Shittalpati
बाइस वर्षदेखि सशस्त्र प्रहरी अस्थायी संरचनामा
बाइस वर्षदेखि सशस्त्र प्रहरी अस्थायी संरचनामा बाइस वर्षअघि निर्माण भएका अस्थायी संरचना । त्यहाँ निर्माण गरिएका बंकर । तिनै चुहिने टिनको छाना तथा जमिनभित्र निर्माण भएका बंकरमा बस्दै आएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी । पानी परेका बेला चुहिएर कुलेसो काटेर तर्काएर निरन्तर जनताको सुरक्षाका लागि खटिँदै आएको छ सशस्त्र प्रहरी बल नेपाल ३० नं गुल्म वालिङ ...
बगनासकालीमा १५ शैयाको अस्पताल शिलान्यास
बगनासकालीमा १५ शैयाको अस्पताल शिलान्यास जिल्लाको बगनासकाली गाउँपालिका–१ चिलाङ्दीमा १५ शैयाको आधारभूत अस्पताल शिलान्यास गरिएको छ । हरेक पालिकामा कम्तिमा एउटा १५ शैयाको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार यहाँ अस्पतालको शिलान्यास गरिएको हो ।
प्रदेश राजधानीलाई नमूना सहरका रुपमा विकास गर्छौँ : मुख्यमन्त्री गिरी
प्रदेश राजधानीलाई नमूना सहरका रुपमा विकास गर्छौँ : मुख्यमन्त्री गिरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रदेशवासीलाई नमूना राजधानी सहर हस्तान्तरण गर्ने बताएका छन् । लुम्बिनी प्रदेश छैटौँ स्थापना दिवसको अवसरमा आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित कार्यक्रममा उनले आगामी पाँच वर्षभित्र प्रदेशको राजधानीलाई नमूना सहरका रुपमा विकास गर्ने योजनासहित सरकारले काम गरिरहेको बताए ।
कांग्रेसका नेता भण्डारीको घरमा सिलिन्डर विस्फोट : भण्डारी र आमा घाइते
कांग्रेसका नेता भण्डारीको घरमा सिलिन्डर विस्फोट : भण्डारी र आमा घाइते नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको काठमाडौं बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको छ । गएराति खाना पकाइरहेका बेला गुल्मी निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद भण्डारीको घरमा सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका छन् ।
चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता
चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ ।
पर्यटक लोभ्याउँदै बाघको मूर्ति
पर्यटक लोभ्याउँदै बाघको मूर्ति कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ ।
आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस मनाइदैं
आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस मनाइदैं आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १५ मा अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्ध दिवस मनाउने गरिन्छ । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो । यसका अलावा बाल्यकालमा क्यान्सर भएका बालबालिकाहरूका लागि सहयोग र साथ दिने हिसाबले पनि यस दिवसको रूपरेखा तयार...
पशुको बाँझोपन परीक्षण गर्न एक्स–रे सेवा
पशुको बाँझोपन परीक्षण गर्न एक्स–रे सेवा गुल्मीमा भिडियो एक्स–रेबाट पशुको बाँझोपनको समस्या र गर्भ परीक्षण गर्न सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा यो सेवा सुरु गरेको हो ।
अराजकता नियन्त्रण गर्न माग
अराजकता नियन्त्रण गर्न माग राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदले मुलुकमा पछिल्ला दिनमा फैलिएको अराजकताले सीमा नाघेको उल्लेख गर्दै त्यसको नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट
उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट उपप्रधानमन्त्री तथा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विजयमोहन क्वात्राबीच आज शिष्टाचार भेट भएको छ ।
प्रेमको उत्सव ‘भ्यालेन्टाइन डे’, प्रेम साटासाट गरी मनाइँदै
प्रेमको उत्सव ‘भ्यालेन्टाइन डे’, प्रेम साटासाट गरी मनाइँदै आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी मनाइँदैछ । विशेषगरी युवापुस्तामा लोकप्रिय यो दिन विश्वभर नयाँ प्रेमी प्रेमिकाले एक अर्कालाई प्रेम प्रस्ताव गरी मनाउने गर्दन् । प्रेमका पक्षधर सन्त भ्यालेन्टाईनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेव्रुअरी १४ मा भ्यालेन्टाइन दिवस मनाउने गरिएको हो ...
पशु बधशाला सञ्चालनको तयारी
पशु बधशाला सञ्चालनको तयारी बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीचमा सहमति भएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
Weather Update