बुटवल–पाल्पा बसन्तपुर केबुलकारको प्रधानमन्त्रीले गरे उद्घाटन
शुक्रबार, जेठ २६, २०८०
विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द
शुक्रबार, जेठ २६, २०८०
स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको...
बुटवलका मासु पसलमा अनुगमन
बिहीबार, जेठ २५, २०८०
भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएभारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशङ्कामा बुटवल उपमहानगरपालिकाले मासु पसल र ‘सप्लायर्स’मा अनुगमन थालेको छ । उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थ भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलमा अनुगमन थालेको हो । को आशङ्कामा...
पाँच दिन तातो हावा यथावत्
बिहीबार, जेठ २५, २०८०
देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रधानमन्त्री दाहालद्वारा लुम्बिनी केबलकार उद्घाटन
बिहीबार, जेठ २५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । उनले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गरेका हुन् ।
पाल्पामा सवारी दुर्घटना न्यूूनिकरणमा चासो
बिहीबार, जेठ २५, २०८०
पछिल्लो समय पाल्पामा सवारी दुर्घटना बढ्न थालेपछि न्यूनिकरणमा चासो देखाइएको छ । चालकको लापरवाही र पुराना सवारी साधनका कारण अधिकांस दुर्घटना भएको भन्दै त्यसलाई न्यूनिकरण गर्न सम्बन्धित निकायले चासो देखाएका हुन् ।
रामपुरका किसानलाई अनुदानमा धानको बीउ
बिहीबार, जेठ २५, २०८०
पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो । नगरपालिकाभित्र बसोबास गर्ने किसानको मागको आधारमा बीउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए ।
माथागढीका दुुई स्थानमा स्वास्थ्य ईकाइ स्थापना
बिहीबार, जेठ २५, २०८०
जिल्लाको माथागढी गाउँपालिकाका दुई स्थानमा स्वास्थ्य इकाई स्थापना भएका छन् । पालिकाले आव २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाको पाँच स्थानमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गर्ने कार्यक्रम अनुसार यहाँका दुई स्थानमा अहिले स्वास्थ्य इकाई स्थापना भएका हुन् ।
बजेटमा नागरिकका माग समेट्न भन्दै तानसेन नगर सरकारलाई एमालेको ध्यानाकर्षण
बुधबार, जेठ २४, २०८०
नेकपा एमाले तानसेन नगर कमिटीले आगामी वर्षको बजेटमा नागरिकका विभिन्न मागहरु सम्बोधन गर्न भन्दै तानसेन नगर सरकारलाई ध्यानाकर्षण गराएको छ । एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराश आत्रेयले विभिन्न विषयबस्तुका १८ बुदाँमा नगर प्रमुख सन्तोषलाल श्रेष्ठ र उप प्रमुख प्रतिक्षा गाहा सिंजालीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
दादुरा रोगविरुद्धको खोप अभियान
बुधबार, जेठ २४, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठ भोलिदेखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको बताए ।
लुम्बिनीमा पाँच महिनामा भित्रिए चार लाख ७० हजार पर्यटक
बुधबार, जेठ २४, २०८०
पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६...
डुवेर दुुईको मृत्युु
मंगलबार, जेठ २३, २०८०
डुवेर दुुई जनाको मृत्युु भएको छ । देशका विभिन्न जिल्लाका छुट्टाछुुट्टै स्थानमा पानीमा डुवेर दुुई जनाको मृत्युु भएको हो ।
लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते
मंगलबार, जेठ २३, २०८०
लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।


