तानसेनमा सहकारी सञ्जाल गठन, संयोजकमा पन्त
शनिबार, असार २७, २०७७
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
शनिबार, असार २७, २०७७
प्रदेश पाँचका तीन जिल्लामा भएको छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । शनिबार रुपन्देही, गुल्मी र प्यूठानमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ९ शंकरपुर चोक नजिकै सिद्वार्थ राजमार्ग सडक खण्डमा ट्रकमा ठोकिन जाँदा एक जनाको मृत्यु भएको प्रादेशीक प्रहरीले जनाएको छ...
गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु
शनिबार, असार २७, २०७७
गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका १ हुंगाक निवासी बसन्त नेपालीको श्रीमती ३४ वर्षकी गीता नेपालीको भिरबाट लडेर मृत्यु भएको हो ।
पाल्पामा यान्त्रिकरणतर्फ कृषकको आकर्षण
शनिबार, असार २७, २०७७
पाल्पामा यान्त्रिकरणतर्फ कृषकहरुको आकर्षण बढ्दै गएको छ । यसले कृषि उत्पादनसँगै समयको बचत र लागत कम पर्ने भएपछि कृषकहरु यान्त्रिकरणतर्फ आकर्षित भएका हुन् । जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय निकायले कृषकलाई कृषि उत्पादन वृद्धि गराउन अनुदानमा कृषि यन्त्र वितरण गर्ने कार्यक्रम ल्याएपछि आधुनिक प्रविधिको प्रयोग बढेको छ ।
शनिबार बैंक खुलै राख्न राष्ट्र बैंकको निर्देशन
शनिबार, असार २७, २०७७
नेपाल राष्ट्र बैंकले शनिबार अर्थात् आज पनि बैंकहरू खुला राख्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक विदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।
एनसेलका ग्राहकलाई युट्युबबाटै भरपुर फाइदा
शनिबार, असार २७, २०७७
एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिम अन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याएको छ ।
जनसंख्या वृद्धिः सकरात्मक र नकरात्मक
शनिबार, असार २७, २०७७
विश्वभर आज जनसंख्या दिवस मनाउन लागिएको छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई अर्थात् आजको दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । जनसंख्याको मुद्दा र पर्यावरण तथा विकासका सम्बन्धमा जागरुकता फैलाउनु यस दिवसको मुख्य उद्देश्य रहेको छ ।
पाल्पामा घट्दै कोरोना संक्रमित, शुक्रबार मात्र थप २ जनामा संक्रमण
शुक्रबार, असार २६, २०७७
पछिल्लो समय जिल्लामा कोरोना संक्रमितहरूको संख्या घट्दो क्रममा रहेको छ । संक्रमित हुनेभन्दा डिस्चार्ज हुनेहरूको संख्या बढेपछि जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको हो । पछिल्लो २४ घण्टामा पाल्पामा कोरोना भाइरस (कोभिड–१९) का २ जना संक्रमित थपिएका छन् ।
गुल्मीमा ढिस्कोले पुरिएर एक पुरुषको मृत्यु
शुक्रबार, असार २६, २०७७
जिल्लामा ढिस्कोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । माथिबाट खसेको पहिरोको ढिस्कोले पुरिएर कालिगण्डकी गाउँपालिका ४ का ६२ वर्षका यमबहादुर श्रीसको मृत्यु भएको हो । खेतको कुलो बनाउने क्रममा माथिबाट एक्कासी खसेको पहिरोको ढिस्कोले उनलाई पुरेको थियो । श्रीसको घटनास्थलमै मृत्यु भएको हो ।
पहिरोमा परी चारको मृत्यु, नौ घाइते
शुक्रबार, असार २६, २०७७
अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । आज बिहान अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।
देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह
शुक्रबार, असार २६, २०७७
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले बताए ।
पाल्पाली नारी स्रष्टाद्वारा लिखित ‘आँकुरा’ गजल संग्रह सार्वजनिक
शुक्रबार, असार २६, २०७७
तानसेनमा ‘आँकुरा’ गजल संग्रह सार्वजनिक गरिएको छ । पाल्पाली नारी स्रष्टाद्वारा लिखित गजल संग्रह एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । नारी उन्नयन तथा विकास प्रतिष्ठान पाल्पा आफ्नो पाँचौ साधारण सभाका अवसरमा उक्त संग्रहको सार्वजनिक गरेको हो ।


