चोरिएका मोटरसाईकल सम्बन्धित धनीलाई दिइयो
बिहीबार, पुस २२, २०७८
बगनासकाली गाउँ सरकारद्वारा सार्वजनिक सुनुवाई
बुधबार, पुस २१, २०७८
बगनासकाली गाउँपालिकाले डेढ बर्षको अवधिमा भएका काम गतविधिलाई केन्द्रित गरेर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
गुल्मी काँग्रेसको अठोट: सवल वडा, सक्षम टोल
बुधबार, पुस २१, २०७८
गुल्मी काँग्रेसले ‘सवल वडा सक्षम टोल’ भन्ने अठोटका साथ अभियान अगाडि बढाउने भएको छ । काँग्रेसले पहिलो बैठकबाटै उक्त नारालाई उत्साहका साथ अनुमोदन गर्दै विभिन्न नयाँ र दूरगामी महत्वका विषय माथि व्यापक छलफल र निर्णय गरेको छ ।
पुनः वर्षा र हिमपातको सम्भावना
बुधबार, पुस २१, २०७८
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।
पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
बुधबार, पुस २१, २०७८
जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो ।
‘एमाले सरकारको बाधक प्रचण्ड र माधव’
बुधबार, पुस २१, २०७८
नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले नेकपा एमाले सरकारको बाधक प्रचण्ड र माधव नेपाल रहेको बताएका छन् । नेकपा एमाले छत्रकोट गुल्मीले खज्र्याङ्गमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले एमाले नेतृत्वको सरकारलाई पुरा समय टिक्न नदिन प्रचण्ड र माधव बाधक बनेको बताएका हुन् ।
ट्रयाक्टर पल्टिंदा दुईको मृत्यु
मंगलबार, पुस २०, २०७८
कपिलवस्तुमा ट्रयाक्टर पल्टिंदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु ४ त २४०२ नंको ट्रयाक्टर मंगलबार बिहान दुर्घटना भएको थियो ।
लुम्बिनीमा राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता
मंगलबार, पुस २०, २०७८
राष्ट्रियसभाको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन र एमालेले उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराएका छन् ।
पाल्पाको रम्भा बन्यो बालमैत्री गाउँपालिका
मंगलबार, पुस २०, २०७८
पाल्पाको रम्भा गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकालाई सोमबार एक औपचारिक कार्यक्रमका बीच बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गरिएको हो ।
‘स्थानीय तहमा उम्मेदवार बन्नेहरू सदस्यता छोड्नुहोस्’
मंगलबार, पुस २०, २०७८
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेहरुले पत्रकारको सदस्यता छोड्नुपर्ने बताएका छन् ।
माथागढीमा पोषण कार्यक्रम समीक्षा तथा गोष्ठी
सोमबार, पुस १९, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले पालिकस्तरीय पोषण कार्यक्रम समीक्षा तथा कार्य योजना गोष्ठी गरेको छ । गाउँपालिकाले दुई दिने समीक्षा तथा गोष्ठीको आयोजना गरेको हो । समीक्षामा कार्यक्रमको प्रगति, उपलब्धी र आगामी योजनाका विषयमा छलफल भएको थियो ।
आर्थिक अभावले उपचारमा समस्या परेका दर्जीलाई सहयोग
सोमबार, पुस १९, २०७८
आर्थिक अभावले स्वास्थ्य उपचारमा समस्या परेका मुसिकोट नगरपालिका १ बाङ्गेका शंकर दर्जीलाई आर्थिक सहयोग जुटेको छ । विभिन्न अभियान मार्फत उनलाई सहयोग जुटेको हो । जुटेको सहयोग रकम एक कार्यक्रमका बीच समाजसेवी तारादेवी गौतम र बयोवृद्ध रमा केसीले संयुक्त रुपमा दर्जी परिवारलाई हस्तान्तरण गरेका छन् ।


