Shittalpati
बहादुरपुरमा स्थायी बन्ध्याकरण शिविर
बहादुरपुरमा स्थायी बन्ध्याकरण शिविर जिल्लाको माथागढी गाउँपालिका ८ बहादुरपुरमा स्थायी बन्ध्याकरण तथा एकीकृत परिवार नियोजन शिविर भएको छ । जिल्ला स्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजन संघ पाल्पाको सहयोग, माथागढी गाउँपालिकाको संयोजनमा एक दिने शिविर भएको हो ।
निर्वाचन आयोगको असक्षमता
निर्वाचन आयोगको असक्षमता सरकारले तोकेको निर्वाचनको मिति नजिकिदै छ । अब करिव ६८ दिनमात्र बाँकी छ । यो समयमा निर्वाचन आयोगले अझै पनि तयारीलाई तिव्र बनाउन सकेको छैन । दल दर्ताको कार्यतालिका अझै पनि तय हुन सकेको छैन । दल दर्ता, उम्मेद्वारको मनोनयन, प्रचार–प्रसार, मतपत्र छपाई तथा निर्वाचनका लागि आवश्यक सामग्री खरिद प्रक्रियामा...
तानसेनमा ठगी गर्ने व्यक्ति पक्राउ
तानसेनमा ठगी गर्ने व्यक्ति पक्राउ जिल्लाको तानसेनमा ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । तानसेनका पसलहरुबाट विभिन्न वरवहाना तथा आश्वासन देखाई ठगी गर्ने बुटवल उपमहानगरपालिका–४ का ३८ वर्षीय नारायण सुवेदी पक्राउ परेका हुन् ।
सहकारी अभियन्ता भन्छन्–‘सरकारले सहकारीलाई ध्यान नदिदा आर्थिक पाटो कमजोर भयो’
सहकारी अभियन्ता भन्छन्–‘सरकारले सहकारीलाई ध्यान नदिदा आर्थिक पाटो कमजोर भयो’ सरकारले सहकारी अभियानलाई ध्यान नदिदा आर्थिक पाटो कमजोर भएको सहकारी अभियन्ताले बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा बुटवलमा भएको लुम्बिनी प्रदेशस्तरीय सहकारी गोष्ठीमा सहभागीहरुले सरकारले सहकारी अभियानलाई व्यवहारिक रुपमा अगाडि बढाउन नसकेकै कारण आर्थिक विकासको पाटो कमजोर भएको बताएका हुन् ।
पाल्पाका स्थानीय सरकार बालविवाह न्यूनीकरणको अभ्यासमा
पाल्पाका स्थानीय सरकार बालविवाह न्यूनीकरणको अभ्यासमा कानूनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । पाल्पा जिल्लामा पनि यो कार्यक्रम सञ्चालनमा त छ तर कार्यान्वयन भएको छैन । उमेर नपुग्दै विवाह गर्ने प्रचलन पाल्पामा अझै कायमै छ । हुनत जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका प्रयास अघि सारेकै छन् तर...
गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा
गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने जनाएको छ । विमानस्थल हालका अवधिमा करीब ९५ प्रतिशत भौतिक प्रगति रहेको छ । प्राविधिक उपकरण जडानको काम बाँकी छ ।
दश लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइयो
दश लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइयो कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुगेको छ । नेपाल सरकारले भारतबाट खरिद गरेको ‘कोभिशिल्ड’खोपको पहिलो खेप आइतबार काठमाडौं ल्याइएको हो ।
प्रधानमन्त्रीको खेल निर्वाचन आयोगलाई थर्काउने र सूर्य चिन्ह माग्ने : नेता विष्ट
प्रधानमन्त्रीको खेल निर्वाचन आयोगलाई थर्काउने र सूर्य चिन्ह माग्ने : नेता विष्ट नेकपा प्रचण्ड–माधब समूहका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गोकर्ण बिष्टले प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगलाई थर्काउने र सूर्य चिन्ह माग्ने खेलमा लागेको बताएका छन् । तम्घासमा प्रचण्ड–माधव निकट युवा विद्यार्थीको भेलालाई सम्बोधन गर्दै नेता बिष्टले यस्तो बताएका हुन् ।
आलु खन्दै महिला
आलु खन्दै महिला पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीमा आलु खन्दै महिला । यहाँका किसानले तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास संघ पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा व्यावसायिक आलु खेती गर्दै आएका छन् ।
नेपाल क्षयरोग निवारणले मनायो वार्षिक साधारण सभा
नेपाल क्षयरोग निवारणले मनायो वार्षिक साधारण सभा नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले वार्षिक साधारण सभा मनाएको छ । शाखाले शनिबार तानसेनस्थित भुसलडाँडामा आफ्नो २७ सौ वार्षिक साधारण सभा मनाएको हो । सभाको नेपाल रेडक्रस पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्माले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै सभापति शर्माले नेपाल क्षयरोग निवारण संस्था सबैको साझा संस्था भएको...
खोप खरिदमा पारदर्शिता अपनाऊ
खोप खरिदमा पारदर्शिता अपनाऊ नेपालमा भारतबाट प्राप्त भएको अनुदान स्वरुपको खोप लगाइदै आइएको छ । नेपाल सरकारले प्राथमिकताका आधारमा खोप अभियान सञ्चालन गरिहेको छ । भारत सरकारले १० लाख खोप उपलब्ध गराएको थियो । यो खोप कोभिडका बेला अग्रपंतिमा रहेर काम गर्ने व्यक्तिहरुलाई मात्र भएको छ । अन्य नागरिकलाई भने सरकारले खोप खरिद गर्ने...
Weather Update