Shittalpati
गुल्मीका अधिकारकर्मीले पठाए रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र
गुल्मीका अधिकारकर्मीले पठाए रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र जिल्लाका मानव अधिकारकर्मीहरुले अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।
सरकार निजी विद्यालयप्रति संवेदनशील नभएको भन्दै पाल्पा प्याब्सन पनि आन्दोलित
सरकार निजी विद्यालयप्रति संवेदनशील नभएको भन्दै पाल्पा प्याब्सन पनि आन्दोलित सरकार निजी विद्यालयप्रति संवेदनशील नभएको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पा पनि आन्दोलित भएको छ । कोभिड १९ का कारण सरकारले जारी राखेको लकडाउनका कारण प्रभावित विद्यालयका लागि कुनै पनि निकास नै नदिई उल्टै विज्ञप्तीमार्फत समस्या थप्ने काम गरेको भन्दै प्याव्सन माग सहित आन्दोलित भएको हो ।
गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज
गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि ६० लाख बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना...
‘पूर्ण सरसफाईयुक्त नगर बनाउन सबैको सहयोग आवश्यक’
‘पूर्ण सरसफाईयुक्त नगर बनाउन सबैको सहयोग आवश्यक’ तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पूर्ण सरसफाईयुक्त नगर बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । सरसफाईका लागि आवश्यक बाल्टीन वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शाहीले सबैको सहयोग र साथ रहेमा मात्र पूर्ण सरसरफाईयुक्त नगर बनाउन सकिने बताएका हुन् ।
वडा सदस्य श्रेष्ठको निधन
वडा सदस्य श्रेष्ठको निधन तानसेन नगरपालिका २ का वडा सदस्य तथा समाजसेवी, नेपाली काँग्रेसका नेता गोपाल श्रेष्ठको निधन भएको छ । मुटु रोग सम्बन्धित उपचार गराईरहेका श्रेष्ठको बुधबार विहान काठमाडौंमा निधन भएको हो । लामो समयदेखि मुटु रोगले उनी ग्रस्त रहेका थिए । श्रेष्ठ तानसेन गुठीलगायतका एक दर्जन संघसंस्थामा सक्रिय रहेका थिए ।
रामपुरमा सुरक्षा भत्ता घटाइएकोप्रति नेकपाको आपत्ति, नगर सरकार भन्छ ‘माग अनुसार रकम आएन’
रामपुरमा सुरक्षा भत्ता घटाइएकोप्रति नेकपाको आपत्ति, नगर सरकार भन्छ ‘माग अनुसार रकम आएन’ रामपुर नगरपालिकाले तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्तामा ४ दशमलव ५ प्रतिशत रकम घटाएर पठाए पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामपुर नगर कामिटीले आपत्ति जनाएको छ । सातौं नगर सभामा नेकपाका जनप्रतिनिधिहरुले राखेका मागका विषयमा कुनै सुनुवाई नभएको भन्दै रामपुरमा सम्पन्न गरेको पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा राख्दै आपत्ति प्रकट गरेको...
पाल्पामा संक्रमित मध्ये ५ सय ९ जना निको भए, ४४ संक्रमित बाँकी
पाल्पामा संक्रमित मध्ये ५ सय ९ जना निको भए, ४४ संक्रमित बाँकी जिल्लामा कूल संक्रमित मध्ये ५ सय ९ जना संक्रमति निको भएका छन् । विहिबार पछिल्लो २४ घन्टामा थप ८९ जना कोरोना संक्रमित घर फर्किएसँगै निको हुनेको संख्या ५ सय ९ पुगेको हो । विहिबार रामपुर नगरपालिकाका ५ जना, पूर्वखोला गाउँपालिकाका ७० जना, रम्भा गाउँपालिकाका १४ जना गरी ८९ जना संक्रमित...
रेसुङ्गामा लाग्ने साउने मेला यस वर्ष हुन सकेन
रेसुङ्गामा लाग्ने साउने मेला यस वर्ष हुन सकेन जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा हरेक वर्ष लाग्दै आएको साउने मेला यस वर्ष भने हुन सकेन । विश्वभर फैलिएको कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनका कारण यस वर्षको साउने मेला हुन नसकेको हो ।
कोरोनाबाट मृत्यु  हुनेको संख्या ३९ पुग्यो
कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले रौतहटका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । रौतहटको पर्रोहा नगरपालिका–७ का ३६ वर्षका पुरुषको...
पाल्पामा थप ३२ जना संक्रमित निको भएर घर फर्किए
पाल्पामा थप ३२ जना संक्रमित निको भएर घर फर्किए पछिल्लो समय जिल्लामा संक्रमितको संख्या नदेखिए पनि निको भएर घर फर्कर्नेको संख्या भने बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा थप ३२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । बुधबार उनीहरुलाई ३ हप्तासम्म आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो ।
किसानलाई धान रोप्ने चटारो, गुल्मीमा सकियो ५० प्रतिशत रोपाइँ
किसानलाई धान रोप्ने चटारो, गुल्मीमा सकियो ५० प्रतिशत रोपाइँ कोरोना जोखिमका बीच यहाँका किसानलाई रोपाइँको चटारो परेको छ । असार महिना सकिनै लाग्दा जिल्लामा करिब ५० प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको छ । मकैबाली ढिला पाक्ने खेतहरुमा रोपाइँ हुन बाँकी रहेकाले अहिलेसम्म करिब ५० प्रतिशत धान रोपाइँ भएको हो । यतिबेला गाउँ –गाउँका कृषकहरूलाई रोपाइ गर्न भ्याईनभ्याई छ ...
पाल्पामा मंगलबार थप २२ जना संक्रमित निको भए
पाल्पामा मंगलबार थप २२ जना संक्रमित निको भए जिल्लामा पछिल्लो २४ घन्टामा थप २२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । मंगलबार उनीहरुलाई ३ हप्तासम्म आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो । उनीहरू सबै पूर्वखोला गाउँपालिकाका रहेका छन् । भारत र तेस्रो मुलुकबाट आई क्वारेन्टाइनमा बसेका उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि...
Weather Update