पाल्पा प्रहरीले गर्यो रामपुरमा सार्वजनिक सुनुवाई
शनिबार, असोज २०, २०८०
विद्यार्थीमा प्रविधिको प्रयोग बढाइँदै : दैनिक शिक्षकको कोठामा पुग्नै पर्ने निमय
शनिबार, असोज २०, २०८०
स्याङ्जाको भीरकोट नगरपालिका–९ साउन्दीस्थित पीपलडाँडा माध्यमिक विद्यालयमा विद्यार्थीहरू शिक्षकको कोठामा पुग्नै पर्ने नियम छ । विद्यालयले प्रविधिको उच्चतम प्रयोग गर्ने नीतिअनुसार विद्यार्थीलाई शिक्षकको कार्यकक्षमा अध्ययनका लागि पुग्नै पर्ने नियम बनाइएको विद्यालयका प्रधानाध्यापक रोमकान्त न्यौपानेले जानकारी दिए ।
रामपुरमा प्रहरी–नागरिक सुनुवाई, शान्ति सुरक्षा मजबुत बनाउन प्रहरीलाई सुझाव
शनिबार, असोज २०, २०८०
जिल्ला प्रहरी कार्यालय पाल्पाले रामपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । उसले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम रामपुर नगरपालिकाको सभाहलमा गरेको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ को मृत्यु
शुक्रबार, असोज १९, २०८०
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं, तेह्रथुम, सुनसरी, धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।
गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर
शुक्रबार, असोज १९, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा चापाकोट स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी आयोजना
शुक्रबार, असोज १९, २०८०
बौद्ध दर्शन र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा आज विश्व बौद्ध संस्कृति प्रदर्शनी आयोजना गरिएको छ ।
दसैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ
शुक्रबार, असोज १९, २०८०
दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ । अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना सुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत खुल्ने तयारी देखिएको...
भूकम्पले भत्किएका ७६० सम्पदा पुनःनिर्माण
बिहीबार, असोज १८, २०८०
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनःनिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्याएको थियो ।
मौसममा क्रमिक सुधार
बिहीबार, असोज १८, २०८०
मौसममा केही सुधार हुँदै गएको छ । लगातार पाँच दिनदेखि परेको झरी विहीबारदेखि भने केही सुधार हुँदै गएको हो । पाल्पासहित देशका अधिकांस स्थानको मौसम क्रमिक रुपमा सुधार हुँदै गएको छ ।
आज विश्व शिक्षक दिवस मनाइँदै
बिहीबार, असोज १८, २०८०
‘हामीले चाहेको शिक्षाको लागि शिक्षकहरू चाहिन्छ : शिक्षक अभावलाई उल्टाउन विश्वव्यापी अनिवार्यता’ भन्ने नाराका साथ आज विश्व शिक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
सेन्ट कपितानियोमा रेडक्रस गठन
बुधबार, असोज १७, २०८०
तानसेनस्थित सेन्ट कपितानियो स्कुलमा नेपाल युवा जुनियर रेडक्रस सर्कल गठन भएको छ । स्कुलमा भएको विद्यार्थीहरुको भेलाले सर्कल गठन गरेको हो ।
तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना
बुधबार, असोज १७, २०८०
आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
बुधबार, असोज १७, २०८०
काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा एकजना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

