काँग्रेसको महासमिति बैठक मंसिरमा गर्ने
बुधबार, साउन १०, २०८०

आठ हजार ८ सय ९६ थान हातहतियार नष्ट
बुधबार, साउन १०, २०८०
विभिन्न मिति र स्थानबाट कानुनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे झण्डै नौ हजार हातहतियार प्रहरीले नष्ट गरेको छ ।

बडिगाड प्रहरी मृत्यु प्रकरण : हत्या गर्ने आमा–छोरा प्रहरी नियन्त्रणमा
बुधबार, साउन १०, २०८०
बडिगाड गाउँपालिकास्थित भीमगिठे प्रहरी चौकीका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेलको मृत्यु प्रकरणमा संलग्न आमा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छतमा पक्षीपालन गर्दै उमाकुमारी
बुधबार, साउन १०, २०८०
मेहनत र जाँगर भयो भने गरिखान प्रशस्त जग्गा पनि नचाहिदो रहेछ । मानिसमा इच्छाशक्ति भए खेतबारी नभए पनि कृषि तथा पक्षीपालन व्यवसायबाट मनग्य कमाइ गर्नका लागि उमाकुमारी श्रेष्ठ समाजमा उदाहरणीय बनेका छन् । पाल्पा रामपुर नगरपालिका– ५ स्थित बेझाड बजार निवासी उनले तीन तला घर माथिको छतमा पशुपक्षीपालन व्यवसाय सञ्चालन...

सामाजिक विकास डिभिजनको उत्साहजनक प्रगति
मंगलबार, साउन ९, २०८०
सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले आव २०७९/८० मा उत्साहजनक प्रगति गरेको छ । डिभिजन कार्यालयले शिक्षा, खेलकुद, सामुदायिक भवन निर्माणका काममा ८६.६ प्रतिशत सफलता प्राप्त गर्दै उत्साजनक प्रगति गरेको हो ।

गुल्मीका औषधि पसलमा अनुगमन
मंगलबार, साउन ९, २०८०
जिल्लाको तम्घासमा रहेका औषधि पसलहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत विनोद खनालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, गुल्मी अस्पताल, रेसुङ्गा नगरपालिका, जिल्ला घरेलु कार्यालय र औषधि व्यवसायी संघका प्रतिनिधिहरुद्वारा पसलहरुको अनुगमन गरिएको हो ।

लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान
मंगलबार, साउन ९, २०८०
रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन् । रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन् । भारी वर्षाका कारण तिनाउ नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती प्रभावित हुनसक्ने जोखिम बढेको जनाइएको छ ।

तानसेनका औषधि पसलमा अनुगमन , नियमित अनुगमन नहुँदा मनपरी
सोमबार, साउन ८, २०८०
जिल्लाको तानसेनमा सञ्चालित औषधि पसलहरुमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाकोे आयोजनामा जिल्ला स्वास्थय कार्यलय, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा र औषधी व्यवसायी संंघ, तानसेन नगरपालिका, पत्रकार महासंघ, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको उपस्थिीतमा औषधि पसलहरुको अनुगमन गरिएको हो ।

तम्घास टेक्निकल शिक्षालयमा एचए र फिजोयोथेरापी कार्यक्रम सुरु
सोमबार, साउन ८, २०८०
जिल्लाको सदरमुकाम रहेको तम्घास टेक्निकल शिक्षालयमा प्रमाणतहको एचए र फिजियोथेरापी ३ वर्षे कार्यक्रम सञ्चालन हुने भएको छ । शैक्षिक सत्र २०८०/०८१ मा प्रमाण पत्र तह सामान्य चिकित्सा, हेल्थ एसिस्टेन्ट एचए र प्रमाण पत्र तह फिजियोथेरापी ३ बर्ष कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त गरेसँगै सो कार्यक्रम सञ्चालन हुने भएको हो ।

देशभरका फार्मेसी अनुगमन सुरु
सोमबार, साउन ८, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ । औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका अनुगमन अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताए ।

लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ
सोमबार, साउन ८, २०८०
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

एक सय ४२ वन्यजन्तुको उद्धार
सोमबार, साउन ८, २०८०
चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९/८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ ।