‘उज्यालो पाल्पा बनाउने मेरो लक्ष्य’
बिहीबार, मंसिर १, २०७९
स्वच्छ प्रतिष्पर्धाको पक्षमा गठबन्धन : श्रेष्ठ
बिहीबार, मंसिर १, २०७९
नेपाली काँग्रेस पाल्पाका सभापति तथा सत्ता गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठले स्वच्छ प्रतिष्पर्धाको पक्षमा सत्ता गठबन्धन रहेको बताएका छन् । विहीबार तानसेनमा भएको पत्रकार सम्मेलनमा उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले असान्न मंसिर ४ को निर्वाचनलाई स्वच्छ प्रतिष्पर्धाको रुपमा गठबन्धनले लिएको बताएका छन् ।
आज रातिदेखि चुनाव प्रसारमा निषेध, के गर्न पाइन्छ, के पाइन्न ?
बिहीबार, मंसिर १, २०७९
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको निर्वाचनका लागि आज मध्यरातदेखि प्रचार गर्न नपाइने भएको छ । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था अनुरुप राती १२ बजेदेखि चुनाव प्रसार गर्न नपाइने...
किसानले मागे उम्मेदवारसँग उद्यमी बन्ने योजना
बिहीबार, मंसिर १, २०७९
चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवारसमक्ष पोखिरहेका छन् । आ–आफ्नो क्षेत्रमा भोगेका समस्यालाई समाधान गर्ने खालका योजना ल्याउन उम्मेदवारलाई माग गरिरहेको पाइन्छ । किसान मतदाता पनि कृषिलाई आधुनिकीकरण गरी व्यावसायीकरण गर्ने खालका कार्यक्रम ल्याउन माग गरिरहेका छन् ।
पाल्पाका धार्मिक र पर्यटकीय क्षेत्रको विकास गर्छौं : गठबन्धन उम्मेदवार
बुधबार, कात्तिक ३०, २०७९
सत्ता गठबन्धनका उम्मेदवारहरुले पाल्पाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकास गर्ने बताएका छन् । उनीहरुले जिल्लाका थुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरु रहेकाले तिनीहरुको पहिचान गरी विकास गर्ने बताएका हुन् ।
पाल्पामा चुनावको झल्को दिने नमुना मतदान
बुधबार, कात्तिक ३०, २०७९
आसन्न प्रदेशसभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै पाल्पामा नमुना मतदानको अभ्यास गराइएको छ । आम सर्वसाधारणका निम्ति जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा अन्तर्गतको नमुना मतदान अभ्यास गराएको हो । जसले मंसिर ४ मा हुने निर्वाचनको झल्को दिएको छ । बदर मत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि...
जनताको आवश्यकताले उम्मेदवार भएको हुँ : गैरे
बुधबार, कात्तिक ३०, २०७९
नेकपा एमाले पाल्पा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले जनताको आवश्यकताले आफु प्रतिनिधि सभाको सदस्यमा उम्मेदवार बनेको बताएका छन् । उनले घरलैलो तथा चुुनावी सभालाई सम्बोधन गर्दै उस्तो बताएका हुन् ।
जनताको हितमा काम गछौं : आचार्य
बुधबार, कात्तिक ३०, २०७९
नेकपा एमाले पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद आचार्यले आफू निर्वाचित भएपछि जनताको हितमा काम गर्ने बताएका छन् । पूर्वखोला गाउँपालिका–४ देवीनगरका विभिन्न ठाउँमा घरदैलो कार्यमक्रममा उम्मेदवार आचार्यले जनताको आवश्यकता र मागअनुसार काम गर्ने बताएका हुन् । आफू निर्वाचित भएलगत्तै पहिलो काम हुमिन–देवीनगर–जल्पा–बहादुरपुर सडकखण्ड कालोपत्रे गर्ने...
भुतपूर्व सैनिकले प्रतिगामी कि लोकतान्त्रिक कित्ता रोज्ने भन्ने बेला आएको छ : सभापति श्रेष्ठ
बुधबार, कात्तिक ३०, २०७९
नेपाली काँग्रेस पाल्पाका सभापति तथा गठबंधनका संयोजक हिमालदत्त श्रेष्ठले भुतपुर्व सैनिकहरुले प्रतिगामी कि लोकतान्त्रिक कित्ता रोज्ने भन्ने बेला आएको बताएका छन । उनले दुई पटकसम्म संसद् विघटन गर्नेले फेरि टाउको उठाउन खोजेको भन्दै अब भुतपूर्वक सैनिकहरुले प्रतिगामी कि लोकतान्त्रिक कित्ता रोज्ने भन्ने बेला आएको बताएका हुन् ।
तानसेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सचेतना र्याली
बुधबार, कात्तिक ३०, २०७९
जिल्लाको सदरमुकाम तानसेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सचेतना र्याली निकालिएको छ । मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रले विभिन्न संघ संस्थाहरुको सहकार्यमा आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउने उद्देश्यले सचेतना र्याली निकालेको हो ।
कालीगण्डकी करिडोरलाई जनताको आर्थिक उपार्जनसँग जोड्छौं : गठबन्धन उम्मेदवार
मंगलबार, कात्तिक २९, २०७९
पाल्पा क्षेत्र नं. २ का सत्ता गठबन्धनका उम्मेदवारहरुले कालीगण्डकी करिडोरलाई जनताको आर्थिक उपार्जनसँग जोड्ने बताएका छन् । मंगलबार उनीहरुले बगनासकाली गाउँपालिका वडा नं. ७ को चापखोला, मैदानवारी, झाँक्रीस्थान, टाँकीचौर, दैलातुङ्ग, यम्घाको सिखरडाँडा, मन्द्रान लगायतका क्षेत्रमा घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
गुल्मीमा महिला मृत फेला
मंगलबार, कात्तिक २९, २०७९
गुल्मीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको ईस्मा गाउँपालिका–५ स्थित दरिनढुंगाकी ७४ वर्षीया जीवकला थापा आफ्नै घरभित्र मृत फेला परेकी हुन् ।
पाल्पाको रिब्दीकोटमा दुई दर्जन एमालेका कार्यकर्ता काँग्रेसमा
मंगलबार, कात्तिक २९, २०७९
पछिल्लो समय पाल्पामा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै नेकपा एमालेबाट असन्तुष्ट हुँदै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।
मंगलबार रिब्दीकोट गाउँपालिकामा युवा संघका पूर्व जिल्ला सदस्य खेमजंग रानासहितका...


