अन्तर्राष्ट्रिय भन्सार दिवस
मंगलबार, माघ १३, २०७७
खोपले ल्याएको खुसी
सोमबार, माघ १२, २०७७
कोरोना भाइरस विरुद्धको १० लाखको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएका ती खोप बिहीबार काठमाडौं झारिएसँगै नेपालीहरुमा खुसी छाएको छ । यसले सबै नागरिकमा ढिलोचाँडो खोप लगाउन पाइन्छ कि भन्ने आशासँगै खुसी छाएको छ ।
आज तानसेनमा बजाजको फ्रि सर्भिस क्याम्प हुँदै
आइतबार, माघ ११, २०७७
पाल्पाको तानसेनमा रहेको भैरव अटोमोटिभ्सले आजदेखि फ्रि सर्भिस क्याम्प सञ्चालन गर्न लागेकोे छ । तानसेनका लागि बजाज मोटरसाईकलको एकमात्र आधिकारिक विक्रेता भैरव अटोमोटिभ्सले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनज गर्दै आइतबार र सोमबारका लागि फ्रि सर्भिस क्याम्प सञ्चालन गर्न लागेको हो ।
सहिद सप्ताह र यसको सार्थकता
आइतबार, माघ ११, २०७७
शनिबारदेखि सहिद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा नागरिक स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाइने गरिन्छ । सप्ताहको पहिलो दिन हिजो शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु खरिबोटमा श्रद्धाञ्जलीसभा गरी मनाइएको छ ।
खतरामुक्त छैन, लोकतन्त्र
शनिबार, माघ १०, २०७७
नेपालको भू–राजनैतिक तरलतासँगै शुक्रबार प्रचण्ड–नेपाल पक्षका तर्फबाट राजधानी काठमाडांैमा भएका प्रर्दशन र विरोध सभाले बालुवाटारको कञ्चड तातेको महशुस भएको छ । ओलीले नेकपाभित्र आफ्नो बाहेक अरुको चल्दैन भन्ने भ्रमपूर्ण अभिव्यक्ति दिइरहने प्रवृतिको केही हद्सम्म भण्डाफोर भएको अड्कल गर्न सकिन्छ ।
काँग्रेसका लागि भावी चुनौती
शुक्रबार, माघ ९, २०७७
एकाएक मुलुकको राजनैतिक चरित्र परिवर्तन हुँदै जाने संकेत अगाडि देखिएका छन् । संघीय संसद्को विघटन पछि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र नेकपाबाट विभाजित हुँदै गरेको प्रचण्ड माधव नेपाल गुटबीच हेलमेल हुँदै गर्दा संसद् पुनःस्थापना होस् या नहोस् फेरि राजनैतिक शिखण्डीहरुका लागि नयाँ अवरसर आएको अनुभूति हुने देखिएको छ ।
न्यायमाथिको विश्वास नटुटोस्
बिहीबार, माघ ८, २०७७
संसद् विघटनका विरुद्वमा परेका रिटहरु उपर संवैधानिक इजलासमा सुनुवाइ जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावना विपरीत हठात प्रतिनिधिसभा विघटन निर्णय गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको ३१ दिन कटिसकेको छ ।
कोरोनाको नयाँ प्रजातिबाट बचौं
बुधबार, माघ ७, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
भगवानको खोजी : चेतनाको एक यात्रा
मंगलबार, माघ ६, २०७७
कक्षा चारमा पढ्थें । पढाउने क्रममा सरले भगवान हुँदैनन् भन्नुभयो । चुपचाप सुनिरहे तर मनभरी असहमति थियो । सरले जस्तोसुकै नयाँ कुरा भन्दा, नयाँ जानकारी दिँदा मनमा उत्सुकता हुन्थ्यो, रमाइलो लाग्थ्यो तर त्यो पटक रमाइलो लागेन, मात्र मौन असहमति थियो, एउटा कट्टर मौन असहमति ।
नदी दोहन रोक
मंगलबार, माघ ६, २०७७
नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवा उत्खनन्मा क्रसर व्यवसायी र ठेकेदारले मात्र नभएर स्थानीय सरकारले समेत कानुन उल्लंघन गर्ने गरेको पाइएको छ । पहिलेदेखि हुँदै आएको नदीजन्य पदार्थको दोहन स्थानीय तहमा जनप्रतिनिधि आएपछि रोकिनुको सट्टा झनै मौलाएको देखिन्छ ।
आन्तरिक पर्यटनको विकासमा जुटौं
सोमबार, माघ ५, २०७७
विश्वभर फैलिएको कोभिड–१९ का कारण नेपालको पर्यटन व्यवसाय धराशायी भएको छ । लामो समयसम्म बन्द निजी क्षेत्रहरु लकडाउनपछि करिब–करिब सबै खुलेका छन् ।
मुद्दा फैसला कहिले होला ?
आइतबार, माघ ४, २०७७
काम चलाउ सरकारको जिर्ण शरीर बोकेर उभिएका प्रधानमन्त्रीका दासत्व स्विकार गरेका हनुमानमार्फत प्रश्न सोध्न मन लाग्यो कि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको मुद्दा कहिले किनारा लाग्दछ ? सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ मोल मोलाई गरेको अडियो प्रकरण सहित सार्वजनिक गरेको महिनौ भयो । उनको मुद्दाको प्रकरण कहाँ पुग्यो ?...
गंगामायाको न्यायप्रति उदासिन सरकार
आइतबार, माघ ४, २०७७
छोराको हत्यारा पत्ता लगाउन भन्दै अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको अवस्था झन् जटिल बन्दै गएको छ । उनका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीन माओवादीले अपहरणपश्चात् २०६१ जेठ २४ गते यातना दिएर हत्या गरेका थिए ।


