बेथितिको अन्त्य गरौं
शुक्रबार, भदौ १७, २०७९

ऋषि पञ्चमी र यसको महत्व
बिहीबार, भदौ १६, २०७९
हरेक चाडपर्वले छुट्टा–छुट्टै विशेषता बोकेर आएका हुन्छन् । मानव जीवनमा सुख, खुसी, मनोरञ्जन, पारिवारिक तथा सामाजिक मिलन एवं सद्भाव कायम गर्नका लागि मानव पूर्खाले आविष्कार गरेका अमूल्य उपहार हुन् चाडपर्वहरु । यदि बेलाबखत यी चाडपर्वहरु नआए मान्छेको जीवनचर्या कति निरास, खल्लो र तनावग्रस्त हुँदो हो ।

निर्वाचनलाई कम खर्चिलो बनाऊ
बुधबार, भदौ १५, २०७९
स्थानीय तहको निर्वाचन सकेर देश संघ र प्रदेशको निर्वाचनको तयार होमिएको छ । निर्वाचनको विविध पक्षमा छलफल भइरहेको पनि छ । समाज परिवर्तनको सहज माध्यम र सत्ता हस्तान्तरणको विधि निर्वाचन नै हो । जसले समाजको महत्वपूर्ण सवालहरूलाई निकास दिन्छ । तर त्यही निर्वाचन अहिले निकै नै महँगो बन्दै गएको छ ...

भड्किलो नबनोस् तिज
सोमबार, भदौ १३, २०७९
नेपाली महिलाहरुको महान पर्व तिज नेपालीका घरआँगनमा आएको छ । तिजका गीतहरु घर–घरमा घन्काएर महिलाहरुले रमाईलो मनाईरहेका छन् । आज तिजको पहिलो दिन दर खाएर मनाइँदै छ । माइतीले आफ्ना चेलीहरूलाई बोलाएर विभिन्न मीठा–मीठा परिकार खुवाएर यस दिनलाई रमाइलोसँग मनाउने गर्छन् ।

नहराओस् तिज पर्वको मौलिकता
आइतबार, भदौ १२, २०७९
विगत दुई चार दिनदेखि नायिका एलिजा गौतमले तिजको दर खाने कार्यक्रममा नाचेको नाँच र त्यस पछि त्यस्तै किसिमका नाँचहरुले सामाजिक सञ्जालमा व्यापकता पाएको छ । यस्तै अर्को समूहले तिजकै दर खाने कार्यक्रममा दरसँगै मादक पदार्थ सेवन गरेको दृश्यले सामाजिक सञ्जालमा व्यापक स्थान पाएको देखिन्छ ।

युवा नेतृत्व आवश्यक
आइतबार, भदौ १२, २०७९
देश स्थानीय तहको निर्वाचन सकेर प्रदेश र संघको निर्वाचनमा केन्द्रीत बनेको छ । सरकारले ४ मंसिरमा निर्वाचनको मिति तय गरेसँगै दलहरू उम्मेदवार चयनको प्रक्रियामा व्यस्त छन् । निर्वाचनले सधैं एउटै व्यक्तिलाई नेतृत्वमा ल्याउने र उनीहरूको काम गराइ सधैं उस्तै हुने हुँदा जनता परिवर्तन खोजिरहेका छन् । त्यसैले त अहिले युवा...

पिताको सम्मान र आशीर्वाद
शनिबार, भदौ ११, २०७९
पितृ देवो भव, अर्थात् जन्म दिने बाबु देवता सरह हुन । पूर्वीय धर्म, दर्शनअनुसार मानिसले जन्मदै तीन ऋण लिएर जन्मेको हुन्छ । पितृ ऋण, देव ऋण र ऋषि ऋण । पितृ ऋण चुकाउने केही पर्वहरु छन् त्यसमध्ये पर्छ कुसे औंसी, भाद्र कृष्ण पक्ष । कुसे औंसीलाई पिताको सम्मान गर्ने दिनको...

प्रस्तावित श्रीनगर मास्टर प्लान र विभिन्न टिका टिप्पणी
शुक्रबार, भदौ १०, २०७९
तानसेन नगरपालिकाले श्रीनगर सौन्दर्यकरणका लागि प्रस्तावित मास्टर प्लान भर्खरै सार्वजनिक गरेको छ । हुन त पूर्ववर्ती स्थानीय सरकारले पनि मास्टर प्लान बनाएर काठमाडौंको एउटा संस्थालाई २० वर्षे लिजमा दिएको भन्ने कुरा पनि नआएका होइनन् । तर अहिले स्थानीय सरकारले श्रीनगरको व्यवस्थानपन आफै गर्ने कुराहरु मिडियाहरुमा आए । यो आफैमा राम्रो...

डेंगुबाट सुरक्षित रहौं
शुक्रबार, भदौ १०, २०७९
प्रायः तराई क्षेत्रमा देखिने डेंगु अहिले पहाडी क्षेत्रमा पनि देखिन थालेको छ । तराईसँग जोडिएको पहाडी जिल्ला भएर पनि होला पछिल्लो समय पाल्पामा डेंगुका संक्रमितहरु देखा परेका छन् । यहाँका अधिकांस स्थानीय तहमा डेंगुका बिरामी भेटिएका छन् । बढ्दो जलवायु परिवर्तन र फोहोर व्यवस्थापन राम्रो नहुँदा डेंगु संक्रमणको प्रकोप बढ्दै...

कानूनका जान्नै पर्ने सामान्य कुरा
बुधबार, भदौ ८, २०७९
जीवनमा जान्नै पर्ने कुरा मध्य एउटा हो ‘अनुशासन’ । ‘अनुशासन भनेको Per Perthings per per place अर्थात् सही चिज सही ठाउँ हो । अर्को शब्दमा ‘अनुशासन’ भनेको निति नियममा चल्नु पर्छ भन्ने कुरा सिकाउने शब्द पनि हो । त्यसैले हामी निर्धक्क भएर भन्ने गर्छौ–अनुशासनमा हिड्, तिम्रो कल्याण हुन्छ ।

बन्द सधैंका लागि बन्द गरौं
बुधबार, भदौ ८, २०७९
आफ्ना कार्यकर्ता माथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले मंगलबार नेपाल बन्द गर्यो । बन्दले देशभरका शैक्षिक संस्था, उद्योग कलकारखाना, यातायातका साधन पूर्ण रुपमा ठप्प नै रहे । विभिन्न बहानामा हुने गरेका बन्द, हड्तालबाट जनता वाक्कदिक्क...

गिरीले देखाको मार्ग पहिल्याऔं
मंगलबार, भदौ ७, २०७९
अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले यति बेला देश शोकमा छ । उनी नेपाली काँग्रेसका नेता भए पनि उनको व्यक्तित्व र विचारले सबैका प्रिय नेता बन्न पुगे । त्यसैले त उनको निधनमा सबै राजनीतिक दल र अन्तर्राष्ट्रिय जगतले उनको योगदान र सत् मार्गको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण...