Shittalpati
त्रिबक्या पाल्पामा पूर्व स्ववियु पदाधिकारीलाई सम्मान
त्रिबक्या पाल्पामा पूर्व स्ववियु पदाधिकारीलाई सम्मान स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले पूर्व स्ववियु पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । युनियनले एक औपचारिक कार्यक्रम गरी पूर्व स्ववियुलाई सम्मान गरेको हो ।
राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधन सम्बन्धी विधेयक पारित
राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधन सम्बन्धी विधेयक पारित राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री डा वेदुराम भुसालले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकोमा सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो । ती दुवै...
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’ नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने बताएका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे  ।
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’ नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने बताएका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे  ।
आजदेखि निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू हुने भएको छ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने भएको हो ।
खेलकुदले मित्रता बढाउँछ : अध्यक्ष ओली
खेलकुदले मित्रता बढाउँछ : अध्यक्ष ओली नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रलाई उपेक्षा नभई थप महत्व दिनुपर्ने बताएका छन् । उनले खेल क्षेत्रबाट राष्ट्रिय पहिचानलाई थप उज्यालो गरी देखाउन सकिने उल्लेख गर्दै खेलाडीलाई सरकारले थप प्रोत्साहन गर्नुपर्नेसमेत बताए ।
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा आज पार्टी कार्यालयमा बसेको बैठकले सबै पक्षलाई समेटेर दश दिनभित्र तदर्थ समितिलाई पूर्णता दिने सहमति भएको हो ।
दुई विधेयक पारित
दुई विधेयक पारित राष्ट्रियसभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभामा आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभा नियमावली मस्यौदा पारित
प्रतिनिधिसभा नियमावली मस्यौदा पारित प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
लुम्बिनी प्रदेशका पूर्व मन्त्री रानाले गरे सडकको स्थलगत निरीक्षण
लुम्बिनी प्रदेशका पूर्व मन्त्री रानाले गरे सडकको स्थलगत निरीक्षण लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले निर्माणधिन सडकको स्थलगत निरीक्षण गरेका छन् । उनले कालीगण्डकी करिडोर अन्तर्गतको छेर्लुङ्ग– रानीमहल, कर्नेटा निर्माणधिन सडकको स्थलगत निरीक्षण गरेका गरेका हुन् ।
प्रेस चौतारीको तानसेन नगर कमिटी गठन, अध्यक्षमा केसी
प्रेस चौतारीको तानसेन नगर कमिटी गठन, अध्यक्षमा केसी प्रेस चौतारी नेपाल पाल्पाले तानसेन नगर कमिटी गठन गरेको छ । तानसेनमा भएको चौतारीको भेलाले पत्रकार गुणवती केसीको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो ।
मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ
मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्‌ विस्तार गरेका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । दाहालले योसँगै तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरे ।
Weather Update