Shittalpati
‘लू’बाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध
‘लू’बाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।
गुल्मी आगलागी : एक सय १७ घरगोठ जले, ११ जनाको मृत्यु
गुल्मी आगलागी : एक सय १७ घरगोठ जले, ११ जनाको मृत्यु आगलागीबाट गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ५३ घर र ६४ गोठ जलेर नष्ट भएका हुन् ।
डढेलोले पाइप जलेपछि खानेपानीको समस्या
डढेलोले पाइप जलेपछि खानेपानीको समस्या डढेलोका कारण पाल्पाको निस्दी गाउँपालिका–४ द्वार्घामा खानेपानीको समस्या भएको छ । जंगलमा लागेको डढेलोले पाइप जलेपछि पिउने पानीको समस्या भएको हो ।
‘मनसुनको सँघारमा किन गर्मी बढ्यो’
‘मनसुनको सँघारमा किन गर्मी बढ्यो’ विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महशुस गरिएको हो ।
बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या
बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ वर्षीया अञ्जनी थारुको चक्कु प्रहार गरी हत्या गरिएको हो । 
माथामालिका एकीकृत कृषिको सार्वजनिक सुनुवाई
माथामालिका एकीकृत कृषिको सार्वजनिक सुनुवाई जिल्लाको माथागढी गाउँपालिका–४, झडेवामा रहेका माथामालिका एकीकृत कृषि प्रालिले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । संस्थाले भए गरेका गतिविधिहरुलाई एक औपचारिक कार्यक्रमका बिच आम नागरिक समक्ष सार्वजनिक गरेको हो ।
लेखा समितिमा १२१ उजुरी
लेखा समितिमा १२१ उजुरी सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी विचाराधीन अवस्थामा रहेको देखिएको छ । विसं २०७६ वैशाख ३ गतेयता दर्ता भएका यी उजुरीहरु लेखा समितिमा छानबिन र छलफल हुन नसकेका हुन् । 
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
लुम्बिनी प्रदेश : कानुन निर्माण प्रभावकारी, कार्यान्वयन फितलो
लुम्बिनी प्रदेश : कानुन निर्माण प्रभावकारी, कार्यान्वयन फितलो जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ । जननिर्वाचित पहिलो विसं २०६५ जेठ १५ गते संविधानसभाबाट निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पनि सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई धुम्रपान विरुद्धको दिवस पनि भनिन्छ ।
शिक्षकका मुद्दा बजेटमा सम्बोधन नभएको गुनासो
शिक्षकका मुद्दा बजेटमा सम्बोधन नभएको गुनासो नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरुको पालनाको सम्बोधन नभएको जनाएको छ ।
बुटवल–पाल्पा बसन्तपुर केबुलकार सञ्चालनमा
बुटवल–पाल्पा बसन्तपुर केबुलकार सञ्चालनमा बुटवल–पाल्पा बसन्तपुर केबलकार सञ्चालनमा आएको छ । आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकारले आइतबारदेखि व्यवसायिक रुपमा केबुलकार सञ्चालनमा ल्याएको हो ।
Weather Update