जनता माविले मनायो ७१ औं वार्षिकउत्सव
बुधबार, भदौ २२, २०७९

नेतृत्व तहमा मजदुरहरुको उपस्थिति जरुरी
बुधबार, भदौ २२, २०७९
नेतृत्व तहमा मजदुरहरुको उपस्थिति जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले निर्वाचनका बेला सबै राजनीतिक दलहरुले मजदुरहरुको हक हितमा काम गर्ने आश्वासन दिने गरे पनि व्यवहारमा कार्यान्वयन नहुने भन्दै मजदुर वर्ग नै नेतृत्व तहमा पुग्नु पर्नेमा जोड दिए ।

गाई संरक्षणलाई काफलडाँडामा गौशाला निर्माण
बुधबार, भदौ २२, २०७९
स्याङ्जाको वालिङ–८ काफलडाँडामा गौशाला निर्माण गरिएको छ । वालिङ नगरपालिकाले गाई संरक्षणका लागि वालिङ–१० स्थित स्वर्गाश्रममा निर्माण गरेको गौशालालाई स्थानान्तरण गरी काफलडाँडास्थित शिवालय धुनीको गुठीमा गौशाला बनाएर सञ्चालन गरेको हो ।

डेंगुले कोरोना ओझेलमा, पाल्पामा पनि बढ्यो डेंगु, परीक्षण गर्न किट अभाव
मंगलबार, भदौ २१, २०७९
मुलुकको सम्पूर्ण ध्यान कोभिड–१९ तिर केन्द्रित भइरहेका बेला एकाएक डेंगुको लहर उर्लंदो छ । काठमाडौैं केन्द्रित जस्तो देखिएको डेंगु पछिल्लो समय पाल्पा सहित देशका ७२ जिल्लामा फैलिसकेको छ । मुलुकमा दैनिक २÷३ सयको हारहारीमा कोरोना संक्रमण देखिए पनि पछिल्लो समय डेंगु संक्रमणले ओझेलमा परेको छ ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन : गुल्मी काँग्रेसमा आकांक्षीको लर्को
सोमबार, भदौ २०, २०७९
गुल्मीमा नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि इच्छुक उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ इच्छुक नेताहरुको नाम सिफारिस गरेको हो ।

पाल्पामा एमालेबाट उम्मेदवार सिफारिस, कतै एकल, कतै दर्जनौं
सोमबार, भदौ २०, २०७९
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमाले पाल्पाले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधीसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नंं १ मा नारायणप्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, कृष्ण श्रेष्ठ, झपेन्द्रबहादुर जिसी र महिलामा विष्णु जिसीलाई सिफारिस गरेको छ ।

सोमबार दुई सय छ संक्रमित निको भए
सोमबार, भदौ २०, २०७९
पछिल्लो २४ घण्टामा मुलुकमा दुई सय ६ जना कोरोना संक्रमित निको भएका छन् । देशका विभिन्न अस्पताल र होमआइशोलेसनमा उपचार गराइरहेका दुई सय ६ जना संक्रमित निको भएका हुन् । योसँगै निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

पाल्पामा माओवादी केन्दबाट उम्मेदवार सिफारिस
सोमबार, भदौ २०, २०७९
आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि नेकपा माओवादी केन्द्र पाल्पाले प्रतिनिधी सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको सिफारिस गरेको छ । विभिन्न चरणहरुमा बसेको बैठकले प्रतिनिधी सभा सदस्यमा क्षेत्र नं. १ मा लिला सोमै र क्षेत्र नंं २ मा अनिल किशोर घिमिरेलाई सर्व सम्महत सिफारिस गरेको...

एमाले एक्लै चुनाव लड्ने र जनमत लिने सामथ्र्य राख्छ : ज्ञवाली
सोमबार, भदौ २०, २०७९
नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक्लै चुनाव लड्ने र जनमत लिने सामथ्र्य एमालेले मात्रै राख्न सक्ने बताएका छन् । पाल्पाको तानसेनमा भएका विभिन्न कार्यक्रममा बोल्दै नेता ज्ञवालीले एमालेसँग एक्लै चुनावमा लड्ने आँट र सामथ्र्य रहेको बताएका हुन् ।
.jpg)
जोगिथुम भगवती मन्दिरको निर्माण आकर्षक
सोमबार, भदौ २०, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिका ४ जोगिथुममा रहेको जोगिथुम भगवतीको मन्दिर निर्माण आकर्षक बनेको छ । दुई सय वर्ष पुरानो मन्दिरको नयाँ संरचना निर्माण आकर्षक बनेको हो । रेसुङ्गा नगरपालिकाको ४४ लाख १९ हजार ६ सय २८ रुपैयाँको लागतमा मन्दिर निर्माण भएको छ ।

पाल्पामा माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस
आइतबार, भदौ १९, २०७९
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति तोकिएसँगै पाल्पाका राजनीतिक दलहरुले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । नेकपा माओवादी केन्द्रले पनि उम्मेदवार सिफारिस गरेको छ ।

लिङ्देनले दिए सांसदबाट राजीनामा
आइतबार, भदौ १९, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद पद त्याग गरेको घोषणा गरेका हुन् ।

पाल्पाबाट दुई लाख ६५ हजार बढीको अवैध कपडा बरामद
आइतबार, भदौ १९, २०७९
पाल्पाबाट दुई लाख ६५ हजार बढीको अवैध कपडा बरामद गरिएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङमा चेकजाँच गर्ने क्रममा प्रहरी चौकी आर्यभञ्ज्याङले विभिन्न प्रकारको तीन बोरा अवैध कपडा बरामद गरेको हो ।