पाल्पामा सहिद परिवारलाई सम्मान
बुधबार, फागुन २४, २०७९
आठ दलीय बैठकमा राष्ट्रपति निर्वाचन तयारीबारे छलफल
मंगलबार, फागुन २३, २०७९
आज बसेको आठ दलीय गठबन्धनको बैठकले आसन्न राष्ट्रपति पदको निर्वाचनबारे छलफल गरेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठकमा निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।
अध्यक्ष प्रचण्डविरूद्ध रिट दर्ता
मंगलबार, फागुन २३, २०७९
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ ।
लोपोन्मुख हुँदै होलीको जोगिरा
मंगलबार, फागुन २३, २०७९
नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ । पछिल्लो समय नयाँ पुस्ताले यसबारे खासै चासो नदिएको जनाइएको छ ।
रेसुङ्गा नगर सरकारले चलायो निःशुल्क स्वास्थ्य शिविर
आइतबार, फागुन २१, २०७९
जिल्लाको रेसुङ्गा नगर सरकारले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नगरभित्रै विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उद्देश्यले नगर सरकारले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने
आइतबार, फागुन २१, २०७९
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
आइतबार, फागुन २१, २०७९
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छ्न् । उनले आइतबार प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ४१ मत खस्यो ।
अमरनारायण मन्दिरको जीर्णाेद्धारमा लापरवाही, सरोकारवाला निकाय मौन
आइतबार, फागुन २१, २०७९
झण्डै २ सय १६ वर्षअघि अमरसिंह थापाले काठमाडौंका नेवार कालिगड झिकाएर पाल्पाको तानसेनमा बनाएको ऐतिहासिक कलात्मक अमरनारायण मन्दिरको जीर्णोद्धारमा लापरवाही भएको छ । तानसेन नगरपालिका–२ नारायणस्थानमा रहेको पुरातात्तिवक महत्वको मन्दिरको मर्मत सम्भारमा अहिले लापरवाही भएको हो ।
राष्ट्रपति निर्वाचन : भोट माग्नमै व्यस्त उम्मेदवार
आइतबार, फागुन २१, २०७९
राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरु भोग माग्नमै व्यस्त छन् । यही फागुन २५ गते हुन लागेको निर्वाचनका लागि राष्ट्रपतिका उम्मेदवारी दिएका नेपाली काँग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले आ–आफ्नो पक्षमा मत दिन आग्रह गर्दै विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् ।
कृषि उत्पादन बढाउन मेला
आइतबार, फागुन २१, २०७९
कृषि उत्पादनलाई बढावा दिन पाल्पामा कृषिमेला आयोजना गरिने भएको छ । तानसेन नगरपालिका–९ को तिन्टीआँपमा आगामी चैत ३ गते हुने कृषिमेला, २०७९ सञ्चालनको तयारी भइरहेको छ ।
‘दैनिक एक घण्टा ध्यान गरौं जीवन सफल हुन्छ’
शनिबार, फागुन २०, २०७९
ओशो आश्रम चितवन सौराहाका स्वामी मैत्रेयले दैनिक एक घण्टा ध्यान गरे जीवन सफल हुने बताएका छन् ।
रेडक्रस पाल्पामा नयाँ नेतृत्व, सभापतिमा कार्की
शनिबार, फागुन २०, २०७९
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले नयाँ नेतृत्व पाएको छ । शुक्रबार तानसेनमा भएको शाखाको अधिवेशनले नयाँ कार्य समितिको चयन गरेको हो ।


-1762576335.jpg)