मनाइयो गुरु पूर्णिमा
शनिबार, साउन ९, २०७८
काँग्रेसको तल्ला तहका सबै अधिवेशन स्थगित
शनिबार, साउन ९, २०७८
नेपाली काँग्रेसको साउन १२ गते हुने भनिएको तल्ता तहका सबै अधिवेशन स्थगित भएका छन् ।
परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
शनिबार, साउन ९, २०७८
निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।
खोप नपाए शैक्षिक क्रियाकलाप सञ्चालन नगर्ने रिब्दीकोटका शिक्षकहरुको चेतावनी
शनिबार, साउन ९, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिकाका शिक्षकहरुले कोरोना विरुद्धको खोप नपाए शैक्षिक क्रियाकलापहरु सञ्चालन नगर्ने बताएका छन् । उनीहरुले जोखिम मोलेर शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्नु परेको भन्दै तत्काल खोप व्यवस्था नगरे सम्पूर्ण शैक्षिक गतिविधिहरु रोक्ने चेतावनी दिएका हुन् ।
गुल्मी जिल्ला अदालतको लक्ष्यभन्दा बढी प्रगति
शुक्रबार, साउन ८, २०७८
गुल्मी जिल्ला अदालतले मुद्दा तथा अन्य विषयको वार्षिक कार्य योजनाले निर्धारण गरेको लक्ष्य एवम् प्रगतीको सम्बन्धमा पत्रकारसँग अन्तक्र्रिया समिक्षा कार्यक्रम गर्दै सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को लक्ष्य एवम् प्रगती सार्वजनिक गरिएको गुल्मी जिल्ला अदालतका श्रेष्तेदार उपसचिव भिम प्रसाद भुसालले जानकारी दिए ।
पाल्पा कोरोना अपडेट : शुक्रबार ६८ जना नयाँ संक्रमित थपिए
शुक्रबार, साउन ८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६८ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पाको रिब्दीकोटमा पुरुष मृत भेटिए
शुक्रबार, साउन ८, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिका– ६ ठिमुरेका एक पुरुष मृत भेटिएका छन् । ३५ वर्षीय चिरञ्जीवि राना रक्सी पार्ने गैराको खोल्सामा शुक्रबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।
पाल्पामा बेमौसमी आलु खेतीको सुरुवात
शुक्रबार, साउन ८, २०७८
पाल्पामा बेमौसमी आलुखेती सशुरुआत गरिएको छ । कृषि ज्ञान केन्द्रको आलु मिसन कार्यक्रमअन्तर्गत जिल्लाका उपयुक्त स्थानमा आलु लगाउन थालिएको हो ।
सचिव बस्यालको बिदाई
बिहीबार, साउन ७, २०७८
निजामती सेवामा ३७ वर्ष अनवरत सेवा गरी सेवानिवृत्त भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई आज सो मन्त्रालयमा आयोजित समारोहमा बिदाई गरिएको छ ।
पाल्पामा प्राध्यापक,कर्मचारीले दिए खोप नपाए परीक्षा रोक्ने चेतावनी
बिहीबार, साउन ७, २०७८
त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिभुवन बुहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक, कर्मचारीहरुले कोरोना भाईरस विरुद्धको खोप लगाउन नपाए स्नातक तह प्रथम बर्षको बार्षिक परीक्षा रोक्ने चेतावनी दिएका छन् ।
पाल्पा कोरोना अपडेट : विहीबार ३५ जना कोरोनामुक्त
बिहीबार, साउन ७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३५ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३५ जना कोरोनामुक्त भएका हुन् ।
पाल्पामा गल्याङ्को लाइन जोडियो
बिहीबार, साउन ७, २०७८
पाल्पामा गल्याङ्को लाइन जोडिएको छ । लामो समयदेखि विद्युतको समस्या झेल्दै आएका जिल्लावासीहरुका लागि बैकल्पिक लाइनको रुपमा गल्याङ्को लाइन जोडिएको हो ।
गुल्मीमा नेपाल रेडक्रसद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण
बिहीबार, साउन ७, २०७८
नेपाल रेडक्रस सोसाइटीले जिल्लाका विभिन्न कार्यालयहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ ।
रेडक्रस केन्द्रीय कार्यालयले रेडक्रस जिल्ला शाखामार्फत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको हो ।


