Shittalpati
राष्ट्रिय टोपी दिवस : ढाकाको राजधानी पाल्पामै बेवास्ता 
राष्ट्रिय टोपी दिवस : ढाकाको राजधानी पाल्पामै बेवास्ता  मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने अभिप्रायका साथ  देशभर हर्सोउल्लासका साथ  राष्ट्रिय टोपी दिवस मनाइए पनि ढाकाको राजधानी पाल्पामै त्यसको बेवास्ता गरिएको छ ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि संशोधनकर्तासँग छलफल प्रारम्भ भएको छ । समितिको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयकलाई लोकतान्त्रिक बनाउन बृहत्तर छलफल आवश्यक रहेको बताए ।
पाँच विमानस्थलमा एक्स–रे मेसिन जडान गरिँदै
पाँच विमानस्थलमा एक्स–रे मेसिन जडान गरिँदै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका पाँचवटा आन्तरिक विमानस्थलमा झोला जाँच (ब्यागेज चेक) गर्ने एक्स–रे मेसिन जडान गर्ने भएको छ ।
निस्दीका आगलागी पीडित  परिवारलाई काँग्रेसको सहयोग
निस्दीका आगलागी पीडित परिवारलाई काँग्रेसको सहयोग नेपाली काँग्रेस पाल्पा क्षेत्र नं १ (क) ले आगलागी पिडित परिवारलाई सहयोग गरेको छ । यही पुस ७ गते कुडो पकाउन सल्काएको आगो सल्किन गई आगलागी हुँदा घरबार बिहिन भएका जिल्लाको निस्दी गाउँपालिका–३, क्याङ्रुङ्का श्याम बहादुर पल्लीको परिवारलाई काँग्रेसले खाद्यन्न र लत्ताकपडा सहयोग गरेको हो । 
राष्ट्रिय एकताको कुरा गर्ने काँग्रेस आफैं छिन्नभिन्न
राष्ट्रिय एकताको कुरा गर्ने काँग्रेस आफैं छिन्नभिन्न आज पुस १६ गते राष्ट्रिय एकता र मेलमिलाप दिवस । बिपी कोइरालाले आजभन्दा ४७ वर्षअगाडि यसै दिन सबै खाले राजनीतिक एवं व्यक्तिगत जोखिमको परवाह नराखी देशको अस्तित्व संकटमा परेको महशुस गरी राष्ट्रियता र देशको अस्तित्वका लागि ‘राष्ट्रिय एकता र मेलमिलाप’को प्रस्ताव राखेका थिए ।  
शिक्षामा ज्योती जगाउँदै बगनासकालीका पदम
शिक्षामा ज्योती जगाउँदै बगनासकालीका पदम हरेक मानिसले पैसा कमाउछ तर त्यो कमाएको पैसामा सामाजिक क्षेत्रमा खर्च गर्छ की आफ्नो परिवारमा मात्र खर्च गर्छ भन्ने कुरा समाजको लागि महत्वपूर्ण हुन्छ । मानिस जन्मिदा खाली हात र मृत्यु हुँदा पनि खाली हात नै हुन्छ । उसले जति धेरै धनसम्पत्ती कमाए पनि सँगै लिएर जान सक्दैन । जिवित...
आज राष्ट्रिय टोपी दिवस मनाइँदै
आज राष्ट्रिय टोपी दिवस मनाइँदै राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने अभिप्रायका साथ पाल्पासहित देशभर दिवसका रुपमा हर्सोउल्लासका साथ मनाउन लागिएको हो ।
रायमाझी कूलदेवता तानसेन नगर समितिद्वारा जेष्ठ नागरिक सम्मानित
रायमाझी कूलदेवता तानसेन नगर समितिद्वारा जेष्ठ नागरिक सम्मानित रायमाझी कूलदेवता तानसेन नगर समितिले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । समितिले आइतबार  तानसेनमा २० औं साधारण सभाको अवसरमा ५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
आज ‘पुसे पन्ध्र’ र ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
आज ‘पुसे पन्ध्र’ र ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक विदा आज ‘पुसे पन्ध्र’ र तमु ल्होसार पर्व धुमधामका साथ मनाइँदैछ । विशेष गरी मगर समुदायसँगै अन्य जातिले पन्ध्र पुस र गुरुङ्ग समुदायले तमु ल्होसार पर्व धुमधामका साथ मनाउन लागेका हुन् । विभिन्न समुदायका नागरिकहरुले परम्परा अनुसार नै ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाउने गर्दछन् ।
प्रेस युनियनका उपाध्यक्ष भण्डारीको संयोजकत्वमा ‘विधागत पत्रकारिता प्रवर्धन’ विभाग गठन
प्रेस युनियनका उपाध्यक्ष भण्डारीको संयोजकत्वमा ‘विधागत पत्रकारिता प्रवर्धन’ विभाग गठन पाल प्रेस युनियनले विधागत पत्रकारिताको विकासका लागि विधागत पत्रकारिता प्रवद्र्धन विभाग गठन गरेको छ । युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा विभिन्न विधामा क्रियाशील पत्रकारहरुलाई समेटेर युनियनले विभाग गठन गरेको हो । 
शिक्षण सिकाइको माध्यमलाई बहुभाषिक बनाउन जोड
शिक्षण सिकाइको माध्यमलाई बहुभाषिक बनाउन जोड शिक्षण सिकाइको माध्यमलाई बहुभाषिक बनाउनुपर्नेमा जोड दिइएको छ । बालबालिकाको सिकाइ उपलब्धिमा प्रभावकारी र राम्रो बनाउन शिक्षण सिकाइ माध्यमको भाषालाई बहुभाषिक बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् ।
सिजी सिमेन्ट उद्योगमा जबर्जस्ती कम्पनीले ताला फोरेपछि स्थानीय थप आक्रोसित 
सिजी सिमेन्ट उद्योगमा जबर्जस्ती कम्पनीले ताला फोरेपछि स्थानीय थप आक्रोसित  पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाएको ताला कम्पनीले जबर्जस्ती फोरेपछि स्थानीय थप  आक्रोसित बनेका छन् ।
Weather Update