Shittalpati
राष्ट्रियसभामा तीन आयोगका प्रतिवेदन प्रस्तुत
राष्ट्रियसभामा तीन आयोगका प्रतिवेदन प्रस्तुत राष्ट्रियसभामा आज तीन आयोगका प्रतिवेदन प्रस्तुत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का  तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्वाचन आयोग, नेपालको सोह्रौँ वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९/८० र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तीसौँ वार्षिक प्रतिवेदन २०७९/८० प्रस्तुत गरेका हुन् ।
काँग्रेसले सरकारका अपजसको भारी बोक्दैन : महर
काँग्रेसले सरकारका अपजसको भारी बोक्दैन : महर  नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारका अपजसको भारी काँग्रेसले नबोक्ने बताएका छन् । सोमबार नेपाली काँग्रेस तानसेन नगरपालिकाले पाल्पाको तानसेनमा आयोजना गरेको नगर सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य महरले वर्तमान सरकारका कुनै पनि अयोग्य र अपजसका कामको भारी नबोक्ने बताएका हुन् । 
प्रधानमन्त्री दाहालद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी
प्रधानमन्त्री दाहालद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।
पूर्वमन्त्री पाण्डेयले गरे शुभकामना आदान–प्रदान
पूर्वमन्त्री पाण्डेयले गरे शुभकामना आदान–प्रदान पूर्व उद्योग मन्त्री, नेकपा एकिकृत समावादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्ष सोमप्रसाद पाण्डेयले हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ पर्व र नेपाल सम्वत्का अवसरमा शुभकामना आदान–प्रदान गरेका छन् ।
मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने
मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिने भएका छन् ।
माथागढीमा काँग्रेसको गाउँ सम्मेलन : पार्टीलाई एकढिक्का बनाएर लैजानुुपर्नेमा जोड 
माथागढीमा काँग्रेसको गाउँ सम्मेलन : पार्टीलाई एकढिक्का बनाएर लैजानुुपर्नेमा जोड  पाल्पाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसले गाउँ सम्मेलन गरेको छ । काँग्रेस माथागढी गाउँपालिकाको आयोजनामा  शनिबार कसेनीको सराईमा सम्मेलन भएको हो । 
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 
काँग्रेस पाल्पाले गर्‍यो शुभकामना आदान–प्रदान
काँग्रेस पाल्पाले गर्‍यो शुभकामना आदान–प्रदान नेपाली काँग्रेसस पाल्पाले नेपाल संवत्, विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा  शुभकामना आदान–प्रदानसँगै चियापान कार्यक्रम गरेको छ । काँग्रेसले शुक्रबार तानसेनस्थित बाल मन्दिरमा एक कार्यक्रमका बिच शुभकामना आदान–प्रदानसँगै चियापान कार्यक्रम गरेको हो । 
निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने
निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनःविचार गर्नुपर्ने बताए ।
संगठनमा इमान्दारपूर्व भूमिका खेलौं : सभापति श्रेष्ठ
संगठनमा इमान्दारपूर्व भूमिका खेलौं : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले  संगठनमा इमान्दारीताका साथ भूमिका खेल्नुपर्ने बताएका छन् । बिहीबार नेपाली काँग्रेस रम्भा गाउँपालिकाको प्रथम गाउँ सम्मेलनलाई रम्भामा सम्बोधन गर्दै सभापति श्रेष्ठले संगठनमा आवद्ध साथीहरुले इमान्दारीपूर्व काम गर्नुपर्ने बताएका हुन् ।
पाँच प्रदेशमा नेकपा एसको अभियान सम्पन्न
पाँच प्रदेशमा नेकपा एसको अभियान सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पाँच प्रदेशमा समाजवाद जागरण अभियान सम्पन्न गरेको छ । पार्टीले काँकडभिट्टाबाट सुरु गरेको सो अभियान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न गरेको हो ।
काँग्रेस पाल्पाका सभापति श्रेष्ठको अपिल : ‘चाडपर्वलाई सुरक्षित र सहज बनाऊ’   
काँग्रेस पाल्पाका सभापति श्रेष्ठको अपिल : ‘चाडपर्वलाई सुरक्षित र सहज बनाऊ’    नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले नजिकिदै गरेका चाडपर्वहरुलाई सुरक्षित र सहज बनाउन सरकारसँग आग्रह गरेका छन् । बुधबार एक अपिल सार्वजनिक गर्दै सभापति श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।
Weather Update