Shittalpati
आज विश्व दूरसञ्चार दिवस मनाइँदै
आज विश्व दूरसञ्चार दिवस मनाइँदै नेपालसहित विश्वभर आज विभिन्न चेतनामुलक कार्यक्रम गरेर विश्व दूरसञ्चार तथा सूचना दिवस मनाइँदै छ । दूरसञ्चारमा भएका उपलब्धि र आवश्यक्तालाई परिपूर्ति गर्ने बारेमा जानकारीमुलक कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको हो । हरेक वर्षको मे १७ मा यो दिवस मनाउने गरिन्छ ।
आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै आज  वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । 
आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा गरेर मनाइँदै
आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा गरेर मनाइँदै आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ ।
कारखानामा विस्फोट हुँदा दुईको मृत्यु
कारखानामा विस्फोट हुँदा दुईको मृत्यु उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको छ ।
कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् ।
बङ्गलादेशका पाँच नागरिक काठमाडौँमा पक्राउ
बङ्गलादेशका पाँच नागरिक काठमाडौँमा पक्राउ प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पूर्व जनचेतनाकर्मी चापागाईं पुनः बने एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर 
पूर्व जनचेतनाकर्मी चापागाईं पुनः बने एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर  पूर्व नव जनचेतना राष्ट्रिय दैनिककर्मी सतीश चापागाई फेरी  एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर बनेका छन् । एनआरएनए अमेरिकाले उनलाई पुनः मिडिया कोअर्डिनेटरको जिम्मेवारी दिएको हो । 
विपिनको खोजी तथा रिहाइको प्रयास गरिदिन आग्रह
विपिनको खोजी तथा रिहाइको प्रयास गरिदिन आग्रह नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान गोडेरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो 
अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो  अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म
कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरण अन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् ।
कोरियन भाषा परीक्षा आजदेखि सुरु
कोरियन भाषा परीक्षा आजदेखि सुरु ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ ।
कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि
कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ ।
Weather Update