Shittalpati
तानसेन –१ का जेष्ठ नागरिकलाई सम्मान
तानसेन –१ का जेष्ठ नागरिकलाई सम्मान तानसेन नगरपालिका–१ का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडास्तरीय टोल विकास संस्था समन्वय समितिको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा वडाका २२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको समितिले जनाएको छ ।  ८४ वर्ष पुरा गरेका जेष्ठ नागरिकलाई दोसल्ला,...
रामपुरमा घरको छतबाट लडेर वृद्धको मृत्युु
रामपुरमा घरको छतबाट लडेर वृद्धको मृत्युु जिल्लाको रामपुर नगरपालिका– ५ मा घरको छतबाट लडेर एक वृद्धको मृत्युु भएको छ । रामपुर –५ भम्बकका ६८ वर्षीय प्रेमलाल डोटेल मादक पदार्थ सेवन गरी छिमेकीकोबाट घर फर्कने क्रममा घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए ।
पूर्वखोलामा घाँस काट्ने क्रममा रुखबाट लडेर वृद्धको मृत्युु
पूर्वखोलामा घाँस काट्ने क्रममा रुखबाट लडेर वृद्धको मृत्युु जिल्लाको पूर्वखोला गाउँपालिका –५ विरकोट ढापमा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्युु भएको  छ ।  ढापका ७४ वर्षीय हरीराम पुनः जेठ २ गते घर नजिकैको बारीमा रहेको दबदबेको रुखमा चटी घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए ।
उपचारपछि डा. भण्डारीको संसदमा पहिलो सम्बोधन : ‘जलन अस्पताल बनाऔं र पाठ्यक्रममा समेटौं’
उपचारपछि डा. भण्डारीको संसदमा पहिलो सम्बोधन : ‘जलन अस्पताल बनाऔं र पाठ्यक्रममा समेटौं’ नेपाली काँग्रेसका सांसद डा.चन्द्र भण्डारी आगलागीमा परी घाइते भई उपचारपछि पहिलो पटक संसदमा सम्बोधन गरेका छन् । उनी गत फागुन ३ गते निवासमा ग्यास लिक भई आगलागीमा परेका थिए । उनको फागुन ४ गतेदेखि बैशाख १७ गतेसम्म भारतको मुम्बईस्थित नेशनल बर्नस अस्पतालमा उपचार गरिएको थियो ।
असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय
असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय सरकारले राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।
पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका र तिनाउ गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको हो ।
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
स्वीकृति बिना दुई सयभन्दा बढी भित्तेपात्रो प्रकाशन
स्वीकृति बिना दुई सयभन्दा बढी भित्तेपात्रो प्रकाशन दुई सयभन्दा बढी भित्तेपात्रो स्वीकृति बिना प्रकाशन भएको पाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिई दुई सयभन्दा बढी भित्तेपात्रो प्रकाशन भएको हो ।
वन मन्त्रीमा महतो नियुक्त
वन मन्त्रीमा महतो नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी कार्यभार तोकेका छन् ।
शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन
शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । अनुसन्धानको ५७ औँ दिनमा प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
रैनादेवी छहरा गाउँपालिकाले गर्यो एक वर्षे कार्य प्रगति सार्वजनिक
रैनादेवी छहरा गाउँपालिकाले गर्यो एक वर्षे कार्य प्रगति सार्वजनिक जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले एक वर्षे कार्य प्रगति सार्वजनिक गरेको छ । २०७९ जेठ ६ गते गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराई, उपाध्यक्ष युवराज थापा लगायतका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेको एक बर्षे कार्य प्रगति सार्वजनिक गरेका हुन् ।
प्रधामन्त्रीलाई नेकपा एस पाल्पाको ज्ञापनपत्र : ‘नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही हुनुपर्छ’
प्रधामन्त्रीलाई नेकपा एस पाल्पाको ज्ञापनपत्र : ‘नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही हुनुपर्छ’ सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पाल्पाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनी कारवाहीको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार एकीकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेयसहितका नेताहरुले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
Weather Update