Shittalpati
उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन
उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपभोगका लागि सचेत गराउन घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । उपभोक्तामा सचेतना अभिवृद्धि गर्न समुदाय र विद्यालयस्तरमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
पाँच सय १२ स्थानीय निकायमा इन्टरनेट जडान
पाँच सय १२ स्थानीय निकायमा इन्टरनेट जडान देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने काम जारी छ । गत मंसिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने काम जारी राखेको हो ।
हात्तीको आक्रमणबाट मृत्यु
हात्तीको आक्रमणबाट मृत्यु सुनसरीको कोशी गाउँपालिका–४ मा पुनः हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । सोमबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीको आक्रमणमा परेर कोशी–५ का मोती कामैतको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी अरुण मण्डलले बताउनुभयो ।
‘शिक्षा र राजनीति : अभ्यास र कार्यदिशा’ नामक विचार गोष्ठी
‘शिक्षा र राजनीति : अभ्यास र कार्यदिशा’ नामक विचार गोष्ठी शिक्षाका लागि राष्ट्रिय अभियान, जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा ‘शिक्षा र राजनीति : अभ्यास र कार्यदिशा’ नामक विचार गोष्ठी भएको छ । तानसेनको होटल दि ह्वाइटलेकमा एक कार्यक्रमका बिच शिक्षा र राजनीति : अभ्यास र कार्यदिशा नामक विचार गोष्ठी भएको हो ।
पाल्पामा पनि मनाए इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’
पाल्पामा पनि मनाए इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’ इसाई धर्मका संस्थापक येसु ख्रिस्ट जन्मेको दिनको सम्झनामा शुक्रबार देशभरका इसाई धर्मावलम्बीहरुले ‘क्रिसमस डे’ विभिन्न कार्यक्रम गरी मनाएका छन् । पाल्पामा रहेका विभिन्न चर्चलेहरु पनि आ–आफ्नै तवरले उक्त पर्व मनाएका हुन् । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित जिल्लाका चर्चमा प्रार्थना लगायत सामान्य...
धार्मिक–पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै ‘रमणेश्वरधाम’
धार्मिक–पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै ‘रमणेश्वरधाम’ कालीगण्डकीको किनारमा रहेको गण्डकीबेसीकै पुरानो धार्मिक धरोहर ‘रमणेश्वरधाम’ लाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न शुरुआत गरिएको छ । रम्भा गाउँपालिका–१ टोकलकस्थित उत्तरतिर कालीगण्डकी, चारैतिर हरियाली वनजंगल, दक्षिणमा कालीगण्डकीले घेरिएको रमणेश्वरधामको धार्मिक पर्यटकीय विकासका लागि समुदायको सहभागितामा पूर्वाधार विकासका काम जारी रहेको छ ।
गुल्मीमा पहिलो महिला सिडियो, शर्माले सम्हालिन जिम्मेवारी
गुल्मीमा पहिलो महिला सिडियो, शर्माले सम्हालिन जिम्मेवारी गुल्मी जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सिडियो) रुद्रादेवी शर्मा आएकी छन् । जिल्लामा ५० वर्षको इतिहासमा शर्मा पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुन् । रामेछाप जिल्लामा ११ महिना प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी शर्मा ३९ औं प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भइ गुल्मीमा आएकी हुन् ।
मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ
मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ मोटरसाईकल चोरी गर्ने दुई जना ललितपुरबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो ।
आज देशभर ‘क्रिसमस डे’ मनाइँदै
आज देशभर ‘क्रिसमस डे’ मनाइँदै क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवकोे उपलक्ष्यमा देशभरका इसाईहरूले आज ‘क्रिसमस डे’ मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउने गर्दछन् ।
पत्रकारका पीडा : न नियुक्तिपत्र, न पारिश्रमिक
पत्रकारका पीडा : न नियुक्तिपत्र, न पारिश्रमिक पत्रकारले प्रायः अरूका विषय प्रकाशन र प्रशारण गर्छन् । जो कोहीका समस्या सुनाउनु परेमा पहिलो लहरमा पत्रकार नै आइपुग्छन् । सडक वा सत्ता सबैका मर्का सुन्नुपर्ने बाध्यता पत्रकारको हो ।
आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या
आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो ।
मिलापत्रमै टुङ्गिन्छन् घरेलु हिंसाका घटना
मिलापत्रमै टुङ्गिन्छन् घरेलु हिंसाका घटना बागलुङमा अङ्ग्रेजी वर्षको पछिल्लो ११ महिनामा ४३ घरेलु हिंसाका घटना भएका छन् । मानव अधिकारवादी संस्थाले तयार पारेको तथ्याङ्कअनुसार घरेलु हिंसाको शिकार महिला तथा बालबालिकामा सबैभन्दा बढी हुने गरेका छन् । हिंसामा परेर उजूरी आएकामध्ये २६ घटनामा मिलापत्र भएको छ ।
Weather Update