Shittalpati
हत्या गरेको आशङ्कामा नियन्त्रणमा
हत्या गरेको आशङ्कामा नियन्त्रणमा रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति भएको सामूहिक हत्याको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । हत्या गरिएकामा एक महिला र चार पुरुष छन् । घटनास्थल गाई फार्म नजीकै भेटिएका झपेन्द्र सिंजालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी...
युनिक एफ.एम.ले ट्युसन अन इएरका शिक्षकलाई गर्‍यो सम्मान सहित विदाई
युनिक एफ.एम.ले ट्युसन अन इएरका शिक्षकलाई गर्‍यो सम्मान सहित विदाई बन्दाबन्दीका बेला कक्षा ११ र १२ का लागि दुरशिक्षा कार्यक्रम सञ्चालन गरेको युनिक एफएम पाल्पाले आईतबार एक औपचारिक कार्यक्रमका बीच ट्युसन अनइएरका शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको छ । रेडियोले तानसेन नगरपालिकाको सहयोगमा सञ्चालन गरेको कार्यक्रममा रेडियोबाटै विद्यार्थीहरुलाई अध्यापन गराउर्दै आएका शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको हो । कोरोनाका कारण...
‘कोरोनाको भयभन्दा समाजको त्रास बढी’
‘कोरोनाको भयभन्दा समाजको त्रास बढी’ समाचार सङ्कलनकै क्रममा कोरोना सङ्क्रमण भई आइसोलेशनमा रहेका कपिलवस्तुका दुई सञ्चारकर्मीलाई निको भएपछि आइतबार डिस्चार्ज गरियो । सत्र दिन जिल्लाको माहुरी होममा निर्माण गरिएको आइसोलेशनमा बसेका सञ्चारकर्मीलाई बिदाइ हुँदै गर्दा कुनै युद्ध जितेर फर्किन लागेको जस्तो अनुभव भयो । ‘कोरोनाको भयभन्दा समाजको त्रास बढी हुने रैछ’, कपिलवस्तु ‘दर्पण’ र ‘उज्यालो’...
बन्दाबन्दीले खानेपानी आयोजना प्रभावित
बन्दाबन्दीले खानेपानी आयोजना प्रभावित कोभिड–१९ संक्रमण जोखिमसँगै देशभर जारी बन्दाबन्दी (लकडाउन) का कारण साना तथा ठूला विकास निर्माणका आयोजना प्रभावित भएका छन् । विकास निर्माणका काम द्रूत गतिमा हुने समयमै लकडाउन भएपछि विकास निर्माणका काम ठप्प भएका हुन् । कोरोना भाइरसको संक्रमण जोखिम बढेसँगै जारी लकडाउनका कारण जिल्लामा सञ्चालित खानेपानीका आयोजनाहरु प्रभावित भएका छन् ...
तानसेनमा ‘विज्ञान वरदान कि अभिशाप’ विषयक वादविवाद प्रतियोगिता
तानसेनमा ‘विज्ञान वरदान कि अभिशाप’ विषयक वादविवाद प्रतियोगिता तानसेनमा ‘विज्ञान वरदान कि अभिशाप’ भन्ने विषयक वादविवाद प्रतियोगिता भएको छ । तानसेन नगरपालिका शिक्षा शाखा अन्तर्गतको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा जुम एप्लिकेशनबाट प्रतियोगिता भएको हो । प्रतियोगितामा दमकडा माविकी विनिता पराजुली प्रथम,जनता मावि तानसेनकी सदिक्षा ढकाल द्वितीय र सेन्ट क्यापितानिओ बोर्डिङकी प्रेष्मा पौडेल तृतीय भएका छन् ।
सिद्धार्थ करिडोर अन्तर्गतका स्थानीय तहहरुको प्राथमिकता कृषि, स्वास्थ्य र रोजगार
सिद्धार्थ करिडोर अन्तर्गतका स्थानीय तहहरुको प्राथमिकता कृषि, स्वास्थ्य र रोजगार विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै सिद्धार्थ आर्थिक करिडोर अन्तर्गतका स्थानीय तहहरुले कृषि, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिने भएका छन् । तानसेन नगरपालिकाले आयोजना गरेको पूर्व बजेट तयारी सम्बन्धी भर्चुअल बैंठकमा करिडोर अन्तर्गतका स्थानीय तहरुले आगामी बजेट, नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिने बताएका हुन् ।
फोन गर्न घाम पर्खनुपर्ने
फोन गर्न घाम पर्खनुपर्ने फोन र इन्टरनेटका कारण एक सेकेण्डमा कुनै सूचना विश्वभर पुगे पनि बागलुङ जिल्लाको ढोरपाटन उपत्यकाका जनताले इन्टरनेटको त कुरै छाडौँ, फोन गर्नसमेत घाम पर्खनुपर्ने अवस्था रहको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन क्षेत्रका बासिन्दाले फोन गर्नकै लागि घाम पर्खनुपर्ने बाध्यता रहेको छ ।
तीन लाख घुससहित वडा अध्यक्ष पक्राउ
तीन लाख घुससहित वडा अध्यक्ष पक्राउ तीन लाख रुपैयाँ घुस सहित एक वडा अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर तीन लाख रुपैयाँ घुससहित शनिबार रुपन्देहीमा पक्राउ परेका हुन् ।
फराकिलो बन्यो तानसेन–हार्थोक सडक
फराकिलो बन्यो तानसेन–हार्थोक सडक पाल्पाको मुख्य सडक तानसेन–हार्थोक सडक विस्तारको कामले तीव्रता पाएको छ । तानसेन–तम्घास सडकअन्तर्गत तानसेन नगरपालिकाभित्र पर्ने सडक चौडा बनाउने काम भएको हो । ‘लकडाउन’को अवधिमा पनि तानसेन नगरपालिकाले बतासेडाँडा, ढुङ्गाखानी, सम्मोबारी, सामाकोट र बाहुनडाँडासम्म सडक विस्तारको कामलाई निरन्तरता दिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए ।
रिडीमा तीनमुखे पुलको काम धमाधम, पुल बन्ने पक्का भएपछि स्थानीयमा खुसी
रिडीमा तीनमुखे पुलको काम धमाधम, पुल बन्ने पक्का भएपछि स्थानीयमा खुसी बन्दाबन्दी अवधिमा रिडीमा दृश्यावलोकन स्तम्भसहितको तीनमुखे पुल निर्माण धमाधम भइरहेको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा परिचित रुरुको रिडीमा भ्युटावरसहित झोलुङ्गे पुल निर्माण जारी रहेको छ । करीब छ वर्षअघि शिलान्यास गरिएको पुल अलपत्र अवस्थामा थियो ।
बन्दाबन्दीका बेला बाल रेडियो कार्यक्रम
बन्दाबन्दीका बेला बाल रेडियो कार्यक्रम बन्दाबन्दीका कारण धेरै बालबालिकाहरु प्रभावित भएका छन् । प्रभावित बालबालिकाहरुका लागि सरकारी तथा गैरसरकारी तहबाट विभिन्न प्रयासहरु भएका छन् । पाल्पामा पनि लकडाउनका कारण प्रभावित बनेका विद्यार्थीहरुका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न माध्यमबाट शिक्षण सिकाई क्रियाकलापहरु सञ्चालन गरिहेका छन् ।
गुल्मीमा पनि मनाइयो नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस
गुल्मीमा पनि मनाइयो नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस १४ औँ नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस गुल्मीमा पनि मनाइएको छ । जिल्लाको सदरमुकाम तम्घासमा ‘सम्पूर्ण दलित समुदाय एक हौँ’ भन्ने नाराका साथ समिक्षात्मक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।
Weather Update