कोरोना नियन्त्रण कोषमा प्रदेश प्रमुखको पारिश्रमिक जम्मा
बुटवल । कोभिड–१९ महामारीको संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवले आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् ।
यादवले कोषमा आफ्नो एक महिनाको तलब जम्मा हुने व्यवस्था मिलाउन प्रदेश प्रमुखको कार्यालय सचिवालयलाई निर्देशन दिइसकेको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा बिहीबार जारी विज्ञप्तीमा जनाइएको छ । प्रदेश प्रमुखले प्रदेशवासी लगायत सम्पूर्ण जनसमुदायलाई अहिलेको प्रतिकूल परिस्थितिमा नआत्तिन र धैर्यका साथ सामना गर्न तथा संघ, प्रदेश र स्थानीय तहका सरकारबाट घोषित रोकथामका उपायको अवलम्बन गरी आफू, आफ्नो परिवार र समुदायको जीवन रक्षाका लागि सहयोग पु¥याउन आग्रह पनि गरेका छन् । –रासस
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्