रानीझैं सिँगारियो रानीमहल
आइतबार, पुस १८, २०७८

गठबन्धन बिना नै काँग्रेस निर्वाचनमा जान्छ : केन्द्रीय सदस्य केसी
शनिबार, पुस १७, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आसन्न निर्वाचनमा काँग्रेस एक्लै जनताको बीचमा जाने बताएका छन् । भर्खरै सकिएको नेपाली काँग्रेसको महाधिवेशनमा रेसुङ्गा नगरपालिकाबाट निर्वाचित पार्टीका विभिन्न पदाधिकारीहरुलाई सम्मान गर्न नेपाली काँग्रेस रेसुङ्गा नगर समितिले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य केसीले कुनै पनि हालतमा गठबन्धन बिना...

एमाले पूर्वसांसद रायमाझी सहित ६६ जना एकीकृत समाजवादीमा प्रवेश
शनिबार, पुस १७, २०७८
नेकपा एमालेका पूर्व सांसद यादवबहादुर रायमाझी सहित ६६ जना एमाले नेताकार्यकता नेकपा (एस) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी उनीहरु नेकपा एसमा प्रवेश गरेका हुन् ।

अन्तरबालक्लब भित्तेपत्रिका प्रतियोगिता
शनिबार, पुस १७, २०७८
अन्तरबालक्लब भित्तेपत्रिका लेखन, प्रदर्शनी तथा प्रतियोगिता भएको छ । उत्पीडित उत्थान विकास केन्द्र पाल्पाको आयोेजना तथा कारितास नेपाल नवलपरासी गैडाकोटको आर्थिक सहयोगमा सञ्चालित बाल सशक्तिकरण कार्यक्रम अन्तर्गत प्रतियोगिता भएको हो ।

२ सय ३५ संक्रमित थपिए
शनिबार, पुस १७, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा २ सय ३५ नयाँ संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सार्वजनिक गरेको कोरोना अपडेटमा देशभरका विभिन्न स्थानका २ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

आउने निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउँछौं : सभापति पन्थी
शुक्रबार, पुस १६, २०७८
नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले आसन्न निर्वाचनमा गुल्मी जिल्लालाई काँग्रेसमय बनाउने बताएका छन् । शुक्रबार नेपाली काँग्रेसका संस्थापक तथा जननायक बीपी कोइरालाले शुरु गरेको ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सभापति पन्थीले आफ्नो पहिलो ध्येय काँग्रेसलाई आउने चुनावमा पहिलो पार्टी बनाउने रहेको दाबी गरे ।
.jpg)
गुल्मीको विमानस्थलमा मन्त्री झाँक्रीले गरिन् अनुगमन
शुक्रबार, पुस १६, २०७८
जिल्लाको रेसुङ्गामा निर्माणधिन अस्थामा रहेको विमानस्थलको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अनुगमन गरेकी छन् । रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको विमानस्थलको मन्त्री झाँक्री सहित सरकारी टोलीले अनुगमन गरेको हो ।

पाल्पामा मेलमिलाप दिवस: सबै दलका नेताहरु एउटै मञ्चमा
शुक्रबार, पुस १६, २०७८
प्रायः अन्य संघ संस्थाहरुका औपचारिक कार्यक्रमहरुमा देखिने तर पार्टीका कार्यक्रमहरुमा सबै राजनितिक दलहरु कमैमात्रमा देखिने गरेको पाइन्छ ।

नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी तिव्र
शुक्रबार, पुस १६, २०७८
यही पुस २३ गते नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशन हुने भएको छ । पुष्पलाल, मदन भण्डारीदेखि मनमोहन अधिकारीले भूमिगत जीवन बिताएको स्थान तानसेन नगरपालिका वडा ९ मदनपोखरा तिन्टीआँपमा नवौं अधिवेशन आयोजना गरेको नेकपा एमाले पाल्पाले जनाएको छ ।

आज राष्ट्रिय मेलमिलाप दिवस मनाइदैं
शुक्रबार, पुस १६, २०७८
आज ४६ औं राष्ट्रिय मेलमिलाप दिवस मनाइदैछ । वीपी कोइराला सहित नेपाली काँग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।

पहिलो पटक विद्युत पुगेपछि स्थानीयवासी उत्साहित
बिहीबार, पुस १५, २०७८
पाल्पाको निस्दी गाउँपालिका ७ को चारघरे र ज्यामिरे गाउँमा पहिलो पटक विद्युत पुगेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समय पश्चात् अहिले गाउँमा विद्युत पुगेको हो ।

बगनासकालीका टोल–टोलमा सम्झौता, सम्झौता पछि काम सुरू
बिहीबार, पुस १५, २०७८
वडा–वडामा सञ्चालन हुने योजनाहरुको सम्झौता, बैक खाता सञ्चालनको लागि उपभोक्ताहरु गाउँपालिकाको कार्यालय तथा सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । आर्थिक वर्ष समाप्त हुने महिना असारसम्म उपभोक्ताबाट योजना सम्झौता गर्ने, बीसदेखि पच्चिस दिनसम्म काम सकेर कागजी फरफारक गर्ने देशव्यापी परम्परालाई पाल्पाको बगनासकाली गाउँपालिकाले यस बर्ष तोडेको छ ।

वर्षा र हिमपातका कारण मुलुकभर चिसो बढ्यो
बिहीबार, पुस १५, २०७८
पश्चिमी वायुको प्रभावले बुधबार देशको अधिकांश भू–भागमा मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मंगलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ ।