तानसेनमा कोरोना भाइरस सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण
बुधबार, असार ३, २०७७
रेडक्रस पाल्पाद्वारा क्वारेन्टाइनमा रहेकालाई मनोसामाजिक उपचार दिदै
बुधबार, असार ३, २०७७
विश्व्यापी रुपमा बढ्दै गइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासले आम मानिसमा मनोसामाजिक समस्या बढ्दै गइरहेको बेला जिल्लामा सञ्चालित सामाजिक संस्था नेपाल रेडक्रस शोसाइटीले भने मनोसामाजिक प्राथमिक उपचार दिदैआएको छ ।
‘सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआत’
बुधबार, असार ३, २०७७
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले सबै प्रकारका विभेदको अन्त्य गर्दै एकीकृत सामाजिक रुपान्तरण गर्न प्रभावकारी ढङ्गबाट काम गर्ने बताए । उनले ज्येष्ठ नागरिकको...
पहिरोले स्कुल बगायो
बुधबार, असार ३, २०७७
ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ । मङ्गलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको हो । पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको छ भने बालीनालीमा समेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।
२६ कोरोना सङ्क्रमित घर फिर्ता
मंगलबार, असार २, २०७७
भैरहवाको भीम अस्पतालबाट २६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । गत जेठ १९ र २० गते अस्पतालको आइसोलेशन सेण्टरमा भर्ना भएका कपिलवस्तुका १४, रुपन्देहीका दश र नवलपरसीका दुई सङ्क्रमित निको भई आज घर फर्किएको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले जानकारी दिए ।
पिसिआर परीक्षणको दायरा बढाउन पाल्पा काँग्रेसको माग
मंगलबार, असार २, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पाल्पाले पिसिआर मेसिन सहितको ल्याव स्थापना गरी परीक्षणको दायरा बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाको नेतृत्वमा जिल्ला प्रशासन पुगेका कांग्रेस नेताहरुले प्रमुख जिल्ला...
अदुअआका उजूरी स्थानीय तहका बढी
मंगलबार, असार २, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा परेका उजूरीमध्ये गुल्मीबाट सबैभन्दा बढी स्थानीय तहका विषयमा परेका छन् । आर्थिक वर्ष २०६६/०६७ मा गुल्मीबाट परेका ९७ मध्ये ३९ स्थानीय तहका उजूरी दर्ता भएको आयोगको कार्यालय बुटवलका प्रमुख भीष्कुमार भुसालले जानकारी दिए । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण तीन, सञ्चार तथा सूचना...
५० हजार थान पीसीआर प्रदान
मंगलबार, असार २, २०७७
दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज रु ६ करोड २५ लाख बराबरको ती परीक्षण उपकरण आज सरकारलाई हस्तान्तरण गरेको छ ।
मनसुन सक्रिय : तीन दिन वर्षाको सम्भावना
मंगलबार, असार २, २०७७
मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन १२ (जेठ ३०) गते देशको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायु सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मान्नधरले बताए ।
दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि
मंगलबार, असार २, २०७७
बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ । यसअघि दुधको मूल्य रु ८० प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर रु १०० पर्ने भएको छ ।
गुल्मीका सुरक्षाकर्मीलाई पिपिइ
सोमबार, असार १, २०७७
जिल्लामा कार्यरत सुरक्षाकर्मीहरुलाई पिपिइ हस्तान्तरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को जोखिम न्यूनीकरणका लागि फ्रन्टलाइनमा रहि काम गरिरहेका सुरक्षाकर्मीहरुलाई पिपिइ हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समिति अन्तर्गत गठित विपद् व्यवस्थापन समितिको सहयोगमा नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी भरतकुमार...
माथागढी गाउँपालिकाको सातौं गाउँसभा, स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा
सोमबार, असार १, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिएर तयार गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम गाउँसभाबाट पारित भएको छ । गाउँपालिकाको सातौँ गाउँसभाको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए...
बालबालिकाको सिकाई र अभ्यास रोक्न नमिल्ने सरोकारवालाहरुको भनाई
सोमबार, असार १, २०७७
शिक्षा क्षेत्रमा क्रियाशील सरोकारवालाहरुले बन्दाबन्दीको बहानामा बालबालिकाको सिकाई र अभ्यास रोक्न नमिल्ने बताएका छन् । शिक्षाको लागि राष्ट्रिय अभियान, जिल्ला समन्वय समिति पाल्पाले शैक्षिक क्षेत्रका सरोकारवालाहरुसंग गरेको अनलाइन (भ्रच्यूवल) शैक्षिक बहसमा उनीहरुले यस्तो बताएका हुन् ।


