Shittalpati
गुल्मी कारागारका कैदीलाई खेलकूद र स्वास्थ्य सामग्री
गुल्मी कारागारका कैदीलाई खेलकूद र स्वास्थ्य सामग्री गुल्मेली समाज जापानका सदस्य इस्मा गाउँपालिका –६ अमरपुर निवासी हाल रोजगारीको सिलसिलामा जापानमा कार्यरत रामचन्द्र कुँवरले स्वर्गीय माता पशुपति कुँवरको सम्झनामा जिल्ला कारागारका कैदीहरुलाई खेलकुद र स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । उनले एक औपचारिक कार्यक्रमका बिच खेलकुद र स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतले सरकारले बजेटमार्फत ल्याएको ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले शुक्रबार सरकारको उक्त योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
पाल्पा कोरोना अपडेट : शुक्रबार १ सय १७ जना संक्रमितले कोरोना जिते
पाल्पा कोरोना अपडेट : शुक्रबार १ सय १७ जना संक्रमितले कोरोना जिते जिल्लामा पछिल्ला २४ घण्टामा १ सय १७ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय १७ जना संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पामा विहीबार  ५३ जना संक्रमितले कोरोना जिते
पाल्पामा विहीबार ५३ जना संक्रमितले कोरोना जिते जिल्लामा पछिल्ला २४ घण्टामा ५३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जना संक्रमितले कोरोना जितेका हुन् ।
माओवादी केन्द्र पाल्पाले दियो अस्पताल र निलसागरलाई स्वास्थ्य सामग्री
माओवादी केन्द्र पाल्पाले दियो अस्पताल र निलसागरलाई स्वास्थ्य सामग्री नेकपा माओवादी केन्द्र पाल्पाले पाल्पा अस्पताल र निलसागर सेवा आश्रम तानसेनलाई स्वास्थ्य सुरक्षा सामग्री दिएको छ । जिल्लामा कोरोना संक्रमणको अवस्था कायमै रहेकाले पाल्पा अस्पतालमा संक्रमित विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी र निलसागर आश्रममा रहेका वृद्धवृद्धाहरुको सुरक्षाका लागि माओवादी केन्द्र पाल्पाले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
कोरोनाको त्रास कायमै
कोरोनाको त्रास कायमै
अविरल वर्ष : उच्च सतर्कता अपनाउन पाल्पा प्रशासनको आग्रह
अविरल वर्ष : उच्च सतर्कता अपनाउन पाल्पा प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय पाल्पाले अविरल वर्षा भइरहेकाले उच्च सतर्क रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेपछि कार्यालयले जिल्लावासीमा सतर्क रहन आग्रह गरेको हो ।
बाढीको वितण्डा:  ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रानीमहल र रुरु डुबानमा
बाढीको वितण्डा: ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रानीमहल र रुरु डुबानमा लगातारको वर्षाका कारण पाल्पाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका छन् । कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुँदा आसपास क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका हुन् ।
पाल्पामा फोन स्कुल सञ्चालन
पाल्पामा फोन स्कुल सञ्चालन पाल्पाका विद्यालयहरुमा फोनबाटै बालबालिकालाई पढाउने कार्यक्रम शुरु भएको छ । रुम टु रिडको सहयोग र बेस नेपालको व्यवस्थापन तथा स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत फोन स्कुल सञ्चालन भएको हो ।
विद्यार्थी भर्ना अभियान शुरु
विद्यार्थी भर्ना अभियान शुरु सरकारले सबै विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्मको अध्ययन गर्ने देशभरका विद्यार्थीको पठनपाठन शुरु गर्न भर्ना अभियान सञ्चालन गरेको छ । सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र मंगलबारदेखि शुरु गरेसँगै भर्ना अभियान सुरु भएको हो ।
पाल्पा कोरोना अपडेट:  मंगलबार ३५ जना संक्रमितले कोरोना जिते, ३७ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट: मंगलबार ३५ जना संक्रमितले कोरोना जिते, ३७ जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा ३५ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३५ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १३ जना महिला र २२ जना पुरुषले कोरोना जितेका छन्...
Weather Update