसेन नगरपालिका वडा ७ ले पनि परियोजना कार्यमार्फत एकान्तवासबाटै पठन पाठन कार्य सञ्चालन गरेको छ । समय परिस्थती अनुसार सिकाईलाई आधुनिक र व्यवहारिक बनाउदै लकडाउनबाट प्रभावित विद्यार्थीहरुको पठनपाठनलाई थप सिर्जनशिल, क्रियाशिल बनाउन वडाले परियोजना कार्य मार्फत पठनपाठन सञ्चालन गरेको हो ।
बन्दाबन्दीका बेला पढ्दै पढाउँदै बालबालिका
शुक्रबार, जेठ १६, २०७७
बन्दाबन्दी नभएको भए विद्यालयहरुमा शैक्षिक सत्र २०७७ को भर्ना अभियान सकिएर धमाधम अध्ययन अध्यापन भइरहेको हुन्थ्यो । तर विश्व माहामारीको रुपमा फैलिएको कोभिड १९ का कारण चैत्र ११ देखि देश लकडाउनमा रहेकाले गत वर्षको वार्षिक परीक्षा नतिजा समेत राम्ररी हेर्न नपाएका विद्यार्थीहरु घरमै बस्न बाध्य छन् ।
कोरोनाबाट थप एकजनाको मृत्यु
बिहीबार, जेठ १५, २०७७
कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचाररत रहेका उनको बुधबार मुत्यु भएको हो ।
गुल्मीका दलित अधिकारकर्मीद्वारा रुकुमको घटनामा संलग्नलाई कारवाही गर्न सरकारसँग माग
बिहीबार, जेठ १५, २०७७
पश्चिम रुकुममा भएको घटनाप्रति जिल्लाका दलित अधिकारकर्मीहरुले आपत्ती जनाउँदै सरकारसँग घटनामा संलग्नलाई कानुनी कारवाहीको माग गरेका छन् ।
संस्थागत विकास आवश्यक : प्रदेशप्रमुख यादव
बिहीबार, जेठ १५, २०७७
प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवले सघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास, शासकीय सुधार तथा सुशासनको निरन्तरताबाट नै जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन सकिने बताएका छन् ।
सामूहिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै महिला
बिहीबार, जेठ १५, २०७७
वालिङ नगरपालिका–१० स्थित बर्तुङ र राङ्दीका महिला सामूहिक तरकारी खेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । गह्रौकालिका नागरिक सचेतना केन्द्रमा आबद्ध महिलाले सामूहिक तरकारी खेती थालेपछि उनीहरू आत्मनिर्भर बन्दै गएका हुन् । उनीहरुले २० रोपनी जमिनमा तरकारी खेती गरेका छन् ।
रैनादेवी छहरा सरकारद्वारा स्वास्थ्यकर्मीको कोरोना बीमा
बुधबार, जेठ १४, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले कोरोना भाइरसको महामारीमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको कोरोना बीमा गरिदिएको छ । महामारीको समयमा आम नागरिकको स्वास्थ्य उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी,कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्य प्रमुख र एम्बुलेन्स चालकको गाउँपालिकाले कोरोना बीमा गरिदिएको हो ।
मेडिकल कलेजमा आइसोलेशन सेण्टर
बुधबार, जेठ १४, २०७७
जिल्लाको सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा आइसोलेशन सेण्टर बन्ने भएको छ । सय शैयाको कोभिड पोजेटिभ आइसोलेशन सेण्टर सञ्चालन हुने कलेजका प्रमुख कार्यकारी अध्यक्ष गोपाल पोखरेलले बताए ।
संविधान संशोधनको आवाज कमजोर बन्दै
बुधबार, जेठ १४, २०७७
आजको प्रतिनिधी सभा बैठकमा पेश हुने भनेर बहुचर्चा गरिएको परिवर्तिक नेपालको नक्सालाई संविधानको अंग बनाउने काम एका एक रोकिएपछि सरकार फेरि नयाँ षड्यन्त्रमा फँसेको अनुभूति हुनु थालेको छ ।


