काँग्रेसको भातृ संस्था राष्ट्रिय मगर संघको काजीपौवामा वडा समिति गठन
बिहीबार, चैत २४, २०७८
चर्कियो महँगी
बिहीबार, चैत २४, २०७८
दैनिक उपभोग्य वस्तुदेखि सार्वजनिक यातायातसम्म छोइनसक्नु महँगी बढेको छ । अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्य बढ्दा समग्रमा उपभोग्य वस्तु महंगो पर्न गएको हो । विशेष गरेर तरकारी, घ्यू, तेल, यातायात, दाल तथा गेडागुडी, इन्धन जस्ता वस्तुको मूल्य अत्याधिक बढेको छ ।
‘माथागढीमा जनताले अनुभूति गर्ने गरी काम गर्न सफल भएका छौं’
बिहीबार, चैत २४, २०७८
स्थानीय तहका सरकार गठन भएर काम गरेको पनि पाँच वर्ष पुग्न लागेको छ । जनतासँग सबैभन्दा निकट भएर काम गरिरहेका स्थानीय सरकारका बारेमा यतिबेला विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । जनप्रतिनिधिहरुको कार्यकाल सकिनै लाग्दा उनीहरुले गरेका कामप्रति टिकाटिप्पणी हुनु स्वाभाविक नै हो ।
गुल्मीको मालिकामा गठबन्धन
बिहीबार, चैत २४, २०७८
जिल्लाको मालिका गाउँपालिकामा गठबन्धन गरिने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मालिकामा एमाले विरुद्ध गठबन्धन गरिने भएको हो । यहाँ सरकारमा सहभागी दलले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता देविराम अर्यालले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी...
प्रदूषण कम गर्नेतर्फ ध्यान दिऊ
बिहीबार, चैत २४, २०७८
पछिल्लो समय प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बन्दै गएको छ । यसका धेरै कारण छन् । हावा प्रदूषणको एउटा कारण प्राकृतिक रूपमा उड्ने धुलो मानिन्छ । कलकारखाना या जंगलको डढेलोबाट तमाम किसिमका हानिकारक तत्व हावामा मिसिन्छन्, जसले पर्यावरणमा प्रदूषण फैलाउँछन् । जब जंगलमा आगो लाग्छ त्यसबाट वनजंगल डढेर...
स्थानीय निर्वाचन : पाल्पामा एमालेविरुद्ध गठबन्धन
बुधबार, चैत २३, २०७८
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा एमालेविरुद्ध गठबन्धनले संयुक्त उम्मेदवारी दिने भएका छन् । पाँच दलिय गठबन्धनको बुधबार तानसेनमा बसेको संयुक्त बैठकले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेको छ ।
कालीगण्डकी नदीमा एक वृद्ध मृत फेला
बुधबार, चैत २३, २०७८
कालीगण्डकी नदीमा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको बगनासकाली गाउँपालिका –५ राम्दी स्थित कालीगण्डकी नदीको किनारमा बगनासकाली –६ का ७१ वर्षीय खड्क बहादुर दर्जी मृत फेला परेका हुन् ।
‘स्वास्थ्य बिमा कार्यक्रम रोक्न मिल्दैन’
बुधबार, चैत २३, २०७८
स्वास्थ्य बिमा बापतको भुक्तानी नपाएपछि यहाँका अस्पतालहरुले उपचार सेवा बन्द गर्ने घोषणा गरेपछि जिल्लाका राजनीतिक दलहरुको ध्यानाकर्षण भएको छ । यहाँका ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले अस्पतालहरुले भुक्तानी नपाए सेवा बन्द गर्ने चेतावनी दिएपछि उनीहरुको ध्यानाकर्षण भएको हो ।
राष्ट्रिय महिलाबिच भलिबलको तयारी अन्तिम चरणमा
बुधबार, चैत २३, २०७८
रानीमहल दरवार क्षेत्रमा यही चैत्र २४ गतेदेखी हुन लागेको राष्ट्रिय महिलाबिच भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सञ्जय स्मृति प्रतिष्ठान काठमाडौंको आयोजना, राष्ट्रिय भलिबल संघको सहकार्यमा कालीगण्डकीको किनार रानीमहलको बगरमा हुन लागेको प्रथम सञ्जय स्मृति प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो ।
दलित महिलालाई सिलाइ तालिम
बुधबार, चैत २३, २०७८
जिल्लाका दलित महिलाहरुका लागि सीपमूलक सिलाइ तालिम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा भगत सर्वजित शिल्प व्यवसाय सीप विकास तथा प्रवद्र्धन कार्यक्रम अन्तर्गत दलित महिलाई २ महिने नेपाली पोशाक सिलाइ तालिम सञ्चालन गरिएको हो ।
खेलकुद दिवसको सार्थकता
बुधबार, चैत २३, २०७८
शान्तिका लागि खेल महत्वपूर्ण छ । सामान्यतः मन बहलाउन, मनोरञ्जन गर्न वा व्यायामका लागि खेल्ने वा कुद्ने कार्यलाई खेलकुद भन्ने गरिन्छ । खेलकुदले मानिसलाई फुर्तिलो र निरोगी बनाउनुका साथै अनुशासित र समूहमा मिलेर काम गर्न सक्ने बनाउँछ । खेलकुदले मान्छे मान्छेबिच सामूहिक भावनाको विकास गराउनुका साथै आपसी प्रतिस्पर्धाको भावना जगाउँछ ...

.jpg)
