पाल्पा शान्ति समाजले गर्यो म्यान्मारमा भएको सैन्य दमनका विरुद्ध विरोध
सोमबार, चैत २, २०७७
परिचय पत्र वितरण गर्दै
सोमबार, चैत २, २०७७
राष्ट्रिय परिचयपत्र वितरण गरी अभियानको शुभारम्भ गर्दै तानसेन नगरपालिका ७ का वडा अध्यक्ष माधव जिसी । वडा कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण अभियान सुरु गरेको छ । तस्वीर : एनजेडी
६५ वर्ष भन्दा माथिकाले लगाए कोरोना खोप
सोमबार, चैत २, २०७७
माथागढी गाउँपालिका भित्रका ६५ वर्षभन्दा माथिका नागरिकहरुले कोरोना विरुद्धको खोप लगाएका छन् । तेस्रो चरणको कोरोना भाइरस कोभिड—१९ विरुद्धको खोप अभियान अन्तर्गत कार्यक्रम गाँउपालिका भित्रका ८ वटै वडाका ७ सय १२ जना नागरिकहरुले खोप लगाएका हुन् ।
पेस्तोलसहित तीन जना पक्राउ
आइतबार, चैत १, २०७७
पक्राउ पर्नेमा सम्मरीमाई गा.पा.वडा न.७ बेतकुईया बस्ने सुरज हरिजन,सोही ठाउँका तौलन हरिजन र सकिल मुसलमान रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ । शनिबार पाल्पामा पनि अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका थिए ।
गुल्मीमा हत्या अभियुक्त सार्वजनिक
आइतबार, चैत १, २०७७
अभियुक्त घर्तीले हत्या गरि विभिन्न बाहाना बनाई आफु उम्कीन खोज्ने गरेको र घटनालाई अन्यत्र मोडन खोजेको प्रहरीले जनाएको छ ।
तानसेनमा रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम
शनिबार, फागुन २९, २०७७
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आधारभूत प्राथमिकता उपचार तालिम दिएको छ । अष्ट्रेलियन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोगमा रेडक्रस पाल्पा शाखाले तानसेनमा आधारभुत प्राथमिक उपचार तालिम दिएको हो ।
पाल्पाको बगनासकालीमा अवैध भरूवा बन्दुक सहित एक जना पक्राउ
शनिबार, फागुन २९, २०७७
जिल्लाको बगनासकालीमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । बगनासकाली गाउँपालिका ४ महछापका २१ वर्षीय प्रेमबहादुर कनौजेलाई प्रहरीले अवैध भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
पाल्पामा कोरोना संक्रमण शून्य नजिक, सक्रिय संख्या दशमा झर्यो
शनिबार, फागुन २९, २०७७
पाल्पामा कोरोना संक्रमणको अवस्था शून्य नजिक पुगेको छ । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै जाँदा संक्रमण शून्य नजिक पुगेको हो । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १० मा झरेको छ । अघिल्लो हप्ता सक्रिय संक्रमितको संख्या १३ रहेकोमा शुक्रबारसम्म त्यो...
एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम
शनिबार, फागुन २९, २०७७
तानसेनमा एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम दिइएको छ । पाल्पा शिक्षा तालिम केन्द्र रुपन्देही, लुम्बिनी प्रदेशको आयोजनामा पाल्पा र गुल्मीका आधारभूत तहका शिक्षकहरुका लागि टिपिडी एकिकृत पाठ्यक्रम सम्बन्धी तालिममा दिइएको हो ।
आगामी मंसिर २ देखि एमालेको महाधिवेशन हुने
शुक्रबार, फागुन २८, २०७७
नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । शुक्रबार बसेको प्रधानमन्त्री तथा नेकपा एमाले केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकले दसौं महाधिवेशनको मिति तोकेको हो । केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन ।
संविधान च्यात्न खोज्ने शक्ति नै सकिन्छ : काँग्रेस नेता खाँण
शुक्रबार, फागुन २८, २०७७
नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान च्यात्न खोज्ने शक्ति नै सकिने बताएका छन् । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै नेता खाँणले संविधानलाई च्यात्ने शक्ति आफै सकिएर जाने बताएका हुन् ।
अध्यक्ष दाहालबाट शान्तिपूर्ण आन्दोलनमा जोड
शुक्रबार, फागुन २८, २०७७
रुपन्देही, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक भएको बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धी गुम्ने खतरा भएकाले रक्षाका लागि शान्तिपूर्ण आन्दोलन अपरिहार्य...


