आगलागीबाट बच्न टुुँडिखेलमा कृत्रिम अभ्यास
सोमबार, असोज १५, २०८०
आज विश्व अहिंसा दिवस
सोमबार, असोज १५, २०८०
आज विश्व अहिंसा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको आÞवानमा अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघ आवद्ध मुलुकहरुमा सन् २००७ देखि हरेक बर्ष अक्टोबर २ अर्थात आजकै दिन विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।
विषय केन्द्रीत ध्यान गर सबै काम सफल हुन्छ : बौद्ध धर्म गुरु डा. बज्राचार्य
आइतबार, असोज १४, २०८०
बौद्ध धर्म गुरु डा. कविन्द्र बज्राचार्यले बुद्ध उपदेश, बुद्ध शिक्षा आधुनिक युग सुहाउँदो रहेको बताएका छन् । धर्मचक्र बौद्ध युवा संघ तानसेनको वार्षिक साधारण सभा तथा आठौं अधिवेशनलाई सम्बोधन गर्दै बौद्ध गुरु डा.बज्राचार्यले बौद्ध शिक्षा तथा उपदेशहरु जीवनका लागि सबैभन्दा उपयुक्त शिक्षा भएकाले नियम संगत पालना गर्न कार्यक्रममा सहभागीहरु लाई...
आज जेष्ठ नागरिक दिवस मनाइँदै
आइतबार, असोज १४, २०८०
आज ३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘सबै पुस्ताका लागि जेष्ठ नागरिकको मानवअधिकार बारे विश्वव्यापी घोषणा गरिएका वाचा पुरा गरौं’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ दिवस मनाउन लागिएको हो ।
पाल्पामा नेपाल वडासंघ गठन
शनिबार, असोज १३, २०८०
पाल्पामा नेपाल वडासंघ गठन भएको छ । तानसेनमा भएको जिल्लाका वडा अध्यक्षहरुको भेलाले वडासंघ गठन गरेको हो ।
तानसेनको टुँडिखेलमा आगलागी नियन्त्रणको पूर्व अभ्यास
शनिबार, असोज १३, २०८०
असोज १३ गते शनिबार विहान तानसेनको टुँडिखेलमा अचानक मानिसहरू भागदौड गर्दै हारगुहार मागिरहेका थिए । त्यत्तिकैमा एम्बुलेन्स र दमकलको साइरेनले तानसेनवासीको मन खिच्यो ।
सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
शुक्रबार, असोज १२, २०८०
सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधर र राहत शिक्षक सङ्घर्ष समितिका अध्यक्ष खेमराज अधिकारीलगायतसँग शुक्रबार सिंहदरबारमा भएको वार्तापश्चात सहमति भएको हो ।
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु
शुक्रबार, असोज १२, २०८०
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । प्रदेशको रुपन्देही र नवलपरासी पश्चिममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।
आज विश्व मुटु दिवस मनाइँदै
शुक्रबार, असोज १२, २०८०
विश्व मुटुरोग दिवस शुक्रबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । ‘हर्ट प्रयोग गर्नुहोस्, हृदय जान्नुहोस्’ भन्ने नाराका साथ विश्व मुटुरोग दिवस मनाइँदैछ ।
पाल्पामा मनाइयो पैगम्बर मोहम्मदको जन्मजयन्ती
बिहीबार, असोज ११, २०८०
पाल्पाका मुस्लिम समुुदायले धर्म गुरु पैगम्वर हजरत मुहम्मदको १४९८ औं जन्मजयन्ती धुमधामका साथ मनाएका छन् । तानसेनका मुस्लिम धर्मालम्बीहरुले मुहम्मदको जन्मदिनको अवसरमा वृत्त सद्भाव र्याली सहित पुजापाठ गरी जन्मजयन्ती मनाएका हुन् ।
निस्दीमा तीन जोडीको बालविवाह रद्द, एक जोडी फरार
बिहीबार, असोज ११, २०८०
विवाह गरेको एक दिनमै यहाँका तीन जोडीको विवाह रद्द भएको छ । जिल्लाको निस्दी गाउँपालिकाका विभिन्न वडामा उमेर नपुगी विवाह गरेका तीन जोडीको विवाह रद्द भएको हो ।
आज सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइँदै
बिहीबार, असोज ११, २०८०
आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी सूचनामा विश्वव्यापी पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । सन् २०१५ मा युनेस्कोको साधारणसभाले सूचनामा विश्वव्यापी पहुँच आवश्यक मान्दै यसलाई पारित गरेपछि हरेक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाइँदै आएको हो ।
आज ‘विश्व रेबिज दिवस’ मनाइँदै
बिहीबार, असोज ११, २०८०
आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस । नेपालमा पनि ‘एकका लागि सबै, सबैका लागि एक स्वास्थ्य’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज...

