Shittalpati
ग्रीकमा रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो
ग्रीकमा रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो मध्य ग्रीकमा गत मंगलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको संख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् ।
कांग्रेस सहमतिबाट पछि हट्दैन :  गगन थापा
कांग्रेस सहमतिबाट पछि हट्दैन : गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताएका छन् । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज यहाँ संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा उनले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट गरे ।
दुई रेलमार्गबीच तादात्म्यता मिलाउने योजना
दुई रेलमार्गबीच तादात्म्यता मिलाउने योजना सरकारले निर्माण सुरु गरेको पूर्व–पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता मिलाउने (सिङ्क्रोनाइज) गर्न तयारी अघि बढाइएको छ ।
‘शान्ति सुरक्षा मजबुतदेखि नागरिकको गुनासो सम्बोधनसम्म’
‘शान्ति सुरक्षा मजबुतदेखि नागरिकको गुनासो सम्बोधनसम्म’ १७ महिना अघि पाल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर पाल्पा आएका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले पहिलो पटक ३ कार्तिक २०७८ मा पाल्पाका पत्रकारहरुसँग कुरा गर्दै जिल्लामा शान्ति सुरक्षा मजबूत बनाउने र शुसासन कायम गर्छु भन्दै प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसको ठिक १७ महिना पछि उनको पाल्पा जिल्ला प्रशासन...
आज विश्व वन्यजन्तु दिवस
आज विश्व वन्यजन्तु दिवस आज विश्व वन्यजन्तु दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष मार्च ३ मा विश्व वन्यजन्तु दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘पृथ्वीका सबै जीवहरूको सुरक्षाका लागि साझेदारी’ भन्ने रहेको छ । यो दिवस सन् १९७३ देखि मनाउन थालिएको हो ।
१७ महिनापछि पाल्पाका प्रजिअ पन्तको गृहमन्त्रालयमा सरुवा
१७ महिनापछि पाल्पाका प्रजिअ पन्तको गृहमन्त्रालयमा सरुवा १७ महिनाको अवधिमा पाल्पामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहेर जगन्नाथ पन्तले जिल्लामा केही नमुना योग्य काम गरेको पाल्पाका राजनीतिक दल, पत्रकार, विभिन्न संघ संस्थाले बताएका छन् । १७ महिनाको बसाई पछी गृहमन्त्रालय सरुवा भएका पन्तले स्थानीयतह, प्रदेश र संघको निर्वाचन विवाद रहित तरीकाले सम्पन्न गरेको, जिल्लामा शान्ति सुरक्षा कायम गरेकोमा...
आरनका आधुनिक साधन वितरण
आरनका आधुनिक साधन वितरण बुटवलमा आरन व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई बुटवल उपमहानगरपालिकाले आरनका आधुनिक साधन वितरण गरेको छ । आरन व्यवसायलाई आधुनिकीकरण गर्न उपमहानगरपालिकाले बुटवलभित्र आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएका ११ जनालाई विद्युतीय पंखा, ग्रिन्डर मेसिन, कैँची, रेती, घनलगायतका उपकरण वितरण गरेको हो ।
दोहाकतारमा रहेका पाल्पालीद्वारा विद्यालयमा अक्षयकोष
दोहाकतारमा रहेका पाल्पालीद्वारा विद्यालयमा अक्षयकोष दोहाकतारमा रहेका पाल्पालीहरुले पाल्पाको एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । रोजगारको शिलसिलामा कतार पुगेकाहरुले संकलन गरेको रकम पाल्पाली सेवा समाज दोहाकतारले जिल्लाको पूर्वखोलामा रहेको उद्बुद्ध उमाविमा अक्षयकोष स्थापना गरिदिएको हो ।
हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु
हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ ।
रेल दुर्घटनामा ३२ को मृत्यु
रेल दुर्घटनामा ३२ को मृत्यु ग्रीसमा मंगलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ ।
रास्वपाको चुनाव चिह्न फेरियो
रास्वपाको चुनाव चिह्न फेरियो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो ।
राष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागू
राष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागू राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आजदेखि चैत्र ५ गतेसम्म लागू हुनेगरी आचारसंहिता लागु गरेको हो । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको जनाएको छ ।
Weather Update