तानसेन पहिरो अपडेट : थप एकको शव भेटियो, मृतकको संख्या चार पुग्यो
मंगलबार, असार ९, २०७७
खोलाले बगाएर बेपत्ता भएका बालककोे शव भेटियो
मंगलबार, असार ९, २०७७
जिल्लाको पाणिनि गाउँपालिकामा तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका बालकको शव भेटिएको छ । पाणिनि–४ पटौटीका सन्तबहादुर नेपालीका १३ वर्षीय छोरा पूजनको शव स्थानीय दुर्गाखोलामा भेटिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । सुस्त मनस्थितिकी माहिली आमासँग घर नजिकैको बारीमा जांँदै गर्दा जुकेखोला तर्न नसक्दा उनलाई खोलाले बगाएको थियो ।
तानसेनमा पहिरो : गाडी बगाउँदा तीनको मृत्यु,पहिचान खुल्न बाँकी (अपडेट)
सोमबार, असार ८, २०७७
जिल्लाको सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा पहिरोले गाडी बगाउँदा सोमबार तीन जनाको मृत्यु भएको छ । शुक्रबार राती देखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले तानसेन नगरपालिका ११ सम्मोबारी नजिकै सडकमा रोकिएका चार सवारी बगाउँदा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।...
तानसेन पहिरो (अपडेट) : गाडी बगाउँदा मुत्यु हुनेको संख्या तीन पुग्यो
सोमबार, असार ८, २०७७
जिल्लाको तानसेन नगरपालिका ११ सम्मोबारी नजिकै पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । घटनामा गम्भिर घाइते अवस्थामा उद्दार गरिएका एक पुरुषको उपचारका क्रममा युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तानसेनमा पहिरोले गाडी पुर्दा दुईको मृत्यु (थप विवरण आउन बाँकी)
सोमबार, असार ८, २०७७
जिल्लाको तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोले गाडी पुर्दा दुई जनाको मृत्यु भएको छ । शुक्रबार रातभर आएको अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप तल खसेको र कार बाटोमै पुरिएको छ ।
पहिरोले पाल्पाका सडक अवरुद्ध
सोमबार, असार ८, २०७७
निरन्तर अविरल वर्षाका कारण खसेको पहिरोले जिल्ला भित्र पर्ने विभिन्न सडकहरु अवरुद्ध बनेका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण जिल्ला भित्र पर्ने विभिन्न राजमार्ग अन्र्तगतका सडकहरु अवरुद्ध बनेका हुन् ।
अविरल वर्षाका कारण पाल्पाका विभिन्न ठाँउमा पहिरो
शनिबार, असार ६, २०७७
गए रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाँउहरुमा पहिरो गएका छन् । पहिरोका कारण जिल्लाका अधिकास ग्रामिण सकडहरु अवरुद्ध रहेका छन् भने, खेतीपातीमा समेत क्षति पुगेको छ । रातीदेखि परेको निरन्तर वर्षाका कारण पूर्वखोला गाउँपालिका १ चापगैरा स्थित रामपुर–तानसेन पक्कि सडक खण्डमा पहिरो खसेको छ ।
स्याङजाको कालिगण्डकी गाउँपालिकामा धमाधम सडक विस्तारको काम
शुक्रबार, असार ५, २०७७
स्याङजाको कालिगण्डकी गाउँपालिकामा सडक विस्तार गर्ने काम धमाधम भइरहेको छ । कालिगण्डकी गाउँपालिकाको हटिया, वर्तुङ खोर्दि हुँदै प्युघाँसम्मको बाटो विस्तारको कामले तिव्रता पाएको हो । लामो समयदेखिको लकडाउनका कारण प्रभावित बनेको सडक विस्तारको कामले अहिले तिव्रता पाएको छ ।
सिद्धबाबा क्षेत्रमा डबल क्याप दुर्घटना हुँदा ६ जना घाईते, २ को अवस्था गम्भीर
मंगलबार, असार २, २०७७
तानसेन बुटवल खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा मंगलबार डबल क्याप गाडी दुर्घटना भएको छ । पाल्पादेखि बुटवलतर्फ जाँदै गरेको गाडी तिनाउ गाउँपालिका ३ सिद्धबाबा मन्दिर नजिकैबाट खस्दा ६ जना घाईते भएका छन् ।
दुर्घटनामा दुईको मृत्यु
सोमबार, असार १, २०७७
मध्यपुरथिमिको बोडे र कमल विनायकमा फरक समयमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका– १० कमल विनायक भत्केकोपाटीमा बा. ९५ प. १४५५ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार...
कार दुर्घटनामा घाईतेको नाम ठेगना खुल्यो, अवस्था गम्भीर
शुक्रबार, जेठ ३०, २०७७
जिल्लाको तिनाउ गाउँपालिका ३ ड्याम साईड स्थित सिद्धार्थ राजमार्गमा कार दुर्घटनामा भएको छ । शुक्रबार दिउसो बुटवलबाट पाल्पातर्फ आउदै गरेको लु १ ज ४०९३ नम्वरको कार तिनाउ खोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी चालक गुल्मी जिल्ला मालिका गाउँपालिका ५ छापहिलेका २५ वर्षीय ओमप्रकास अर्याल घाईते भएको जिल्ला प्रहरी कार्यालयका...
पाल्पाको तिनाउमा कार दुर्घटना : एक घाईते
शुक्रबार, जेठ ३०, २०७७
जिल्लाको तिनाउ गाउँपालिका ३ ड्याम साईड स्थित सिद्धार्थ राजमार्गमा कार दुर्घटनामा भएको छ । शुक्रबार दिउसो बुटवलबाट पाल्पातर्फ आउदै गरेको लु १ ज ४०९३ नम्वरको कार दुर्घटना भएको हो ।
करेन्ट लागेर बालिकाको मृत्यु
बिहीबार, जेठ २९, २०७७
करेन्ट लागेर सर्लाहीको हरिपुर्वा नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । हरिपुर्वा–७ बसतपुर निवासी रवीन्द्र रायका नौ वर्षीया छोरी मौसम कुमारीलाई करेन्ट लागेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । आफ्नै घरमा बुधबार साँझ बिजुलीको बोर्डमा पङ्खामा तार जोड्ने क्रममा बालिकालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी...


