लक्ष्मी बैंकद्वारा स्मार्ट फोन लोन सेवा सुरू
बुधबार, फागुन ५, २०७७
गुल्मी चन्द्रकोटका नागरिकलाई आईपीओ निष्कासन गरिदै
मंगलबार, फागुन ४, २०७७
गुल्मीको चन्द्रकोट गाउँपालिका ६ र ७ का नागरिकहरुलाई लक्षित गर्दै आइपीओ निष्कासन गर्न लागिएको छ । रूरू जलविद्युत परियोजना लिमिटेडले आगामी फागुन ७ गतेदेखि उक्त क्षेत्रका नागरिकहरुलाई लक्षित गर्दै आईपीओ निष्कासन गर्न लागेको हो ।
गुल्मीका होटल र रेष्टुरेण्टको स्तरीकरण गरिने
सोमबार, फागुन ३, २०७७
जिल्लामा रहेका होटल तथा रेस्टुरेन्टको खाद्य स्वच्छता मूल्याङ्कन गरेर स्तरीकरण गरिने भएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले गुल्मीका होटल तथा रेस्टुरेण्ट स्तरीकरण गर्ने भएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पा र तम्घासका होटल व्यवसायीहरु बिच छलफल गरी स्तरीकरणको लोगो वितरण गर्न...
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रतिवेदन सार्वजनिक
सोमबार, फागुन ३, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम शाखाले आठौँ गाउँसभा मार्फत चालु आर्थिक वर्षको माघ २० गतेसम्मको कार्यक्रम र योजनाहरुको प्रगती प्रतिवेदन सार्वजनिक गरेको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
गरिमा विकास बैंकको अध्यक्षमा बस्याल
शनिबार, फागुन १, २०७७
नेपाल राष्ट्र बैङ्कको ख’वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंकको अध्यक्षमा श्यामप्रसाद बस्याल निर्वाचित भएका छन् । बैंकको पोखरामा भएको १४ औँ साधारणले बस्याललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–३ घर भएका बस्याल बैंकको स्थापना कालदेखी सञ्चालक समितिमा रहँदै आएका थिए ।
जेष्ठ नागरिकको सम्मानमा गुल्मीदरबार गाउँपालिका
शनिबार, फागुन १, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले जेष्ठ नागरिकहरुको सम्मानमा चासो देखाएको छ । गाउँपालिकाले जेष्ठ नागरिकहरु नै समाजका पथप्रदर्शक भएको भन्दै उनीहरुको सम्मानमा चासो देखाउदै आएको हो । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम अन्तर्गत नै गाउँपालिकाले उनीहरुको चासो, गुनासो, समस्या, इच्छा, आकांक्षाका विषयमा टोल–टोलमा पुगेर अन्तक्र्रिया गरेको छ ।
कोरोनाले लघु तथा घरेलु उद्योग बढी प्रभावित
शुक्रबार, माघ ३०, २०७७
कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
विहार र निसान घरलाई आर्थिक सहयोग
शुक्रबार, माघ ३०, २०७७
जिल्लामा निर्माणधिन अवस्थामा रहेका विहार र निसान घरका लागि आर्थिक सहयोग प्राप्त भएको छ । पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग)ले जिल्लाको रिब्दीकोट ६ घोर्लीखरकमा निर्माणाधिन रिब्डीकोट बौद्ध विहार र तानसेनमा निर्माणाधिन निसान घरका लागि आर्थिक सहयोग गरेको हो ।
पाल्पाली ढाका प्रवर्धनका लागि तालिम
मंगलबार, माघ २७, २०७७
पाल्पाली ढाकाको प्रवद्र्धन तथा विस्तार गर्न तालिम दिइएको छ । पाल्पाली ढाका संघले पाल्पाली ढाकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा थप विस्तार तथा प्रवद्र्धन गर्नुको साथै जिल्लाका नागरिकहरुलाई आयआर्जनमा लाग्नका लागि तीन महिने तालिम दिएको हो ।
नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने
मंगलबार, माघ २७, २०७७
सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा मोबाइलबाट हातहातमै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
काँग्रेसले सहकारी बैंक खोल्न प्रक्रिया अगाडि बढायो
मंगलबार, माघ २७, २०७७
नेपाली काँग्रेसले सहकारी बैंक खोल्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । काँग्रेसले सहकारी बैंक दर्ताका लागि संघीय सहकारी विभागमा फाइल पेश गरेको छ । प्रस्तावित नेपाल सहकारी बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले संस्थाको कागजात सहितको निवेदन विभागका रजिष्टार टोकराज पाण्डेलाई हस्तान्तरण गरेका छन् ।
माथागढी : यस्तो छ एमआईएस शाखाको प्रगति विवरण
सोमबार, माघ २६, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले सबै शाखाका कार्य प्रगति विवरण सार्वजनिक गर्दै आएको छ । गाउँपालिकाका सबै शाखाहरुले आठौं गाउँसभामार्फत चालु आर्थिक वर्षको ६ महिनाको कार्य प्रगति विवरण प्रस्तुत गर्दै आएका छन् । सोही अवसरमा एमआईएस (व्यवस्थापन सूचना प्रणाली) शाखाले पनि आफ्नो ६ महिनाको कार्य प्रगति विवरण प्रस्तुत गरेको छ ।
मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले वृद्धि
आइतबार, माघ २५, २०७७
नेपाल राष्ट्र बैंकबाट ख वर्गको स्वीकृत प्राप्त मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले वृद्धि भएको छ । बैंकको गत आवको दोस्रो त्रैमासिकको तुलनामा ३० प्रतिशतले वृद्धि भएको हो । बैंकको चाल आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार ६१ करोड ५५ लाख नाफा भएको छ ।


