बच्चा चोरको अफवाह
बिहीबार, भदौ ३०, २०७९

दुर्गममा वडाको सम्पर्क कार्यालय
बिहीबार, भदौ ३०, २०७९
जिल्लाको रेसुङ्गा नगरपालिका भित्रपर्ने दुर्गम क्षेत्रमा वडा कार्यालयको सम्पर्क कार्यालय खोलिएको छ । यहाँको सबै भन्दा दुर्गम रहेको रेसुङ्गा नगरपालिका–४ मा वडाको सम्पर्क कार्यालय खोलिएको हो । पराल्मीको डाँडापोखरीमा वडा कार्यालय रहे पनि रातामाटाका नागरिकलाई भौगोलिक रुपमा कठिनाई भएकाले रातामाटाको एक कोतघर वडाको समपर्क कार्यालय खोलिएको नगरपालिकाले जनाएको छ ।

डेङ्गुबाट बच्न सतर्कता अपनाउन आग्रह
बुधबार, भदौ २९, २०७९
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् । आज अपिल जारी गर्दै उनले डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको बताए ।

अपाङ्गतालाई घरमै पुगेर परिचयपत्र
बुधबार, भदौ २९, २०७९
अपाङ्गता भएकी एक महिलालाई घरमै पुगेर परिचयपत्र वितरण गरिएको छ । जिल्लाको रेसुंगा नगरपालिकाले एक पूर्ण अशक्त महिलालाई घरमै गएर अपाङ्गता परिचयपत्र प्रदान गरेको हो । नगरपालिकाको वडा नम्बर– १४ रातामाटाकी ४८ वर्षीया पूर्ण अशक्त महिला पुनीकला अचार्यलाई उनकै घरममा गएर ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरिएको नगरप्रमुख खिलध्वज पन्थीले...

मतपत्र छपाइको प्रक्रिया सुरु
मंगलबार, भदौ २८, २०७९
निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

रिब्दीकोटमा विषादी सेवनबाट एक वृद्धको ज्यान गयो
मंगलबार, भदौ २८, २०७९
जिल्लाको रिब्दीकोट गाउँपालिकामा विषादी सेवनबाट एक वृद्धको ज्यान गएको छ । रिब्दीकोट–५ देवीडाँडाका ५५ वर्षीय सन्ते (मेख) बहादुर खड्काको विषादी सेवनबाट ज्यान गएको हो ।

पत्रकारको क्षमता विकास गर्न तालिम चलाउन्छौ : सभापति लम्साल
मंगलबार, भदौ २८, २०७९
नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालले पत्रकारहरुको क्षमता विकासका लागि नेपाल प्रेस युनियनले देशभर तालिम चलाउने बताएका छन् । मंगलबार नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लम्सालले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि युनियनले पाल्पा सहित देशभर तालिम सञ्चालन गर्ने बताएका हुन् ।

‘विश्वसँग प्रतिस्पर्धा गर्न सीप र संस्कार सहितको प्राविधिक शिक्षा आवश्यक’
मंगलबार, भदौ २८, २०७९
लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले विश्वसँग प्रतिस्पर्धा गर्न सीप र संस्कार सहितको प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् । सोमबार तानसेन बहुमुखी क्याम्पसको ३३ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री रानाले अहिलेको आवश्यकता विश्व समुदायसँग प्रतिस्पर्धा गर्न सक्ने सीप र संस्कार सहितको प्राविधिक शिक्षा रहेको बताएका...
.jpg)
रेसुङ्गा क्षेत्रको सरसफाई गरियो
मंगलबार, भदौ २८, २०७९
जिल्लाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा सरसफाई गरिएको छ । गत साउनमा सञ्चालन भएको मेलामा संकलन भएको फोहोर सरसफाई गरिएको हो । रेसुङ्गा क्षेत्रमा नेपाल पंक्षी संरक्षण संघ गुल्मी, रेसुङ्गा संरक्षण समिति, रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ पराल्मी र गुल्मीदरवार गाउँपालिका वडा नम्बर–१ वलिथुमका जनप्रतिनिधी, क्लवका प्रतिनिधीहरुको सहभागितामा सरसफाई गरिएको...

राप्रपा पाल्पाको उम्मेदवार सिफारिस
सोमबार, भदौ २७, २०७९
आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले प्रतिनिधीसभा तथा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नामावली सिफारिस गरेको छ ।

रम्भामा एमालेको चुनावी प्रशिक्षण
सोमबार, भदौ २७, २०७९
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी एमालेले चुनावी प्रशिक्षणलाई तिव्रता दिएको छ । उसले आफ्ना उम्मेदवारहरुलाई निर्वाचनमा विजयी बनाउने उद्देश्य सहित चुनावी प्रशिक्षणलाई तिव्रता दिएको हो । एमालेले रम्भा गाउँपालिकामा पालिका स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम गरेको छ ।

पाल्पामा नेपाली सेनाले मनायो वार्षिक उत्सव
सोमबार, भदौ २७, २०७९
पाल्पामा नेपाली सेनाले वार्षिक उत्सव मनाएको छ । यहाँको दि फेमस महिन्द्र दल गणले एक औपचारिक कार्यक्रमका बिच १७८ औं वार्षिक उत्सव मनाएको हो । नेपाली सेना २२ नं बाहिनीपती, विभिन्न जिल्लाका गणपती, जिल्लाका सुरक्षा निकाय, सरकारी कार्यालय, संघ संस्था र पूर्व नेपाली सेनाको सहभागितामा गणले कार्यक्रम गरेको छ ।

रेसुङ्गाका ९ जना शिक्षक र कर्मचारीलाई स्वेच्छिक अवकाश
सोमबार, भदौ २७, २०७९
आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले शिक्षक तथा कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको छ । क्याम्पस सञ्चालन समितिको शनिबार बसेको बैठकले ७ जना शिक्षक र २ जना कर्मचारी गरी ९ जनालाई स्वेच्छिक अवकाश गर्ने निर्णय गरेको हो ।