आजबाट मनसुन पुनःसक्रिय हुने
सोमबार, साउन १२, २०७७
रोट्याक्ट क्लव अफ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा भारती
शनिबार, साउन १०, २०७७
रोट्याक्ट क्लव अफ पाल्पा तानसेनमा नयाँ नेतृत्व आएको छ । सामाजिक अभियान्ता विनोद भारतीको अध्यक्षमा नयाँ नेतृत्व चयन भएको हो । शनिबार तानसेनमा एक कार्यक्रमका बिच भारतीको अध्यक्षतामा वर्ष २०२०/०२१ का लागि नयाँ नेतृत्व चयन भएको छ ।
दमकडा माविद्वारा टोल–टोलमा शिक्षण सिकाइ
शनिबार, साउन १०, २०७७
लामो समयको कोभिड–१९को महामारीका कारण प्रभावित विद्यार्थीहरुलाई मध्यनजर गर्दै तानसेन नगरपालिका–९ दमकडामा रहेको दमकडा माविले टोल–टोलमै पुगेर विद्यार्थीहरुलाई शिक्षण सिकाइ सञ्चालन गरेको छ । समय परिस्थती अनुसार सिकाइलाई आधुनिक र व्यवहारिक बनाउँदै लकडाउनबाट प्रभावित विद्यार्थीहरुको पठनपाठनलाई थप सिर्जनशिल, क्रियाशिल बनाउन विषय शिक्षकहरुको सक्रियतामा शिक्षण कार्यलाई अगाडि बढाएको हो ।
न्यायको माग गर्दै महिला संघ गुल्मी आन्दोलनमा
शुक्रबार, साउन ९, २०७७
न्यायको माग गर्दै नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल महिला संघ गुल्मी आन्दोलनमा उत्रिएको छ । सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालालाई आफ्नै श्रीमतीको हत्यामा दोषी ठहर भइ काठमाडौँ जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।
प्रदेश सांसद रानाद्वारा पहिरो प्रभावित क्षेत्रको अवलोकनसँगै राहत वितरण
बिहीबार, साउन ८, २०७७
प्रदेश पाँचका सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरवहादुर रानाले पहिरो प्रभावित क्षेत्रको अवलोकन सँगै पीडित परिवारलाई राहत वितरण गरेका छन् ।
सरकारले चार महिना लामो लकडाउन हटायो
बुधबार, साउन ७, २०७७
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुलेको छ । महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि गरेको लकडाउन बुधबारदेखि खुलेको हो ।
लायन्स क्लव अफ पाल्पाद्वारा वृक्षारोपण
सोमबार, साउन ५, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था लायन्स क्लव अफ पाल्पाले वृक्षारोपण गरेको । क्लवले तानसेनको नारायण मन्दिर परिसर मा एक कार्यक्रमका बिच वृक्षारोपण गरेको हो । मन्दिर परिसरलाई हरियाली र सरसफाई गर्ने उद्देश्यले वृक्षारोपण गरिएको क्लवले जनाएको हो । क्लवले मन्दिर परिसरमा धुपी, चाप, रुद्राक्ष, बकाइनो लगायतका ५० वटा बिरुवा रोपेको छ
बाल विवाहमा संलग्न चार पक्राउ
सोमबार, साउन ५, २०७७
बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
पहिरोले रामपुरमा दुई घर पुरियो
सोमबार, साउन ५, २०७७
आईतबार साँझदेखि परेको अविरल वर्षासंगै खसेको पहिरोले जिल्लाको रामपुर नगरपालिका–१, स्यालीबजारमा दुई घर पुरिएको छ । रामपुर १ को स्याउली बजार हुँदै मित्याल जोड्ने सडक चौडा गर्ने क्रममा जथाभावी फालिएको ढुङ्गा माटोका कारण खसेको पहिरोले गयराती घरहरु पुरेको हो ।
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु, पाँच घाइते
शनिबार, साउन ३, २०७७
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । शनिबार प्रदेश पाँचका बाँके, रुपन्देही, कपिलवस्तु र गुल्मीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु र पाँच घाइते भएका हुन् ।
खोलाले बगाएका बेपत्ता पुरुष मृत भेटिए
शनिबार, साउन ३, २०७७
खोलाले बगाउँदा बेपत्ता भएका एक पुरुष मृत भेटिएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ पट्टाचौरमा रिडिखोला तर्ने क्रममा सन्धिखर्क नगरपालिका–८ का ४० वर्षीय देब बहादुर मुखिया बेपत्ता भएका थिए ।
खोलाले बगाउँदा एक पुरुष बेपत्ता
शनिबार, साउन ३, २०७७
खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ पट्टाचौरमा रिडिखोला तर्ने क्रममा सन्धिखर्क नगरपालिका –८ का ४० वर्षीय देब बहादुर मुखिया बेपत्ता भएका हुन् ।
मास्क नलगाई हिड्ने प्रहरीको फन्दामा
शुक्रबार, साउन २, २०७७
मास्क नलगाई घरबाहिर निस्कने प्रहरीको फन्दामा पर्ने गरेका छन् । घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएसँगै पाल्पा र गुल्मीमा पनि नियम उलंघन गर्नेलाई प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको छ ।


