Shittalpati
कोहार समुदायको माग : परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो
कोहार समुदायको माग : परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो रोहिणी गाउँपालिका–३ धकधइका सोहन कोहारलाई हाल माटोको पाला बनाउन भ्याइनभ्याइ छ । परिवारमा सोहन र मोहन दुई दाजुभाइ रहेका छन् । बुवा राधे कोहारको मृत्युपछि हाल यी दाजुभाइले पूख्र्यौली पेसा सम्हारिरहेका छन् । बुवा व्यावसायिक हुन नसके पनि यी दाजुभाइले पूख्र्यौली पेसालाई व्यावसायिक बनाएका छन् । 
बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ
बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिन एक महिना मात्रै बाँकी छ । कालोपत्रका लागि बिडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता २०८१ मङ्सिरमा सकिँदै छ । तर सडकको प्रगति भने जम्मा ५० प्रतिशत मात्रै रहेको छ । 
सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै
सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै बागलुङको काठेखोलाका सीमान्तकृत महिला तथा युवालाई घरबास ९होम–स्टे०मार्फत रोजगारसँग जोड्न थालिएको छ । गाउँपालिका वडा नं ३, ५, ७ र ८ का करिब एक सय महिला तथा युवालाई रोजगारसँग जोड्न थालिएको हो । यहाँ गाउँपालिकासँगको साझादेरीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङको...
द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छ : मुख्यमन्त्री आचार्य
द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छ : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्वपीडितका समस्या समाधान गर्न समावेशी नीति र कानुनी संरचनाको निर्माण गर्दै पीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको बताएका छन् । उनले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न र उनीहरुको हकअधिकारलाई सम्बोधन गर्नेगरी सरकारले भूमिका निर्वाह गरिरहेको बताए । 
आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय
आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उनिहरुको व्यस्त बढेको छ । 
नेपाली काँग्रेसको रुरु–रेसुङ्गा प्रशिक्षण अभियान सुुरु
नेपाली काँग्रेसको रुरु–रेसुङ्गा प्रशिक्षण अभियान सुुरु नेपाली काँग्रेस गुल्मीको रुरु–रेसुुङ्गा प्रशिक्षण अभियान सुुरु भएको छ । स्थानीय तहका अगुवा कार्यकर्तालाई प्रशिक्षणका माध्यमबाट  क्रियाशिल बनाई  पार्टी संगठनलाई बलियो बनाउन आइतबारदेखि अभियान सुुरु भएको हो ।
दाङका किसानलाई धान काट्ने चटारो, उत्पादन बढ्ने अपेक्षा
दाङका किसानलाई धान काट्ने चटारो, उत्पादन बढ्ने अपेक्षा जिल्लाको दङ्गीशरण गाउँपालिका–३ का ६२ वर्षीय शोभा जैसी शुक्रबार बिहान ७ बजे धान काट्दै थिए । उनले भने, “अहिले तिहार नजिकै भए पनि खेतमा धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै हुने गरेका छौँ ।” 
जङ्गली च्याउ खाँदा पाँचजना बिरामी
जङ्गली च्याउ खाँदा पाँचजना बिरामी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँचजना बिरामी परेका छन् । शनिबार साँझ जङ्गली च्याउ खाँदा देवचुली–२ दुम्कौलीमा एउटै परिवारका पाँचजना बिरामी परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
राप्ती लोकमार्ग स्तरवृद्धि गर्न ध्यानाकर्षण
राप्ती लोकमार्ग स्तरवृद्धि गर्न ध्यानाकर्षण दाङको राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर बजार क्षेत्रमा सडक मापदण्डको विषयलाई लिएर स्थानीय बासिन्दाले तुलसीपुर उपमहानगरपालिका समक्ष पुनः ध्यानाकर्षण गराएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई बुझाइएको ध्यानाकर्षण पत्रमा उनीहरुले सडकका लागि १५ मिटर वा २५ मिटर छाड्नुपर्ने विषयले अन्यौल सिर्जना गरेको राप्ती राजमार्ग सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानेले बताए...
तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते
तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेका छन् ।     
पाल्पा, गुल्मीसहित १७ जिल्लाका सीडीओ फेरिए
पाल्पा, गुल्मीसहित १७ जिल्लाका सीडीओ फेरिए गृह मन्त्रालयले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी  (सीडीओ)सहित २७ जना सहसचिव र उपसचिवको सरूवा गरेको छ । गृहले पाल्पा, गुल्मी,रूपन्देही, पर्सा, महोत्तरी, सप्तरी, भक्तपुर र ललितपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको हो ।
एक महिनापछि गुल्मीबाट पुनः उडान
एक महिनापछि गुल्मीबाट पुनः उडान विगत एक महिनादेखि नियमित रुपमा उडान हुन नसकेको गुल्मीको रेसुङ्गा विमानस्थलको उडान पुनः सुरु भएको छ । मौसम खराबका कारण गत असोज ४ गतेदेखि नियमित हुन नसकेको उडान शुक्रबारदेखि भने पुनः सुरु भएको हो । अवरुद्ध पछि पहिलो पटक बुधबार उडान भए पनि शुक्रबारदेखि भने नियमित रुपमा उडान सुरु भएको...
Weather Update