गिद्धको सङ्ख्या घटेकामा चिन्ता
शुक्रबार, पुस १, २०७९
चिसो बढ्यो, सर्तकता अपनाउन आग्रह
शुक्रबार, पुस १, २०७९
देशभर चिसो बढेको छ । चिसो बढेसँगैँ जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
पर्यटनको केन्द्र बन्दै ‘चुलीडाँडा वन’
शुक्रबार, पुस १, २०७९
जिल्लाको पूर्वखोला गाउँपालिका–२ जल्पाको ‘ढोलीमारा चुलीडाँडा’ कवुलियती वनमा पछिल्लो समय घुम्न आउनेको भीड लाग्न थालेको छ । चुलीडाँडाले युवायुवतीदेखि पाकाहरूलाई समेत तान्न थालेको हो । यहाँबाट लोभलाग्दो हिमशृंखला र अन्य ठाउँको दृष्य देखिनुका साथै विभिन्न जडिबुटी, जनावार, पक्षीको अवलोकन गर्न पाइन्छ ।
पाल्पा पूर्वखोलाको आफ्नै लोगो
शुक्रबार, पुस १, २०७९
जिल्लाको पूर्वखोला गाउँ सरकारले आफ्नै लोगो बनाएको छ । उसले लोगो बनाएर अहिले प्रयोगमा ल्याएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार लोगो बनाउन प्रस्ताव आह्वान गरिएको थियो । प्रस्ताव आÞवानसँगै लोगो बनाउन चार जनाले प्रस्ताव पेस गरेका थिए ।
गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि परीक्षण
शुक्रबार, पुस १, २०७९
गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जंगलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन् ।
मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी
बिहीबार, मंसिर २९, २०७९
राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको जानकारी दिएको छ । आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेको जानकारी दिइएको हो ।
प्रधानमन्त्री देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस
बिहीबार, मंसिर २९, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उनलाई आज बुझाएका हुन् ।
चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह
बिहीबार, मंसिर २९, २०७९
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरे ।
स्वास्थ्य बिमाको सकस, गुल्मीमा छैन सेवा लिन सहज
बिहीबार, मंसिर २९, २०७९
स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ । पालो आएपछि टोकन पाइन्छ । टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ । नाम दर्तापछि टिकट पाइन्छ । टिकट लिएपछि पनि फेरि लाइनमै बसेर भित्र कोठामा टिकट दिनुपर्छ । टिकट भित्र दिएपछि बाहिर साँघुरो गल्लीमा घण्टौँ कुर्नुपर्छ । अनि बल्ल...
लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाट काम प्रारम्भ
बुधबार, मंसिर २८, २०७९
लुम्बिनी प्रदेशको स्थायी राजधानीको राप्ती उपत्यका देउखुरीबाट आज औपचारिकरूपमा कार्य प्रारम्भ भएको छ । सो प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज यहाँ उद्घाटन भएको छ ।
रामपुरमा भू–उपयोग क्षेत्र वर्गीकरण
बुधबार, मंसिर २८, २०७९
जिल्लाको रामपुरमा भू–उपयोग क्षेत्र वर्गीकरण गरिएको छ । रामपुर नगर सरकारले नगर भित्रका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरेको हो । नगर सरकारको भू–उपयोग परिषद्को बैठकले नगर भित्रका जग्गाको आवास क्षेत्र, कृषि क्षेत्र, व्यवसायिक क्षेत्र, औद्योगिक क्षेत्र लगायतका क्षेत्र निर्धारण गरेको छ ।
रामपुर नगर सरकारको पहल, लामो समयदेखि रोकिएको सडकको काम सुरु
बुधबार, मंसिर २८, २०७९
जिल्लाको रामपुर नगरपालिकाको पहलमा विवादका कारण लामो समयदेखि रोकिएको सडक निर्माण कार्य सञ्चालनमा आएको छ । विवादका कारण निर्माण कार्य हुन नसकेको रामपुर ५ मटेरीमा नगर सरकारको पहिलपछि सडक निर्माण सुरु भएको हो ।
रामपुरमा बजार अनुगमन निरन्तर
बुधबार, मंसिर २८, २०७९
जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुरमा निरन्तर बजार अनुमगन भइरहेको छ । रामपुर नगरपालिकाले उपभोक्तालाई स्वच्छ, ताजा र गुणस्तर खाद्यवस्तु उपभोक्त गराउने उद्देश्यले अनुगमन कार्यलाई निरन्तर अगाडि बढाउँदै आएको छ ।


