Shittalpati
पहिरोले खोस्यो खुशी
पहिरोले खोस्यो खुशी केही दिनदेखि भीषण वर्षाको खबर सुनेका तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका आनबहादुर थापालाई आइतबार रातिदेखि नै निद्रा परेको थिएन । उनी र श्रीमती ज्योतिमाया पुरानो घरमा सुत्ने तर्खर गर्दै थिए । पुरानो घरसँगै जोडिएको नयाँ घरमा भने उनीहरुका दुई छोरा, दुई बुहारी र नातिनी गरी पाँच जना सुतेका थिए ।...
पहिरोका कारण दुई सय ४८ घर विस्थापित
पहिरोका कारण दुई सय ४८ घर विस्थापित जिल्लाका विभिन्न ठाउँमा भएको पहिरोका कारण २ सय ४८ घर विस्थापित भएका छन् । लगातारको अविरल वर्षाका कारण असार १८ गते जिल्लाका विभिन्न स्थानमा गएको पहिरोबाट २ सय ४८ घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । पहिरोले ईस्मा गाउँपालिकामा ठूलो जन धनको क्षती पुर्‍याएको...
रामपुरमा प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण
रामपुरमा प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण रामपुर उद्योग वाणिज्य संघले संघमा आवद्ध साधारण सदस्यहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधी वितरण गरेको छ । संघले कोरोना भाईरसको संक्रमण फैलिरहेको समयमा नेपाल राष्ट्रिय माडवारी परिषदद्वारा प्राप्त निःशुल्क औषधी वितरण गरेको हो । माडवारी सेवा समाज बुटवलको सौजन्यमा रामपुर उद्योग वाणिज्य संघले रामपुरका मुख्य बजार क्षेत्रमा पुगेर माक्स...
पाल्पामा थप १३ जना संक्रमित निको भएर घर फर्किए
पाल्पामा थप १३ जना संक्रमित निको भएर घर फर्किए जिल्लामा पछिल्लो २४ घन्टामा थप १३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । सोमबार उनीहरुलाई १४ दिन आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो । उनीहरू सबै रैनादेवी छहरा गाउँपालिकाका रहेका छन् । भारत र तेस्रो मुलुकबाट आई क्वारेन्टाइनमा बसेका उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ...
नेपाल भूपू सैनिक संघ पाल्पाले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाल भूपू सैनिक संघ पाल्पाले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण नेपाल भुपु सैनिक संघ पाल्पाले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ताबाट भुुपु सैनिकलाई बञ्चित गर्ने गरेको निर्णय विभेदकारी भएको भन्दै संघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । सोमबार संघका अध्यक्ष विष्णु गाहाको नेतृत्वमा गएका भूपुहरुले प्रमुख जिल्ला अधिकारी रमेश न्यापानेमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्...
पाल्पामा थपिँदै प्रहरी चौकी
पाल्पामा थपिँदै प्रहरी चौकी जिल्लाका चार स्थानीय तहमा प्रहरीचौकी स्थापना हुने भएका छन् । रैनादेवी छहरा गाउँपालिका–४, छहरा, रम्भा गाउँपालिका–३, पीपलडाँडा, बगनासकाली गाउँपालिका–१, गाप्तुङ र माथागढी गाउँपालिका–४, सातमूलेमा प्रहरीचौकी स्थापना हुने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । प्रहरीचौकीका लागि जनशक्ति पूरा भएपछि आगामी साउन महिनाभित्र चौकी थपिने जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका...
मेरो सम्झनाको एसएलसी...
मेरो सम्झनाको एसएलसी... २००७ सालमा जन्मिएर २०२४ सालको प्रवेशिका परीक्षामा सम्मिलित भएको हुँ म । मेरो विद्यालय हो श्री सौभाग्य माध्यमिक विद्यालयमा हाल यो विद्यालयको ठेगाना फेरिएको छ । अहिले यो विद्यालय माथागढी गाउँपालिका वडा नं १ मा चिदीपानीमा पर्छ ।
पाल्पामा थप चार जनामा संक्रमण
पाल्पामा थप चार जनामा संक्रमण जिल्लामा आइतबार थप चार जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा निस्दी गाउँपालिकाका ४ जना पुरुषमा संक्रमण देखिएको हो । योसँगै गाउँपालिकामा संक्रमितको संख्या ९९ पुगेको छ । जिल्लामा निस्दीमा थपिएका ४ जनासँगै संक्रमितको संख्या ५ सय ५३ पुगेको छ ।
क्षयरोग र एचआईभी सम्बन्धी अभिमूखिकरण
क्षयरोग र एचआईभी सम्बन्धी अभिमूखिकरण क्षयरोग र एचआईभी सम्बन्धी अभिमूखीकरण कार्यक्रम तानसेनमा भएको छ । नेपाल क्षयरोग निवारण संस्था पाल्पाको आयोजना, क्याटल्याटिक फण्ड प्रोजेक्टको सहयोगमा क्षयरोग र एचआईभी सेवाको पहँुचमा मानव अधिकार र लैंगिक अवरोध न्यूनिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो । संस्थाले जिल्लाका राजनीतिककर्मी र सामाजिक कार्याकर्ता, नागरिक समाजका व्यक्तित्वहरुलाई एक दिने अभिमूखिकरण कार्यक्रम...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३८ पुगेको छ । शनिबार थप ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
समुदायमा जोखिम बढ्दो, आइसोलेशनमा रहेकालाई विना परीक्षण धमाधम घर पठाइदै
समुदायमा जोखिम बढ्दो, आइसोलेशनमा रहेकालाई विना परीक्षण धमाधम घर पठाइदै जिल्लाका आइसोलेशन सेन्टरमा उपचाररत शनिबारसम्म ३ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भए । उनीहरूमध्ये केहीलाई कोरोना निको भएको थियो भने केहीमा कोरोना संक्रमण नै देखिन्थ्यो । तर जिल्लामा कोरोना संक्रमणबाट निको भएका र नभएका दुवैलाई घर पठाउन थालिएको छ, जसले समुदायमा जोखिम बढाएको छ । अहिलेसम्म सामान्य रहेको समुदाय...
तिनाउका दुग्ध उत्पादक किसानलाई अनुदान
तिनाउका दुग्ध उत्पादक किसानलाई अनुदान जिल्लाको तिनाउ गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान वितरण गरेको छ । गाउँपालिकालाई दूधमा आत्मानिर्भर गराई आर्थिक समृद्वि हासिल गर्ने लक्ष्य सहित गाउँपालिकाले किसानलाई अनुदान दिएको हो । किसानले प्रतिलिटर २ रुपैयाँ अनुदान पाएका छन् ।
Weather Update