Shittalpati
पाल्पामा थप एक जनामा कोरोना पुष्टि
पाल्पामा थप एक जनामा कोरोना पुष्टि जिल्लामा थप एक जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा तानसेनका एक जना महिलामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु
नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट ‘नेगेटिभ’
बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट ‘नेगेटिभ’ बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार राति मृत्यु भएका कपिलवस्तुको कृष्णनगर नगरपालिका वडानम्बर १२ का २५ वर्षीय प्रदीप तेलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
आजदेखि सबै सवारी पास बन्द
आजदेखि सबै सवारी पास बन्द सबै जिल्लाबाट सवारी पास वितरण बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले दिँदै आएको अन्तरजिल्ला सवारी पास गृह मन्त्रालयले रोक्न निर्देशन दिएसँगै आजदेखि पास वितरण कार्य बन्द भएको हो । बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरी गृहले बिहीबारदेखि नै सवारी पास वितरण रोक्न निर्देशन दिएको थियो ।
प्रतितोला चौबीस सयले बढ्यो सुन
प्रतितोला चौबीस सयले बढ्यो सुन नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला छ हजार २ सयले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ४ सयले बढेको छ ।
पाल्पामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ
पाल्पामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ जिल्लाको रैनादेवी छहरा गाउँ ३ छचुवामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ परेका छन् । रैनादेविछहरा ३ छचुवाका गन बहादुर कुमाललाई अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो ।
बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु
बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना संक्रमितको मंगलबार राती मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।
भारतमा फसेकी युवतीको उद्दार
भारतमा फसेकी युवतीको उद्दार एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्दारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्‍याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए ।
मंगलबार थपिए ६ सय ३८ नयाँ संक्रमित, चारको मृत्यु
मंगलबार थपिए ६ सय ३८ नयाँ संक्रमित, चारको मृत्यु नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ जनामा गरेको पिसिआर परीक्षणबाट ६ सय ३८ नयाँ संक्रमित देखिएका हुन् ।
विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो
विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारी अनुसार विश्वमा दुई करोड २ लाख ५९ हजार ५६४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
दुई महिनापछि खुल्यो गल्याङ नगर अस्पताल
दुई महिनापछि खुल्यो गल्याङ नगर अस्पताल गल्याङ नगरपालिका–३ स्थित गल्याङ नगर अस्पताल दुई महिनापछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । नगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि समुदायमा समेत सङ्क्रमण फैलिन सक्ने जनाई बन्द गरिएको नगर अस्पताल पुनः सञ्चालनमा आएको अस्पतालका प्रमुख थानपति न्यौपानेले जानकारी दिए ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै,  एकै दिन चार जनाको मृत्यु भएको पुष्टि
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, एकै दिन चार जनाको मृत्यु भएको पुष्टि नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । एकै दिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
Weather Update