Shittalpati
आज ‘क्रिसमस डे’, देशभर सार्वजनिक बिदा
आज ‘क्रिसमस डे’, देशभर सार्वजनिक बिदा नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।
रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ प्रहरीले अवैध लागूऔषधसहित रुपन्देहीका विभिन्न स्थानबाट तीन जना पक्राउ गरेको छ । रूपन्देहीको रोहिणी गाउँपालिका–३ धकधई र सैनामैना नगरपालिका–२ बिहानी टोलबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका हुन् ।
तानसेनमा क्रिसमसको रौनक
तानसेनमा क्रिसमसको रौनक पाल्पाको तानसेनमा क्रिसमसको रौनक छाएको छ । यस वर्ष सोमबार परेको क्रिसमस डे पर्वको अवसर पारेर यहाँका चर्चहरुमा रौनक छाएको हो । क्रिसमस डे पर्वको अवसर पारेर तानसेनमा रहेका इसाई धर्मावलम्बीले शनिबार खुसियाली मनाउँदै र्‍याली निकालेका छन् ।
निस्दीको एक घरमा आगलागी : ९ महिने बालिकाको मृत्यु, भैसी र बाख्रा समेत जले
निस्दीको एक घरमा आगलागी : ९ महिने बालिकाको मृत्यु, भैसी र बाख्रा समेत जले जिल्लाको निस्दी गाउँपालिका–३, क्याङ्रुङ् गाउँको एक घरमा शनिबार आगलागी हुँदा ९ महिने बालिकाको मृत्यु भएको छ । श्याम बहादुर पल्लीको माटो ढुङ्गाले बनेको फुसले छाएको एकतले कच्ची घरमा आगलागी हुँदा घरमा सुुतिरहेकी बालिकाको ज्यान गएको हो ।
जल्दोबल्दो समस्या समाधानमा इमान्दारिताका साथ काम गर्छु : प्रजिअ काफ्ले
जल्दोबल्दो समस्या समाधानमा इमान्दारिताका साथ काम गर्छु : प्रजिअ काफ्ले नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा पाल्पा आएका आनन्द काफ्लेले पाल्पाको जल्दोबल्दो समस्या समाधानमा इमान्दारिताका साथ काम गर्ने बताएका छन् ।
भूकम्पपीडितलाई राहत वितरण
भूकम्पपीडितलाई राहत वितरण नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री वितरण गरेको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं १ र ३ का एक हजार आठ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नं १ र २ का आठसय घरधुरीलाई हालै रु ६० लाख बराबरको राहत...
नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल
नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि आज विज्ञसँग छलफल गरेको छ । राष्ट्रियसभाबाट पारित भएको सो विधेयकलाई थप समृद्ध बनाउन उच्च शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरूलाई समितिले छलफलमा बोलाएको हो ।
तानसेनमा योमरी महोत्सव हुँदै
तानसेनमा योमरी महोत्सव हुँदै योमरी पुर्णिमाको अवशरमा तानसेको टक्सारमा योमरी महोत्सव हँुदै छ । यही पुस ७ गते शनिबार तानसेन नगरपालिका वडा नंं ३ टक्सार टोलमा योमरी महोत्सव हुन लागेको हो ।
हात्तीबाट हुने क्षति कम गर्न साइरन जडान
हात्तीबाट हुने क्षति कम गर्न साइरन जडान कञ्चनपुरमा जङ्गली हात्तीबाट हुने क्षति कम गर्न प्रभावित क्षेत्रमा १३ ठाउँमा साइरन जडान गरिएका छन् । जङ्गली हात्ती बस्ती पस्नु पूर्व जानकारी गराई सर्वसाधारणलाई सचेत पार्नका लागि साइरन जडान गरिएका हुन् ।
जेष्ठ नागरिकलाई घरमै पुगी उपचार सेवा प्रदान
जेष्ठ नागरिकलाई घरमै पुगी उपचार सेवा प्रदान पाल्पाका दश वटै स्थानीय तहका ८१ वडाहरुमा यही पुसको चौथो हप्ता देखी माघको दोस्रो हप्ता सम्म ८० वर्ष भन्दा माथीका जेष्ठ नागरिक, अति अशक्त नागरिकहरुको लागी घर–घरमै पुगेर उपचार प्रदान गरिने भएको छ । 
Weather Update