तानसेनको गोर्खेकोटमा सुन्तला बोकेको गाडी दुर्घटना
बिहीबार, पुस २६, २०८०
भिमादमा जिप दुर्घटना : मृतकको संख्या २ पुग्यो
बुधबार, पुस २५, २०८०
तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा बुधबार भएको जिप दुर्घटनामा मृतकको संख्या दुई पुगेको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नंको जिप दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो ।
भिमादमा जिप दुर्घटना : घाइते एक जनाको मृत्यु
बुधबार, पुस २५, २०८०
तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप बुधबार दुर्घटना हुँदा घाइते एकको मृत्यु भएको हो ।
सिद्धबाबा सुरुङ निर्माणका लागि फेरि सडक बन्द गरिदैं
मंगलबार, पुस १०, २०८०
राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन फेरी सडक बन्द गर्न लागिएको छ । निर्माण कार्य भइरहेको अवस्थामा ढुंगाहरु खस्ने, सवारी आवतजावतमा उच्च जोखिम हुने भएकाले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द गर्न लागिएको हो ।
पुस १६ देखि बुटवल–पाल्पा सडक दैनिक ६ घण्टा बन्द हुने
सोमबार, पुस ९, २०८०
सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ । निर्माणाधीन सुरुङ मार्गको कामलाई तीव्रता दिन उक्त सडक खण्ड यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको हो ।
पाल्पाको लघुवामा टिपर दुर्घटना : एकको मृत्यु, दुई घाइते
शुक्रबार, पुस ६, २०८०
जिल्लाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा टिपर दुर्घटना भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको रा १ ख २४०४ नम्बरको टिपर बिहीबार राति दुर्घटना भएको हो ।
नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने
बिहीबार, पुस ५, २०८०
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
सवारी साधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस
बुधबार, पुस ४, २०८०
सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘ रिफ्लेक्टिभ स्टिकर’ टाँस गरेको छ ।
बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते
बुधबार, पुस ४, २०८०
बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज विहान एकापसमा ठोक्किएका थिए ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सोमबार, पुस २, २०८०
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–५ स्थित सडकमा लु.१९ प ७४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक नवलपरासी बर्दघाट नगरपालिका–४ का २४ वर्षीय पप्पु चमारको मृत्यु भएको हो ।
पुस ७ देखि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने
आइतबार, पुस १, २०८०
नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो ।
टिपरको ठक्करबाट दाङमा दुईको मृत्यु
शनिबार, मंसिर ३०, २०८०
घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।


