तानसेन खानेपानीको कार्यालयमा लागेको ताला फोरिदै
आइतबार, असार ३१, २०८०
पाल्पामा लाइसेन्सका लागि ‘ट्रायल’
शनिबार, असार ३०, २०८०
पाल्पा दुई पांग्रे सवारी साधनको लाइसेन्सका लागि ट्रायल (परीक्षण) शुक्रबारबाट सुरु भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले पहिलो पटक ट्राय सेवा सुरु गरेको हो ।
आज विश्व युवा दक्षता दिवस मनाइँदैं
शनिबार, असार ३०, २०८०
जुलाई १५ तारिख अर्थात् आज विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
शुक्रबार, असार २९, २०८०
आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर बदली रहनुका साथै सबै प्रदेशमा वर्षाको सम्भावना रहेको हो ।
आज भानु जयन्ती मनाइँदै
शुक्रबार, असार २९, २०८०
भाषाको माध्यमबाट राष्ट्रिय एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम मनाइँदैछ । विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको स्मरणमा हरेक वर्ष जन्म जयन्ती मनाउने गरिएको हो ।
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चित जिल्ला
बिहीबार, असार २८, २०८०
पाल्पा जिल्लालाई ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । विहीबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु
बिहीबार, असार २८, २०८०
गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ
बिहीबार, असार २८, २०८०
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए ।
विमानस्थल पुग्नेहरु भक्कानिन्छन्
बिहीबार, असार २८, २०८०
त्रिभुवन विमानस्थल पुग्ने व्यक्ति भावुक नबन्ने कमै हुन्छ । दिनहुँ जसो भीड देखिने विमानस्थलको प्रस्थानतर्फको भाग सधैंजसो भावुक ‘मुड’मा नै हुन्छ । सोमबार त्यहाँ पुुग्दा वैदेशिक रोजगारीमा जानेको लाइनमा उभिएका आफ्ना साथीभाइ, छोराछोरी, र आफन्तजनलाई अंगालेर आँसु खसाल्दै गरेका दुश्यहरु देखिन्थे ।
पाल्पा प्यारागनले गर्यो एसईई उत्तिर्ण विद्यार्थीलाई नगदसहित सम्मान
मंगलबार, असार २६, २०८०
पाल्पा प्यारागन ईलिस बोर्डिङ्ग स्कुलले एसईई २०७९ को परीक्षामा सफल भएका विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको छ । स्कुलले एक कार्यक्रमको आयोजना गरी एसईईमा उत्तिर्ण विद्यार्थीलाई बधाई तथा शुभकामनाका सहित सम्मान गरेको हो ।
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा सवार ६ जनाकै मृत्यु
मंगलबार, असार २६, २०८०
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा चालक दलका सदस्यसहित ६ जना सवार थिए । क्याप्टेनबाहेक पाँचजना मेक्सिकन नागरिक हुन् ।
सर्पको डसाइबाट चार जनाको निधन
मंगलबार, असार २६, २०८०
कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो ।
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त
मंगलबार, असार २६, २०८०
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।


