Shittalpati
पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः पोखरेल
पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः पोखरेल मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा क्रियाशिल रहेको पाल्पा विकास केन्द्रको अध्यक्षमा पत्रकार कृष्ण पोखरेल पुनः निर्विरोध निर्वाचित भएका छन् ।
स्थानीय निर्वाचनको मतलाई सिट बाँडफाँटको मुख्य आधार बनाइनुपर्छ : पाल्पा काँग्रेस
स्थानीय निर्वाचनको मतलाई सिट बाँडफाँटको मुख्य आधार बनाइनुपर्छ : पाल्पा काँग्रेस प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा भएसँगै सत्तारुढ दलमा सिट बाँडफाँडको बहस चरिहेको छ । केन्द्रमा सिट बाँडफाँडको बहस भइरहेका बेला नेपाली काँग्रेस पाल्पाले भने स्थानीय निर्वाचनको मतलाई आधार मानेर सिट बाँडफँड गर्नु पर्ने बताएको छ ।
विष सेवनबाट ७६ वर्षीय वृद्धको ज्यान गयो
विष सेवनबाट ७६ वर्षीय वृद्धको ज्यान गयो जिल्लाको माथागढी गाउँपालिका –२ रुप्सेमा विष सेवनबाट एक वृद्धको ज्यान गएको छ । रुप्सेका ७६ वर्षीय बलबहादुर सोमैको विष सेवनबाट ज्यान गएको हो ।
शिक्षामा स्थानीय सरकारको चासो, विपन्न विद्यार्थीलाई उच्च शिक्षा पढ्न छात्रावृत्ति
शिक्षामा स्थानीय सरकारको चासो, विपन्न विद्यार्थीलाई उच्च शिक्षा पढ्न छात्रावृत्ति अहिले शिक्षा स्थानीय तहको मूल चासोको विषय बन्दै आएको छ । हिजोको शिक्षा नीतिप्रति विरोध गर्नेहरू नै आज राजनीतिको नेतृत्वमा छन् । तिनैमध्येका कतिपयले स्थानीय सरकारको नेतृत्व समेत समालेका छन् । स्थानीय सरकारलाई शिक्षाको जिम्मा दिइएको छ । शिक्षा सम्बन्धी नीतिनिर्माण र कार्यान्वयनमा पहुँच बढोस् भनेरै स्थानीय तहलाई शिक्षाको जिम्मेवारी...
मतदाता नामावली अद्यावधिक गरिदैं
मतदाता नामावली अद्यावधिक गरिदैं मतदाता नामवली अद्यावधिक गर्न लागिएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी–विरोधका लागि प्रक्रिया अगडि बढाएको छ । उसले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक...
एमाले पाल्पाले चुनावी प्रशिक्षण गर्दै
एमाले पाल्पाले चुनावी प्रशिक्षण गर्दै सरकारले आउदो मंसिर ४ गते केन्द्र र प्रदेशको निर्वाचन मिती घोषणा संगै जिल्लामा राजनीतिक दलहरु पुनःसक्रिय बनेका छन् । आउँदो निर्वाचनलाई केन्द्रीत गरी नेकपा एमाले पाल्पाले यही साउन २८ गते शनिबार जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
बुधबार तीन कोरोना संक्रमितको ज्यान गयो
बुधबार तीन कोरोना संक्रमितको ज्यान गयो नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जना कोरोना संक्रमितको ज्यान गएको छ । देशका विभिन्न अस्पताल तथा होमआइशोलेसनमा उपचार गराइरहेका तीन जना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
रामपुरमा आयुर्वेद सेवा विस्तार गरिंदै, स्थानीय उत्साहित
रामपुरमा आयुर्वेद सेवा विस्तार गरिंदै, स्थानीय उत्साहित आयुर्वेद पद्धतिको उपचार सेवा विस्तार गर्न पूर्वाधार विकासमा जोड दिइएको छ । नागरिकको आवश्यकता र सेवाको क्षेत्र फराकिलो बनाउँदै रामपुरमा १५ शैययाको आयुर्वेद अस्पताल भवन निर्माण कार्य धमाधम चलिरहेको छ । रामपुर नगरपालिका–५ स्थित आयुर्वेद औषधालयको भवन स्तरोन्नति गरी सोही ठाउँमा १५ शैययाको अस्पताल निर्माण कार्य भइरहँदा कालीगण्डकीबेँसीका स्थानीय उत्साहित...
तलब वृद्धिमा विभेदविरुद्ध नासुहरु आन्दोलित
तलब वृद्धिमा विभेदविरुद्ध नासुहरु आन्दोलित तलव वृद्धिमा विभेद गरिएको भन्दै पाल्पा, गुल्मी सहित देशभरका असन्तुष्ट नायव सुब्बाहरु आन्दोलनमा उत्रिएका छन् । प्रक्रिया मिचेर पर्याप्त अध्ययनबिनै कर्मचारीको तलब बढाउने सरकारी तयारीसँगै त्यसको विरोधमा नासुहरु आन्दोलित भएका हुन् । हालै सार्वजनिक भएको नयाँ चालु आर्थिक वर्षदेखि लागु हुने गरी नयाँ तलवमानको विषयलाई सच्याउन दवाब दिने उद्देश्यले पाल्पा...
२८ औं विश्व आदिवासी दिवस : ‘हामी संघर्षमै छौं, अधिकार सुनश्चित भएको छैन’
२८ औं विश्व आदिवासी दिवस : ‘हामी संघर्षमै छौं, अधिकार सुनश्चित भएको छैन’ नेपालको सन्दर्भमा आदिवासी समुदायको संघर्ष, आन्दोलन, विद्रोहको इतिहास लामो छ । कतिपय संघर्ष र आन्दोलनहरू एकल समुदायस्तरका थिए, तर पछिल्लो कालखण्डमा यस किसिमका आन्दोलनहरू सामूहिक, संयुक्त र राष्ट्रिय तहका रहे । विशेषतः आदिवासी जनजातिहरूको केन्द्रीय छाता संगठन नेपाल आदिवासी जनजाति महासंघको गठनपश्चात् भएका यावत् संघर्ष र आन्दोलनहरू संगठित र सामूहिक...
सुरक्षाका सामग्रीविनै ढुङ्गाखानीमा
सुरक्षाका सामग्रीविनै ढुङ्गाखानीमा जोखिमयुक्त र जोखिममा नरहेका स्थानमा काम गर्दासमेत कामदारले सुरक्षाका सामग्री लगाउनुपर्ने नियम सरकारले बनाएको छ । सरकारले ढुङ्गाखानीलाई जोखिमयुक्त क्षेत्रका रुपमा घोषणा पनि गरेको छ । तर गुल्मीको रेसुङ्गा नगरपालिका–१२ मा सञ्चालन गरिएको ढङ्गाखानीका श्रमिकले भने सुरक्षाका सामग्रीविनै काम गरिरहेका छन् ।
बालमैत्री सिकाईका लागि अभिभावकसँग अन्तक्र्रिया
बालमैत्री सिकाईका लागि अभिभावकसँग अन्तक्र्रिया तानसेनमा रहेको बालमन्दिर प्राथमिक विद्यालयले बालमैत्री सिकाईका लागि अभिभावकहरुसँग अन्तक्र्रिया गरेको छ । विद्यालयले बालमैत्री सिकाई थप प्रभावकारी र गुणस्तरी बनाउन अभिभावकसँग अन्तक्र्रिया गरेको हो । कार्यक्रममा अभिभावकहरुले बालबालिकाहरुको रुची, चाहाना र आवश्यकतालाई ध्यानमा राखेर पठन पाठन गराउनुपर्नेमा जोड दिए ।
Weather Update