Shittalpati
आँधीखोलामा पुल बनेपछि चार जिल्लालाई सहज
आँधीखोलामा पुल बनेपछि चार जिल्लालाई सहज कालीगण्डकी लोकमार्गअन्तर्गत आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ । स्याङ्जाका पश्चिम, पर्वतका दक्षिण, गुल्मी र बाग्लुङ जिल्लाका पूर्वी भागका नागरिकलाई गल्याङ, पाल्पा, बुटवल, नारायणगढ, दाङ र भारतसमेत जान सबैभन्दा छोटो मानिएको बिहादी–सेतीवेणी–मिर्मी सडक खण्ड अन्तर्गत आँधीमुहानमा पुल बनेपछि सहज भएको हो ।
गुल्मीमा पहिलो पटक वितरण गरियो गैर आवासीय नेपाली नागरिकता
गुल्मीमा पहिलो पटक वितरण गरियो गैर आवासीय नेपाली नागरिकता गुल्मीमा पहिलो पटक गैर आवासीय नेपाली नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबार पहिलो पटक रेसुङ्गा नगरपालिका –१ भिमचोकका भीष्म  मरासिनीलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
भारतबाट घुम्न आएकी एक विद्यार्थीको फोटो खिच्ने क्रममा तिनाउ खोलामा डुबेर मृत्यु
भारतबाट घुम्न आएकी एक विद्यार्थीको फोटो खिच्ने क्रममा तिनाउ खोलामा डुबेर मृत्यु भारतबाट घुम्न आएकी एक विद्यार्थीको फोटो खिच्ने क्रममा तिनाउ खोलामा डुबेर मृत्यु भएको छ ।  मंगलबार साढे एक बजेको समयमा भारतको उत्तर प्रदेश मगहरकाजिपुरकी २० वर्षीया शाहिस्ता प्रविनको पाल्पाको तिनाउ गाउँपालिका– ३ तिनाउ खोला स्थित ड्याममा डुबेर मृत्यु भएको हो ।  
काँग्रेस पाल्पाद्वारा मीनबहादुर केसीको निधनप्रति शोक व्यक्त
काँग्रेस पाल्पाद्वारा मीनबहादुर केसीको निधनप्रति शोक व्यक्त नेपाली काँग्रेस पाल्पाले पाल्पाका शैक्षिक, सामाजिक एवं पार्टीका अग्रज तथा पूर्व जिल्ला सदस्य मीनबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
रुपन्देहीबाट पाल्पा घुम्न आएका बिमलको भुतखोलमा डुबेर मृत्यु  
रुपन्देहीबाट पाल्पा घुम्न आएका बिमलको भुतखोलमा डुबेर मृत्यु   रुपन्देहीबाट पाल्पा घुम्न आएका २२ वर्षीय बिमल आचार्यको भुुतखोलमा डुबेर मृत्यु भएको छ । मंगलबार विहान रुपन्देहीबाट घुम्न आएका सिद्धार्थनगर नगरपालिका–९ का आचार्य तिनाउ गाउँपालिका–३ भुतखोलामा अचानक डुब्न पुगेका थिए ।
भूकम्पको निसानामा जाजरकोट
भूकम्पको निसानामा जाजरकोट २०७२ सालको शक्तिशाली भूकम्पले तहसनहस बनाएको जाजरकोटमा लगातार साना–ठूला परकम्प गइरहेका छन् । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै रामिडाँडा केन्द्रविन्दु भएर सोमबार  फेरी भूकम्प गएको छ । अपराह्न चार बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएको हो ।
गुल्मीमा राहदानी बनाउनेको भीड, एकदिन अगावै टोकन
गुल्मीमा राहदानी बनाउनेको भीड, एकदिन अगावै टोकन गुल्मीमा राहदानी बनाउनेको भीड लागेपछि जिल्ला प्रशासन कार्यालयले एकदिन अगावै टोकन उपलब्ध गराउन थालेको छ । दसैँ र तिहारजस्ता पर्वको मौका छोपी राहदानी बनाउन आउनेको भीड बढेकाले एकदिन अगावै टोकन वितरण सुरु गरिएको उक्त कार्यालयले जनाएको छ ।
गुल्मी मनिषा हत्या प्रकरण  : बाँकेका रहिस पक्राउ  [अपडेट]
गुल्मी मनिषा हत्या प्रकरण : बाँकेका रहिस पक्राउ  [अपडेट] जिल्लाको चन्द्रकोट गाउँपालिका–४, शान्तिपुर स्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको हत्याका आरोपित रहिस खान पक्राउ परेका छन् ।
भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा
भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा यस वर्षको भाइटीकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले २०८० सालको भाइटीकाको शुभ साइत सावर्जनिक गरेको हो ।
राजश्व हिनामिना गरेको अभियोगमा मुद्दा दायर
राजश्व हिनामिना गरेको अभियोगमा मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गुल्मीको एक पसलमा आगोलागी, लाखौंको क्षति
गुल्मीको एक पसलमा आगोलागी, लाखौंको क्षति जिल्लाको गुल्मीदरबार गाउँपालिका –७ देउराली चारपालामा पसलमा भएको आगलागीबाट लाखौंको सम्पत्ति जलेर नष्ट भएको छ । देउराली चारपाला फेदी निवासी टोपबहादुर बस्नेतको घरमा आगलागीबाट पसलमा रहेको सम्पूर्ण नगद,मोटरसाइकल सहित सम्पूर्ण खाद्यान्न सामाग्री जलेर नस्ट भएको हो । 
Weather Update