Shittalpati
पाल्पामा दुर्घटना रोक्न ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिदैं
पाल्पामा दुर्घटना रोक्न ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिदैं सडकमा हुने बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै पाल्पामा ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिने भएको छ । चालक, सहचालक र यात्रुको शारिरिक अस्वास्थताका कारण समेत दुर्घटना बढ्ने भएकाले लुम्बिनी प्रदेश सरकारको सहयोगमा पाल्पाका विभिन्न क्षेत्रमा सडक स्वास्थ्य सहायता कक्ष स्थापना गरिने भएको हो ।
‘बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउन राष्ट्रिय बालबालिका नीति’
‘बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउन राष्ट्रिय बालबालिका नीति’ सरकारले बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउन ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ तर्जुमा गरिएको छ ।
आज अन्तर्राष्ट्रिय भन्सार दिवस
आज अन्तर्राष्ट्रिय भन्सार दिवस अन्तर्राष्ट्रिय भन्सार दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । विश्व भन्सार संगठनले हरेक वर्षको जनवरी २६ तारिखमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने घोषणा गरेसंगै नेपालमा पनि यो दिवस मनाउन थालिएको हो । 
भ्रष्टाचारको अभियोगमा तेह्र जनाविरुद्ध मुद्दा दायर
भ्रष्टाचारको अभियोगमा तेह्र जनाविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा १३ जना विरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । 
एक महिने स्वस्थानी व्रत आरम्भ
एक महिने स्वस्थानी व्रत आरम्भ प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिनासम्म स्वस्थानी व्रत लिने र माघ स्नान गर्ने गर्छन् ।
खोला किनारको पानी गाउँमा
खोला किनारको पानी गाउँमा स्याङ्जाको वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङका एक सय ४२ घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको छ । गाउँभन्दा धेरै टाढाबाट यसअघि ल्याइएको खानेपानीमा समस्या आएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँमा खानेपानी पुर्‍याइएको हो ।
गुल्मी जेसीजमा नयाँ नेतृत्व, अध्यक्षमा सुवेदी
गुल्मी जेसीजमा नयाँ नेतृत्व, अध्यक्षमा सुवेदी  गुल्मी जेसीजमा  नयाँ नेतृत्व आएको छ ।  युवा नेता पूण्यप्रसाद सुवेदीको नेतृत्वमा वर्ष २०२४ का लागि नयाँ समिति चयन भएको हो । 
सहिद सप्ताह सुरू
सहिद सप्ताह सुरू सहिद सप्ताह सुरु भएको छ । मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गरेका सहिदको सम्झनामा बुधबारदेखि सहिद सप्ताह सुरु भएको हो ।
ओझेलमा परेको बालकन्या भगवतीको अवलोकन
ओझेलमा परेको बालकन्या भगवतीको अवलोकन वेवास्ता अवस्थामा रहेको, सबैतिरबाट ओझेलमा परेको तानसेन नगरपालिका वडा नंं १० तेल्घा भार्केशमा रहेको बालकन्या भगवतीको खोजीविन सुरु भएको छ । नेपाल अंग्रेज युद्वमा जानु अघि कर्णेल उजिरसिंह थापाले तानसेनको भगवती मन्दिरमा देवीसँग आर्शिवाद माग्र्दै युद्वमा विजयी भएमा तिन तले मन्दिर निर्माण गरी सिंदुरजात्रा गर्ने भाकल गरेका थिए ।   
सङ्घीय संसद्को बैठक माघ २२ गते आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस
सङ्घीय संसद्को बैठक माघ २२ गते आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस सरकारले यही माघ २२ गते सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही माघ २२ गते अपराह्न ४ बजे सङ्घीय संसद्को बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान...
पाल्पामा ९ महिने बालकलाई लाग्यो विश्वकै दुर्लभ रोग, उपचारमा सहयोग गर्न परिवारको अपिल
पाल्पामा ९ महिने बालकलाई लाग्यो विश्वकै दुर्लभ रोग, उपचारमा सहयोग गर्न परिवारको अपिल पाल्पामा ९ महिने बालकमा ‘इस्पाइनल मस्कुलर एट्रोफी’ (एसएमए) नामक रोग भेटिएको छ । तानसेन नगरपालिका–११ बाझाका महेन्द्र विष्ट र सिर्जना भट्टराई विष्टको ९ महिने छोरा सिर्जम विष्टमा यस्तो रोग भेटिएको हो ।
Weather Update